Naya Update

अमेरिकी सम्पर्क र नेपाली राजनीति: गगन थापाको कथा

Advertisement

धिरेन्द्र भट्ट/असोज ३१

विद्यार्थी नेताबाट केन्द्रीय राजनीतिमा छोटो समयमा नै छलाङ मारेका ती व्यक्ति जो कहिले दरवारिया त कहिले बाख्रा काण्ड, कहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको भिसी बनाउँदा करोडौं रकम लिएको काण्ड त कहिले त्रिचन्द्र कलेकको पार्किङ तथा वेबसाईट बनाउदा रकम हिनामिना देखी घैटे इन्काउन्टरमा मानवअधिकार आयोगले उचालेको प्रकरण।

नेपालमा मात्र नभई विदेशमा समेत लोकप्रिय युवा नेताको रुपमा गगन थापाले आफ्नो छवि बनाएका छन्। २०५१ सालमा त्रिचन्द्र क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियनमा सदस्य निर्वाचित थापा २०५५ सालमा सभापति निर्वाचित भएका थिए। २०५७ सालमा नेपाल विद्यार्थी संघको उपाध्यक्ष हुँदै २०५९ मा महामन्त्री बने। लोकतान्त्रिक आन्दोलन उठ्दै गर्दा २०५९ असोज १८ पछि तत्कालीन सरकारले थापालाई राजकाज मुद्दा लगाएको थियो।

विक्रम सम्वत् २०६२/०६३ को आन्दोलनमा गणतन्त्रका पक्षमा खेलेको भूमिकाले थापालाई चर्चित बनायो। पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित थापा २०७२ सालको १३औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए। गतवर्षको चौधौं महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीमा निर्वाचित भएका थापा २०६४ सालको संविधानसभामा समानुपातिकबाट सदस्य बनेका थिए।

दोस्रो संविधानसभामा काठमाडौँ ४ बाट जितेका थापा अहिलेसम्म त्यही क्षेत्रबाट अपराजित छन्। समुन्नत नेपाल र सम्मानित नेपालीको नारा लिएर हिन्ने थापा २७ बर्षको उमेरमा पार्टीको केन्द्रिय सदस्य, ३१ बर्षको उमेरमा सांसद र पार्टीको महामन्त्री हुँदै मन्त्री समेत भएका छन्। उनले पक्कै पनि कुनै क्षमता र शक्ति विना यत्तिको उचाइ चुमेका होइनन्।

त्यसो त उनी सस्तो लोकप्रियताका लागि जेपनि बोल्न पछि नपर्ने नेताका रूपमा पनि चिनिन्छन्। स्वास्थ्य मन्त्री छदा उनको तर्क थियो “लाखौं नेपाली सिटामोल नपाएर जीवन गुमाउने अवस्थामा अझै पनि बाचेका छन्। नेताहरू विदेशमा करोडौं खर्चेर केही बर्ष बाच्न राज्यकोषको दुरुपयोग गरिरहेका छन्।”

तर, उनै गगनले आफ्नो बोली विपरीत अर्बपती नेतृ एवं स्वर्गीय गिरिजाप्रसाद कोइरालाकि पुत्री सुजाता कोइरालालाई क्यान्सर उपचारका लागी ५० लाख दिने निर्णय क्याबिनेट मार्फत गराएका थिए। तर, त्यसको चौतर्फी आलोचना भएपछि थापा आफैले उक्त निर्णयको विरोध गरेको भनेर पन्छिएका थिए।

हाल ललितपुर स्थित नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रचण्ड नेतृत्वको सरकारका बेला गृहमन्त्री छँदा थापा सँग भएको भनाभनको वेला जनताले थापालाई अमेरिकी एजेन्ट भनेर सामाजिक सँजालमा तथा केही अनलाइनहरुमा अनुसन्धान हुनुपर्ने माग राखेका थिए।

किन लाग्ने गर्छ थापालाई अमेरिकन एजेन्टको आरोप? जानौ!

विद्यार्थी नेता हुँदै महामन्त्री भएका थापाको भेट २०६२ सालमा अमेरिकी नागरिक चार्ल्स मेन्डीजसँग हुन्छ। मेन्डीज त्यही व्यक्ति हुन् जो नेपालमा जबर्जस्ति क्रिश्चियन धर्म फैलाएको अभियोगमा जेल समेत परेका थिए। उनले नेपालमा “संगम” नामक संस्था खोली तिब्र रूपमा धर्म फैलाउने गरेको पाइएको थियो।

मेन्डीजले थापाको राजनीतिक जीवनको गोल्डेन गेट खोल्दिने काम गरे। उनले थापाको भेट तत्कालीन नेपालका लागि अमेरिकी मिसनका उपप्रमुख रेण्डी बेरि सँग गराइदिए। बेरि नेपालमा एमसिसी अनुमोदन हुँदा नेपालका लागि अमेरिकी राजदुत थिए। जो अहिले आफ्नो मिसन सकेर अमेरिका फर्कीसकेका छन्।

समय हो ६२/६३ को जनआन्दोलनको। थापा आन्दोलनका मञ्चहरुमा चर्काचर्का भाषण र आन्दोलनमा सरिक भइरहेका थिए। त्यत्तिकैमा कान्तिपुरले थापाको आन्दोलनमा ढुंगा हानेको फोटो सहित फिचर न्युज छाप्यो। समाचारमा फिचर न्युज त्यो हो जहाँ सबैभन्दा बढी महत्वपूर्ण समाचार छापिन्छ।

यो सामाचार प्रकाशन हुनुमा त्यतिबेला का अमेरिकी मिसनका उप-प्रमुख बेरिको हात रहेको र २०६५ मा उनकै आग्रहमा नेपाली कांग्रेसले उनलाई समानुपातिक सांसद र पार्टीको केन्द्रिय सदस्य बनाएको बुझिन्छ। यसको प्रमाण उनै बेरिले मिसनमा आउँदा लेखेको एक प्रतिवेदनले स्पष्ट पार्दछ जसकै कारण थापाप्रति समयसमयमा अमेरिकी एजेन्ट भनी औंला उठ्ने गरिन्छ।

उक्त प्रतिवेदनमा थापालाई नेपाली कांग्रेस र संविधानसभाको ‘कि इम्फर्मर’ को रूपमा उल्लेख गरेका छन्। जहाँ उनले लेखेका छन् “नेपाली कांग्रेसले चुनावमा खराब पर्दर्शन गर्नेछ।”

थापालाई कांग्रेसको मुख्य सम्पर्क सुत्रका रूपमा प्रयोग गरि नेपालमा पहिलो संविधानसभाको चुनाव हुनुभन्दा पहिले तयारी पारिएको उक्त प्रतिवेदनमा कांग्रेसले राम्रो नतिजा ल्याउनै नसक्ने उल्लेख गरिएको छ।

कांग्रेसले गिरिजाप्रसाद कोइराला बुढो र कमजोर भएकोले सम्बोधन गर्न नसक्ने र विद्यार्थी संगठनले पार्टीप्रति मोह भङ्ग भएकोले राम्रो नतिजा ल्याउनै नसक्ने अमेरिकी प्रतिवेदनमा उल्लेख गरिएको छ।

नेपाली कांग्रेसले मधेसीलाई धेरै नै अधिकार दिएको भनेर तराईमा रहेका पहाडी मुलका व्यक्तिहरुले नेकपा एमालेलाई भोट दिन सक्ने पनि थापालाई उदृढ गर्दै तयार पारिएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनमा कांग्रेस कमजोर भएकोले संविधानसभाको निर्वाचन टार्न हतकण्डा अपनाउन सक्ने पनि उल्लेख गरिएको छ। थापा विरुद्ध उनैलाई समावेश गरि प्रतिवेदन सार्वजनिक भएपछि थापाले कसले के भन्छ भन्दै बेवास्ता गरेजस्तै गरेर पन्छिएका थिए। यसका साथै थापालाई अमेरिकी एजेन्ट मान्नुमा अमेरिकाले उनलाई २०७५ सालमा ‘ग्लोबल लिडरसिप एण्ड पब्लिक पोलिसी फर ट्वेन्टी फोर सेन्चुरी’ सम्बन्धि पढाइमा लैजाने पनि एक हो।

यसका साथै महत्त्वपूर्ण पक्ष एमसिसीमा थापाको अन्धो अमेरिकी सपोर्ट पनि उनी अमेरिकी एजेन्ट पो हुन् कि भन्ने ठाँउ रहेको जसमा एउटा बलियो आधार उनका अमेरिकी सहयोगी बेरि नेपालका लागी अमेरिकी राजदुत जसले थापाको राजनीतिक करियर बनाइदिएका थिए उनकै लागी साथ दिएको हुनसक्ने पनि तर्क छ।

कुनैपनी राष्ट्रले प्रभुत्व बढाउन कमजोर राष्ट्रमाथि दुई प्रकारका प्रभावको प्रयोग गर्नेगर्छ। एउटा हो ‘हार्ड पावर’ र अर्को ‘सफ्ट पावर’। हार्ड पावर अन्तर्गत नाकावन्दी, व्यापारमा प्रतिवंध, सैनिक हस्तक्षेप आदिजस्ता कार्य पर्दछन् भने सफ्ट पावर अन्तर्गत देशको कला संस्कृती, छात्रवृत्ति, राजनीति, धर्म आदि क्रियाकलापहरुमा हस्तक्षेप आदि पर्दछ। जसका लागी उनिहरु जे पनि गर्न तत्पर हुन्छन्।

 

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा ‘G–1 भिसा’ दुरुपयोग बढ्दो, नेपाली दूतावासको कडा चेतावनी

दक्षिण कोरियामा ‘G–1 भिसा’ दुरुपयोग बढ्दो, नेपाली दूतावासको कडा चेतावनी

दक्षिण कोरियामा पछिल्लो समय G-1 (Refugee/Humanitarian) भिसा दुरुपयोग गर्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएपछि सिओल स्थित नेपाली...
रास्वपा प्रवास विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युबिन श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

रास्वपा प्रवास विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युबिन श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग–दक्षिण कोरियाले आईतबार राजधानी सौलमा आयोजना गरेको दोस्रो अधिवे...
“डिसेम्बर १५ देखि सुरु हुने ९% ब्याजमा विदेशी ऋण: सिन्हान बैंकमा एक महिना तलब थापेकामात्र योग्य”

“डिसेम्बर १५ देखि सुरु हुने ९% ब्याजमा विदेशी ऋण: सिन्हान बैंकमा एक महिना तलब थापेकामात्र योग्य”

दक्षिण कोरियाली वित्तीय क्षेत्रको अग्रपंक्तिमा रहेको सिन्हान बैंकले विदेशी नागरिकहरूका लागि नयाँ र अत्यन्तै सुविधाजनक ऋण योजना...
पत्रकार महासंघ कोरिया शाखाको आठौँ अधिवेशन जनवरी ११ मा, साधारण सदस्यता खुला

पत्रकार महासंघ कोरिया शाखाको आठौँ अधिवेशन जनवरी ११ मा, साधारण सदस्यता खुला

दक्षिण कोरियामा क्रियाशील नेपाली सञ्चारकर्मीहरूको साझा तथा छाता संगठन नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले संस्थागत संरचन...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search