Naya Update

रास्वपा प्रवास विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युबिन श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग–दक्षिण कोरियाले आईतबार राजधानी सौलमा आयोजना गरेको दोस्रो अधिवेशन उत्साह, ऊर्जा र उल्लेख्य सक्रियतासहित भव्य रूपमा सम्पन्न भएको छ। प्रवासी नेपालीहरूको बाक्लो उपस्थिति, संगठन प्रगतिमा केन्द्रित विचार–विमर्श र नीतिगत बहसले अधिवेशनलाई अझ प्रभावकारी र परिणाममुखी बनाएको आयोजक पक्षले जनाएको छ।

अधिवेशनमा पार्टीको केन्द्रीय प्रतिनिधिको विशेष उपस्थितिले कार्यक्रमको गरिमा अभिवृद्धि गरेको थियो। प्रवासी नेपालीहरूबाटै राष्ट्र निर्माणमा योगदान पुर्‍याउने लक्ष्य, नीतिगत सुधार, सदस्य विस्तार, नेतृत्व विकास र कोरियास्थित नेपाली समुदायभित्र संगठनात्मक सुदृढीकरणका विषयमा सहभागीहरूले गहन र दूरदृष्टियुक्त छलफल गरेका थिए।

यसै अवसरमा अधिवेशनले सर्वसम्मत रूपमा २०२५–२०२७ कार्यकालका लागि युबिन श्रेष्ठलाई सयोजक (प्रमुख) बनाउँदै नयाँ कार्यसमिति गठन गरेको घोषणा गर्यो। सुन्दर प्रसाद अधिकारी उप–प्रमुख, विक्रम काफ्ले सचिव, बसन्त रिजाल सह–सचिव र दीपेन्द्र प्रसाद शर्मा कोषाध्यक्ष को रूपमा चयन भएका छन्। त्यस्तै, कार्यसमितिमा सन्तोष डङ्गोल, सन्तोष लामिछाने, ईन्द्रराज जोशी, बिमल बिष्ट, खेम बहादुर गुरुङ, सदिप बास्तोला, केशब सन्जेल, समर थापा, धर्मराज कडेल, बिजय गुरुङ, अस्मिता चुदारा र सन्जिव घिमिरे सदस्यका रूपमा समावेश भएका छन्।

नवनिर्वाचित नेतृत्वले आगामी कार्यकालमा संगठनलाई अझ स्तरीय, पारदर्शी, परिणाममुखी र संरचनात्मक रूपमा सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, प्रवासी नेपालीको हक–हित संरक्षण, रास्वपाको नीतिगत अभियानको प्रभावकारी कार्यान्वयन तथा कोरियास्थित नेपाली समुदायबीच सिर्जनशील र सेवा–मुखी गतिविधि विस्तारलाई प्राथमिकताका रूपमा अघि बढाउने घोषणा गरिएको छ।

अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण पदाधिकारी, अतिथि, प्रतिनिधि तथा सदस्यहरूप्रति आयोजक समितिले हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा अझ सशक्त सहकार्यको अपेक्षा व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा ‘G–1 भिसा’ दुरुपयोग बढ्दो, नेपाली दूतावासको कडा चेतावनी

दक्षिण कोरियामा ‘G–1 भिसा’ दुरुपयोग बढ्दो, नेपाली दूतावासको कडा चेतावनी

दक्षिण कोरियामा पछिल्लो समय G-1 (Refugee/Humanitarian) भिसा दुरुपयोग गर्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएपछि सिओल स्थित नेपाली...
रास्वपा प्रवास विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युबिन श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

रास्वपा प्रवास विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युबिन श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग–दक्षिण कोरियाले आईतबार राजधानी सौलमा आयोजना गरेको दोस्रो अधिवे...
“डिसेम्बर १५ देखि सुरु हुने ९% ब्याजमा विदेशी ऋण: सिन्हान बैंकमा एक महिना तलब थापेकामात्र योग्य”

“डिसेम्बर १५ देखि सुरु हुने ९% ब्याजमा विदेशी ऋण: सिन्हान बैंकमा एक महिना तलब थापेकामात्र योग्य”

दक्षिण कोरियाली वित्तीय क्षेत्रको अग्रपंक्तिमा रहेको सिन्हान बैंकले विदेशी नागरिकहरूका लागि नयाँ र अत्यन्तै सुविधाजनक ऋण योजना...
पत्रकार महासंघ कोरिया शाखाको आठौँ अधिवेशन जनवरी ११ मा, साधारण सदस्यता खुला

पत्रकार महासंघ कोरिया शाखाको आठौँ अधिवेशन जनवरी ११ मा, साधारण सदस्यता खुला

दक्षिण कोरियामा क्रियाशील नेपाली सञ्चारकर्मीहरूको साझा तथा छाता संगठन नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले संस्थागत संरचन...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search