९ आश्विन २०८० २०:३१
९ आश्विन २०८० २०:३१
काठमाडौँ । उपचारमा संलग्न डाक्टरहरूमाथि हातपात भएपछि त्यसको विरोधमा डाक्टरहरू सडकमा उत्रेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि कुटपिटको विरोधमा डाक्टरहरूले काठमाडौँमा सडक प्रदर्शन गरेका छन् । माइतीघरमण्डलमा ठुलो सङ्ख्यामा भेला भएका डाक्टर तथा चिकित्सकले आफूहरूको भौतिक सुरक्षा नभएको भन्दै भौतिक सुरक्षा दिन राज्यसँग माग गरेका छन् । उपचारमा संलग्न स्वास्थ्यकर्मी माथि हातपात गर्दै अभद्र व्यवहार गर्नेलाई हदैसम्मको कारबाही गरी भौतिक सुरक्षा दिनुपर्ने डाक्टरहरूको मुख्य माग छ । लमजुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मङ्गलवार मृत्यु भएको थियो । मृतकका आफन्तले डाक्टरले लापरबाही गरेको भन्दै हातपात गरेका थिए । चिकित्सकहरूमाथि भएको आक्रमणको भर्त्सना गर्दै नेपाली काँग्रेसका नेता भन्नुहुन्छ,…