Naya Update

पत्रकार महासंघ कोरिया शाखाको आठौँ अधिवेशन जनवरी ११ मा, साधारण सदस्यता खुला

Advertisement

दक्षिण कोरियामा क्रियाशील नेपाली सञ्चारकर्मीहरूको साझा तथा छाता संगठन नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले संस्थागत संरचना मजबुत बनाउन तथा आउँदो आठौँ अधिवेशनलाई सफल बनाउने उद्देश्यसहित साधारण सदस्यता आवेदन प्रक्रिया सुरु गरेको घोषणा गरेको छ। महासंघको केन्द्रीय विधानका प्रावधानअनुसार आवश्यक कार्यविधि पूरा गर्दै नयाँ सदस्य समावेशीकरण औपचारिक रुपमा प्रारम्भ गरिएको शाखाले जनाएको छ।

शाखाका अनुसार २०२५ नोभेम्बर १९ देखि ३० सम्म साधारण सदस्यता आवेदन दिन सकिनेछ। पत्रकारिता पेशामा संलग्न व्यक्तिहरू, विभिन्न समुदाय तथा पहिचान समूहका सञ्चारकर्मीहरू, साथै पत्रकारिताको विकासमा योगदान पुर्‍याइरहेका अन्य व्यक्तिलाई प्राथमिकताका आधारमा सदस्यता प्रदान गरिने उल्लेख गरिएको छ। सदस्यता शुल्क १ लाख कोरियन वन तोकिएको छ।

सदस्यता लिन इच्छुक उम्मेदवारले व्यक्तिगत विवरण, पत्रकारितासम्बन्धी अनुभव प्रमाण, शैक्षिक योग्यताको कागजात तथा शुल्क बुझाएको रसिद संलग्न गरी fnjkorea18@gmail.com मा पठाउनुपर्नेछ। सूचनामा भनिएको छ— “दक्षिण कोरियामा सक्रिय सबै पत्रकारहरूको सशक्त एकता, सहकार्य र संस्थागत विकास नै हाम्रो मूल लक्ष्य हो। त्यसअनुरूप सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्रक्रियालाई व्यवस्थित र सहज बनाइएको छ।”

यससँगै शाखाले कोरियामा रहेका सम्पूर्ण नेपाली पत्रकार, सञ्चारकर्मी तथा शुभेच्छुकहरूसमक्ष आगामी आठौँ अधिवेशनमा सहभागिताको लागि विशेष आह्वान गरेको छ।

अधिवेशन कार्यक्रम २०२६ को जनवरी ११ तारिख आइतबारका दिन दिउँसो १२ बजेबाट राजधानी सौलको दुङ्देमुन सहरको ‘सेमाउल’ बैंकको पाँचौं तलामा आयोजना हुने बताइएको छ।

शाखाले अधिवेशनलाई दक्षिण कोरियामा कार्यरत नेपाली सञ्चारकर्मीहरूको साझा पर्व, संवादको अवसर र संस्थागत सुदृढीकरणको महत्वपूर्ण मञ्चका रूपमा वर्णन गर्दै सबैको सम्मानित उपस्थितिको अपेक्षा व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ साधारण सभा र अधिवेशन जनवरी १८ मा आयोजना हुने

सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ साधारण सभा र अधिवेशन जनवरी १८ मा आयोजना हुने

दक्षिण कोरियामा क्रियाशील सुदूरपश्चिम समाजले आगामी जनवरी १८ मा आफ्नो १९औँ साधारण सभा तथा अधिवेशन भव्य रूपमा सम्पन्न गर्ने तयार...
दक्षिण कोरियामा ‘G–1 भिसा’ दुरुपयोग बढ्दो, नेपाली दूतावासको कडा चेतावनी

दक्षिण कोरियामा ‘G–1 भिसा’ दुरुपयोग बढ्दो, नेपाली दूतावासको कडा चेतावनी

दक्षिण कोरियामा पछिल्लो समय G-1 (Refugee/Humanitarian) भिसा दुरुपयोग गर्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएपछि सिओल स्थित नेपाली...
रास्वपा प्रवास विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युबिन श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

रास्वपा प्रवास विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युबिन श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग–दक्षिण कोरियाले आईतबार राजधानी सौलमा आयोजना गरेको दोस्रो अधिवे...
“डिसेम्बर १५ देखि सुरु हुने ९% ब्याजमा विदेशी ऋण: सिन्हान बैंकमा एक महिना तलब थापेकामात्र योग्य”

“डिसेम्बर १५ देखि सुरु हुने ९% ब्याजमा विदेशी ऋण: सिन्हान बैंकमा एक महिना तलब थापेकामात्र योग्य”

दक्षिण कोरियाली वित्तीय क्षेत्रको अग्रपंक्तिमा रहेको सिन्हान बैंकले विदेशी नागरिकहरूका लागि नयाँ र अत्यन्तै सुविधाजनक ऋण योजना...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search