Naya Update

दक्षिण कोरियामा ‘G–1 भिसा’ दुरुपयोग बढ्दो, नेपाली दूतावासको कडा चेतावनी

Advertisement

दक्षिण कोरियामा पछिल्लो समय G-1 (Refugee/Humanitarian) भिसा दुरुपयोग गर्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएपछि सिओल स्थित नेपाली राजदूतावासले कडा चेतावनी जारी गरेको छ। कोरियन सरकारले विशेष मानवीय अवस्था, जोखिम वा अन्तर्राष्ट्रिय सुरक्षा आवश्यक परेका व्यक्तिलाई मात्र प्रदान गर्ने यो भिसा नेपाली नागरिकमा झुठा कागजात, भ्रामक प्रचार तथा अवैध प्रलोभन मार्फत दुरुपयोग गर्न सुरू गरिएको दूतावासले जनाएको छ।

दूतावासका अनुसार टिकटक, फेसबुक, यु-ट्युब जस्ता सामाजिक सञ्जालमार्फत केही व्यक्तिहरू तथा समूहहरूले “G-1 भिसा सहज”, “छिट्टै काम पाइने”, “स्थायी बसोबासको बाटो खुल्ने” भन्दै अवैध भिसा व्यापार सञ्चालन गरिरहेको पुष्टि भएको छ। यस्तो प्रलोभनमा परेर शरणार्थी आवेदक बन्न उक्साउने काम पूर्णतः गैरकानुनी रहेको चेतावनी दूतावासले दिएको छ।

दूतावासले जारी गरेको सूचनामा भनिएको छ- “G–1 भिसा साधारण कामदार, विद्यार्थी वा पर्यटकका लागि होइन। यो केवल वास्तविक मानवीय जोखिममा परेका तथा अन्तर्राष्ट्रिय संरक्षण आवश्यक व्यक्तिको लागि मात्र हो।”

साथै, G–1 भिसा आवेदन दिने व्यक्तिहरूको राहदानी नवीकरण दूतावासले गर्न नपाउने स्पष्ट गर्दै, दूतावासले यस्तो प्रक्रियामा सामेल हुनु स्वयं उनीहरूको भविष्यको आव्रजन इतिहासमा ‘Immigration Risk Record’ जस्ता दीर्घकालीन समस्या बन्न सक्ने चेतावनी दिएको छ।

दूतावासले सार्वजनिक गरेका प्रमुख तथ्यहरू

१. G–1 भिसा विशेष मानवीय कारणका लागि मात्र

कोरियाली कानुनअनुसार, उत्पीडन, जोखिम, वा जीवन–सुरक्षामा गम्भीर चुनौती भोगेका व्यक्तिलाई मात्र G–1 (Refugee/Humanitarian) भिसा दिइन्छ। सामान्य रोजगार, अध्ययन वा भ्रमणका इच्छुकले यो भिसामा आवेदन दिन मिल्दैन।

२. G–1 आवेदकको राहदानी नवीकरणमा पूर्ण रोक

शरणार्थी वा मानवीय संरक्षणका नाममा G–1 भिसा प्रक्रिया शुरू गरेको अवस्थामा दूतावासले राहदानी नवीकरण नगर्ने नियम कडाईका साथ लागू भइरहेको दूतावासले दोहोर्‍याएको छ।

३. सामाजिक सञ्जालका भ्रामक प्रचारप्रति सतर्क रहन आग्रह

“G–1 सहज”, “स्थायी बसोबास नजिक”, “कामका धेरै अवसर” आदि भन्दै फैलाइएका सबै प्रचारहरू पूर्णतः झुट्टा र धोकेबाजी भएको उल्लेख गर्दै दूतावासले यस्ता विज्ञापनमा नफस्न सबै नेपाली नागरिकलाई कडाइका साथ आग्रह गरेको छ।

दूतावासले भ्रमित सूचना र प्रलोभनमा नफसी भिसा तथा कानुनी जानकारी केवल सरकारी वा आधिकारिक स्रोतबाट मात्र लिनुपर्नेमा जोड दिएको छ। त्यस्ता गलत प्रक्रियामा परेमा भविष्यमा विदेश यात्रा, आव्रजन प्रक्रिया तथा रोजगारीमा गम्भीर असर पर्न सक्ने पनि दूतावासले ध्यानाकर्षण गराएको छ।

“कानुनी दायराभित्र रही समस्यामा परेका सम्पूर्ण नेपालीलाई समर्थन र मार्गदर्शन गर्न दूतावास सधैं तयार छ।” दूतावासले थप उल्लेख गरेको छ।

सिओलस्थित नेपाली राजदूतावासले कोरियामा रहेका नेपाली नागरिकको हित, सुरक्षा र प्रतिष्ठा संरक्षण आफ्नो प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्दै, अवैध भिसा व्यापार, गलत सूचना र भ्रामक प्रलोभनबाट जोगिन सबैलाई पुनः हार्दिक अपिल गरेको छ।

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा ‘G–1 भिसा’ दुरुपयोग बढ्दो, नेपाली दूतावासको कडा चेतावनी

दक्षिण कोरियामा ‘G–1 भिसा’ दुरुपयोग बढ्दो, नेपाली दूतावासको कडा चेतावनी

दक्षिण कोरियामा पछिल्लो समय G-1 (Refugee/Humanitarian) भिसा दुरुपयोग गर्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएपछि सिओल स्थित नेपाली...
रास्वपा प्रवास विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युबिन श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

रास्वपा प्रवास विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युबिन श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग–दक्षिण कोरियाले आईतबार राजधानी सौलमा आयोजना गरेको दोस्रो अधिवे...
“डिसेम्बर १५ देखि सुरु हुने ९% ब्याजमा विदेशी ऋण: सिन्हान बैंकमा एक महिना तलब थापेकामात्र योग्य”

“डिसेम्बर १५ देखि सुरु हुने ९% ब्याजमा विदेशी ऋण: सिन्हान बैंकमा एक महिना तलब थापेकामात्र योग्य”

दक्षिण कोरियाली वित्तीय क्षेत्रको अग्रपंक्तिमा रहेको सिन्हान बैंकले विदेशी नागरिकहरूका लागि नयाँ र अत्यन्तै सुविधाजनक ऋण योजना...
पत्रकार महासंघ कोरिया शाखाको आठौँ अधिवेशन जनवरी ११ मा, साधारण सदस्यता खुला

पत्रकार महासंघ कोरिया शाखाको आठौँ अधिवेशन जनवरी ११ मा, साधारण सदस्यता खुला

दक्षिण कोरियामा क्रियाशील नेपाली सञ्चारकर्मीहरूको साझा तथा छाता संगठन नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले संस्थागत संरचन...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search