Naya Update

विचार

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् भने त्यस्ता बाट कुनै कथा, रमिता र रत्यौली सुन्ने/हेर्ने नै हैन। भौतिक बाहरी विषय को पूर्ण सन्यास त्याग गरेको वैराग्य चित्त, आन्तरिक र बाह्य शौच यानि ५ यम(अहिंसा, सत्य, आस्तेय, ब्रह्मचर्य, अपरिग्रह) ५ नियम (शौच, सन्तोष, तपस्, स्वाध्याय, ईश्वरप्रणिधानम्) को नित्य पालना गरेको यानि यम-नियम मा उतीर्ण भएको, इन्द्रिय विषय (काम क्रोध लोभ राग द्वेष आदि) माथि विजय प्राप्त गरेको, ४ वटै वेद गुरुमुख भै न पढेता पनि आफ्नो स्वशाखा, स्वसूत्र गुरुमुखबाट अध्ययन गरेको र ६ वटै वेदाङ्गहरु स्मृति, इतिहास ,पुराणहरु र षड्दर्शनशास्त्रहरुको सम्यक् ज्ञाता, शास्त्रमा…
Read More
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले झुक्याएर समाजमा दुःखी आमा बढाउने तथा अबोध शिशुलाइ आमाको ममताबाट वञ्चित गर्नेे  षड्यन्त्र रचिएको हो। यस्तो धारणा चलाइएको थियो। आजभोलि शारीरिक र मानसिक रूपमा धेरै भिन्न भएका स्त्री र पुरुष बराबर हुन् भनेर भन्नु र एकै काम गर्नुमा नै राम्रो हो  भन्ने हास्यास्पद कुरा नारीको शरीरमा आत्मा हुञ्छ कि हुँदैन भनेर केही समय अघिसम्म विवाद गर्ने पश्चिमाहरुले सुनियोजित रूपमा फैलाइदिएकाले अनि हाम्रो शिक्षा पनि विदेसिकै हातमा परी हाम्रो सनातन धार्मिक मूलपरम्परामा नारीहरुको विशेष आदर र संरक्षण गर्नेे सिद्धान्त भएको…
Read More
बिना योग्यता ध्यान योगको पछि नलागौं!

बिना योग्यता ध्यान योगको पछि नलागौं!

चार आश्रम मध्ये गृहस्थाश्रमको वेदादि शास्त्रमा प्रत्यक्ष विधान हुनाले यो आश्रम नै प्रधान र सबैभन्दा श्रेष्ठ आश्रम हो, र अन्य सबै आश्रम को आश्रय र आधार पनि गृहस्थ नै हो। गृहाश्रमात् परो धर्मो न दृष्टो न च वै श्रुतः। वासिष्ठादिभिराचार्यैर् ज्ञानिभिः समुपाश्रितः॥ (देवी भा. १ः१४ः६०) ऐकाश्रम्यं त्वाचार्याः प्रत्यक्षविधानाद् गार्हस्थ्यस्य गार्हस्थ्यस्य॥ (गौ. ध. सू. १ः३ः३५) यो विषय पनि कथित बाबा/ धर्मगुरु बन्दै हिँडेका नाना वेषधारीले आँफ्ना शिष्यकोटि चेलाहरुलाइ उपदेश गरे राम्रो हुने थियो,  चेलाहरुले सुन्ने थिए। तर बाबाजीहरुले यस्तो उपदेश न दिएर राधे-राधे हरे-हरे राम-राम शिव-शिव नारायण-नारायण गर्दै भौँतारिँदै हिड भन्ने खाले उपदेश र सबैलाई वर्णाश्रमजातिकुलभेदादि नहेरि एकैनासो धर्मोपदेश दिन्छन्। सन्न्यास…
Read More
भ्रष्टाचार, दण्डहीनता र नेपाल

भ्रष्टाचार, दण्डहीनता र नेपाल

अघिपछि आरोप–प्रत्यारोपमा रहने पार्टीहरू भ्रष्टाचार र एकले अर्कोलाई बचाउनमा प्रायः एकजुट देखिन्छन्  नेपालमा भ्रष्टाचारको कारण सुशासनको अभाव र दण्डहीनता भयावह गतिमा बढिरहेको कुरा अन्तर्राष्ट्रिय वित्तीय संस्था र विकासका साझेदार मुलुकले चेतावनी र सहायताको सर्तका रूपमा बारम्बार औँल्याइरहेका छन् । अर्कातिर देशभित्रचाहिँ सत्ताधारी र त्यसका ताबेदार वृत्तको मान्यतामा भ्रष्टाचार अब शिष्टाचार हुन थालेको छ । भ्रष्टाचारका अनेक आयाम र रूपले मुलुकलाई थिलथिलो बनाउँदै लगेको छ । अखबारका पाना दिनहुँ भ्रष्टाचारका समाचारले रंगिरहेका छन् । सामाजिक सञ्जालमा आक्रोश देखिन्छ । तर, सत्ता सञ्चालकहरू भ्रष्टाचार र बेथितिका संरक्षक र सेवक भएर विराजमान छन् ।  सार्वजनिक रूपमा मञ्चबाट गर्ने भाषण वा टेलिभिजनका अन्तर्वार्तामा व्यक्त गरिएका आदर्श जति नै कर्णप्रिय हुन्,…
Read More
किन आलोचित बन्दै छ प्रशासकीय संघीयता ?

किन आलोचित बन्दै छ प्रशासकीय संघीयता ?

प्रशासकीय संघीयता कार्यान्वयन गर्ने दायित्व पहिलो राजनीतिको हो, त्यसपछि मात्र कर्मचारीको हो नेपालको कर्मचारीतन्त्र धेरै कुराबाट आलोचित हुँदै आएकोमा अहिले उसले संघीयता कार्यान्वयनमा पनि नसघाएको आरोप खेपिरहेको छ । राजनीतिक दलहरू राजनीतिक रूपमा संघीयताको कार्यान्वयनमा आफूहरूले कुनै कसर बाँकी नराखे पनि कर्मचारीतन्त्रका कारण प्रदेश तथा स्थानीय तहले काम गर्न नसकेको भनिरहेका छन् । कर्मचारीको काम नगर्ने, खटाएको ठाउँमा नजाने, जनप्रतिनिधिलाई उचित मान–मर्यादा नगर्ने, विभिन्न बहानामा राजधानी जाने प्रवृत्तिले बजेट कार्यक्रम कार्यान्वयन र नागरिक सेवा वितरणमा बाधा पुुग्न गई संघीयता भनेको खराब कुरा रहेछ भन्ने भाष्य निर्माण हुन थालेको छ । कर्मचारीले संघीयता बुुझेकै छैनन्, केन्द्रीकृत भावनाले संघीयता सफल हुँदैन भन्ने राजनीतिको बुुझाइ छ । उता…
Read More
गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजा, २७  मङ्सिर । इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको सङ्ख्या १८ हजार ४०० पुगेको छ । गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या १८ हजार ४०० नाघेको हो । पछिल्लो पटक मङ्गलवार वेस्ट बैङ्कको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।
Read More
आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौँ, २८मङ्सिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैले  वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
Read More
  परिवर्तित प्राथमिकताहरू 

  परिवर्तित प्राथमिकताहरू 

भीष्म जोशी नेपाल मात्र नभई विश्व मै  लामो समय सामन्ती व्यवस्था हाबी रह्यो । यता अहिले पनि   नेपाली समाजमा यो एउटा संस्कृति बन्न पुग्यो । संस्कृति एउटा यस्तो चिज हुँदो रहेछ त्यसलाई चिरेर अगाडि बढ्न नसकिँदो रहेछ ।  नेतृत्व तहमा रहेका अधिकांश व्यक्तिमा गणतन्त्र ल्याएको धेरै वर्ष पछि पनि यो प्रवृति पाइन्छ  । आफू केही नगर्ने अरू लाई कजाएर खान पायौँ भने आनन्दित हुने संस्कृति नेपालमा जताततै छताछुल्ल भेटिन्छ । नेपालमा जनताले वाक स्वतन्त्रताका लागि लामो लडाई लडेर प्राप्त गरेका छन् । नेपाल बिस्तारै नयाँ लोकतान्त्रिक संस्कृतिको दिशामा अगाडी बढ्दै छ |  आजको विश्व मञ्चमा हिजोका भन्दा आवश्यकता र प्राथमिकताहरू परिवर्तन भएका…
Read More
गाजापट्टीको समस्या हाम्रो आफ्नै समस्या हो

गाजापट्टीको समस्या हाम्रो आफ्नै समस्या हो

* मोहनविक्रम सिंह “कमरेड जलजला” उपन्यासको ‘दर्शन, क्रान्ति र बलिदानको महाद्वीप’ शीर्षकको सातौँ भागमा हिट्लरको फासिवाद, यहुदीहरू माथिका बर्बर अत्याचारसित सम्बन्धित केही परिच्छेदहरू छन् । ती परिच्छेदहरूमा हिट्लरले यहुदीहरूमाथि गरेका अमानवीय र बर्बर अत्याचारहरूको विस्तृत रूपले वर्णन गरिएको छ । त्यस सिलसिलामा पोल्यान्डमा मात्र ६० लाख यहुदीहरूको हत्या गरिएको थियो भने जर्मनी सहित युरोपका कैयौँ देशहरूमा उनीहरूमाथि भीषण बर्बर अत्याचारहरू गरिएका थिए । वृद्ध, महिला र बालबालिकाहरू समेतमाथि त्यस प्रकारका अत्याचारहरू गरिएका थिए । हिट्लरद्वारा युरोपमा यहुदीहरूमाथि गरिएका त्यस प्रकारका अत्याचारहरूसित सम्बन्धित कैयौँ म्युजियमहरू युरोप भरी नै बनाइएका छन् । पार्टीको कामको सिलसिलामा युरोपका विभिन्न देशहरूको भ्रमण गर्दा मैले त्यस…
Read More
डा.खगेन्द्र प्रसाईँ भन्छन्, ‘धर्म, चाडपर्व, ईश्वरलाई उपभोक्तावादले विस्थापित गर्‍यो’

डा.खगेन्द्र प्रसाईँ भन्छन्, ‘धर्म, चाडपर्व, ईश्वरलाई उपभोक्तावादले विस्थापित गर्‍यो’

काठमाडौँ, कार्तिक १६ गते । ‘धर्म र चाडपर्वलाई ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट नहेर्दा, अन्धविश्वास भनेको सामन्तवाद र विज्ञान भनेको पुँजीवाद हो भन्ने गलत निष्कर्षमा पुगिने’ दर्शनशास्त्री डा.खगेन्द्र प्रसाईँले बताए । ज्ञानशाला अनुसन्धान केन्द्रले कार्तिक १५ गते नयाँबजार स्थित अनुसन्धान केन्द्रको सेमिनार हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सो धारणा बताएका हुन् । पुँजीवादले सबै संस्कृतिलाई एउटा बोरामा हालेर आफू अनुकूल प्रयोग गर्दछ भन्दै डा.प्रसाईँ भन्छन्, ‘मनकामनाको दर्शन गर्दा मनका सबै कामना पुरा हुन्छ भन्ने अन्धविश्वासको बीज रोपेर व्यापक रूपमा विज्ञापन, होटेल व्यवसाय, पर्यटन लगायतका पुँजीवादी नाफालाई प्रोत्साहन हुने गरी व्यापार गरिएको छ ।’ उनी भन्छन्, ‘साँखुको डाँडामा ठूलो शिवको मूर्ति, कुनै ईश्वर…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search