३० आश्विन २०८० १२:५१
३० आश्विन २०८० १२:५१

३० आश्विन २०८० १२:०३
३० आश्विन २०८० १२:०३
काठमाडौँ, ३० असोज । रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारीको पद गुमेको छ । एमाले त्यागेर अन्य दलको गएको भन्दै निर्वाचन आयोगले रिनाको मौलापुर नगर प्रमुखको पद गुमेको सूचना जारी गरेर जानकारी दिएको हो । आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नीसमेत रहेकी उनको नगरप्रमुखको पद गुमेको हो । एमालेबाट मौलापुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएकी उनी सो पार्टी त्यागेपछि पद पनि गुमेको हो । एमालेको केन्द्रीय समितिको निर्णयसहित रिनाले एमाले त्यागेको जानकारी गराएकाले राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीअनुसार उनको पद गुमेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ । आयोगले जारी गरेको सूचना दल त्याग तथा पद रिक्त सम्बन्धी…

३० आश्विन २०८० ११:५६
३० आश्विन २०८० ११:५६
काठमाडौँ आश्विन ३० । कोशीमा एमाले सहितको मन्त्रीपरिषद् गठन गठबन्धनको समझदारीको विपरीत छ र त्यस प्रकारको सरकारको गठनले देशलाई प्रतिगमनको दिशामा लैजानको लागि उन्मुख गर्ने भन्दै नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंहले वक्तव्य जारी गरेका छन् । उनले वक्तव्यमा भनेका छन् ः हामीले कोशीमा बनेको एमाले सहितको सरकारको कडा शब्दमा विरोध गर्दछौँ । हामीले बारम्बार यो स्पष्ट गर्दै आएका छौँ कि ने.का.भित्रको प्रतिपक्षले, एकातिर, एमालेसित गठबन्धन गरेर सरकार बनाएर देशलाई प्रतिगमनतिर लैजाने प्रयत्न गर्दै छ भने अर्कातिर अमेरिकन परस्त तत्त्वहरूसित पनि गठबन्धन गरेर देशमा अमेरिकी साम्राज्यवादको इण्डोप्यासिफिक र तिब्बत सम्बन्धी रणनीतिको लागि नेपालको भूमि प्रयोग गर्नका लागि आधार तयार पार्ने प्रयत्न गर्दै छ । हामीले पहिले…

३० आश्विन २०८० ११:३८
३० आश्विन २०८० ११:३८
काठमाडौँ, ३० असोज । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरु गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मङ्गलवार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुल आचार्यलाई नागरिकता दिएर अभियानको सुरुआत गरेका हुन् । २८ असोजमा पर्वत जिल्ला प्रशासन कार्यालयबाट कुलले नागरिकताको प्रमाणपत्र पाएका थिए । सो क्रममा प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्ण पाठ : १. गैरआवासीय नेपाली सङ्घको ११ औँ महाधिवेशनमा संसारभरिबाट आउनुभएका एनआरएन साथीहरूलाई नेपालमा हार्दिक स्वागत गर्दछु । दसैँ, तिहार, नेपाल संवत्, छठ लगायत सबै चाडपर्वहरूको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । २. गैरआवासीय नेपाली सङ्घको…

३० आश्विन २०८० ११:१४
३० आश्विन २०८० ११:१४
काठमाडौँ, ३० असोज । साहित्यिक क्षेत्रमा ३० वर्षदेखि क्रियाशील संस्था श्री लुनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले तीन वरिष्ठ सर्जकलाई सम्मान गरेको छ। सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मनीषा कोइरालाले ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान’ तन्त्र विद्याका विद्वान प्रा. विद्यानाथ उपाध्याय भट्टलाई, ‘सरस्वती सम्मान’ साहित्यकारहरू डा. विष्णु विभु घिमिरे र साहित्यकार लक्ष्मण नेवटियालाई र ‘नारायण गोपाल सङ्गीत सम्मान’ गायिका झुमा लिम्बूलाई समर्पण गरिन्। उक्त अवसरमा मनीषा कोइरालाले साहित्यकार तथा कलाकारहरूले आफ्नो पीडा आफ्नो कला र साहित्यिक क्षमतामार्फत प्रस्तुत गर्ने गरेको बताउँदै सर्जकहरूलाई प्रोत्साहित गर्दै आएकोमा प्रशंसा गरिन्। कला मन्दिरका संरक्षक वसन्त चौधरीले यो संस्था ३० वर्षपछि आफ्नो छोरीको जिम्मामा छोडेको…

३० आश्विन २०८० ०९:५३
३० आश्विन २०८० ०९:५३
गाजापट्टी, ३० असोज । इजरायलको हवाई आक्रमणमा दक्षिणी गाजामा कम्तीमा २५ जनाको मृत्यु भएको छ । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी महिला र बालबालिका सहित कम्तीमा २५ जनाको मृत्यु भएको हो । अल जजीराका अनुसार पछिल्लो आधा घण्टामा स्ट्राइकले प्यालेस्टिनी क्षेत्रको दक्षिणी भागमा २.४ मिलियन मानिस बसोबास गर्ने आवास क्षेत्रमा आक्रमण सुरु गरेको थियो। यो स्पष्ट छैन कि दक्षिणी गाजाको कुन भागमा आक्रमण भइरहेको छ । यद्धपी, यसअघि खान युनिस र रफाह क्षेत्रमा धेरै बम विस्फोट भएको खबर प्राप्त भएको थियो । अन्य दर्जनौँ घाइते पनि भएको स्रोतले जनाएको छ। यसैबिच, क्यानडाका अधिकारीहरूले गत अक्टोबर ७ मा हमासले गरेको…

३० आश्विन २०८० ०९:४०
३० आश्विन २०८० ०९:४०
काठमाडौँ, ३० असोज । सुस्तावासीले भारतीय बाटो प्रयोग गरेर अब नेपाल छिर्नु पर्ने बाध्यता सकिने भएको छ । नवलपरासीबाट निर्वाचित सांसद विनोद चौधरीले फागुन मसान्तसम्ममा सुस्तावासी नेपालको पुल प्रयोग गरेर आवतजावत गर्न पाउने जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा एउटा भिडियो राख्दै उनले यो जानकारी दिएका हुन । ‘म अहिले नवलपरासी सुस्ता नारायणी नदी पारीको सुस्तामा उभिएर बोल्दै छु। पृष्ठभूमिमा नारायणी नदी माथि बनेको पुलको संरचना देख्नुहुन्छ,’ उनले आफ्नो सन्देशमा भनेका छन्, ‘यो पुलले अब छिट्टै सुस्ता पारि जानको लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने सुस्तावासीको बाध्यता अन्त्य हुँदै छ, आगामी फागुन मसान्तसम्म यस पुलको निर्माण सम्पन्न भई सञ्चालनमा आउने मलाइ विश्वास छ…

३० आश्विन २०८० ०९:१५
३० आश्विन २०८० ०९:१५
* नारायण ढकाल पाठशालालाई मनमौजी भट्टी बनाएर युरिया मलको लोकल ठर्रा घुटुक्क निल्दै र कुण्ठा बान्ता गर्दै वेश्या चरित्रलाई पनि उछिनेर दलालहरूसँग बोलकबोलमा व्यस्त सुस्त सुस्त कपडा फुकाल्न कस्सिएका सत्तान्धहरूका उत्तेजनात्मक चर्तिकलाका निर्लज्ज दृश्यहरूले लाज पस्कँदै छन्। स्खलित चरित्र र विकृत मनस्थितिको बिस्कुन सुकाएर सार्वजनिक ठाउँमा मानवीय सौन्दर्यलाई कुरूप बनाउँदै मर्यादा,नैतिकता र जनविश्वासलाई गिज्याएर मदोन्मत्त जुवाडेहरू शकुनि पासा फाल्दै चोर जुवा खेलेर पाठशालामा सर्वसाधारणका घरहरूमा आतङ्क मच्चाउँदै चीरहरणको बीभत्स खेलो खेल्दै छन्। अभिशप्त बाटा घाटाहरूमा मालिकलाई पगरी गुथाउने दौडमा बग्गीमा नारिएका घोडाहरू हिनहिनाउँदै विनाशकारी भेडे यात्राको पदचापभित्र मालिकको इलेक्ट्रिक सकले चेतना गुमाएका विवेकहीन प्रतिनिधि,अनुचर, सुसारे,दासहरू लामबद्ध भएर फोहोरको डुङ्गुर छोप्दै…

३० आश्विन २०८० ०९:०१
३० आश्विन २०८० ०९:०१
जेरुसलम, ३० असोज । इजरायलले प्यालेस्टाइनी गायिका दलाल अबु अमनेहलाई गिरफ्तार गरेको छ । आफ्नो परम्परागत गीतका लागि परिचित एक प्यालेस्टिनी गायिकालाई इजरायली प्रहरीले फेसबुक पोस्ट गरेको कारण पक्राउ गरेको प्यालेस्टिनी र इजरायली सञ्चारमाध्यमले जनाएका छन् । इजरायलकी प्यालेस्टिनी नागरिक दलाल अबु अम्नेहलाई सोमबार ‘भगवान् बाहेक कोही विजयी छैन’ भन्ने अरबी वाक्यांश पोस्ट गरेपछि नाजेरथस्थित उनको घरबाट पक्राउ गरेर लगिएको अरब ४८ आउटलेटले उनको वकिललाई उद्धृत गर्दै समाचार प्रकाशन गरेको छ । वकिल, अबीर बकरले भने कि इजरायली प्रहरीले अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमण र त्यसपछि इजरायलले गाजामा आक्रमण गरेपछि गत हप्ता इजरायलीहरूबाट धम्कीहरू प्राप्त गर्दै आएका अबु अम्नेहलाई…

३० आश्विन २०८० ०८:५१
३० आश्विन २०८० ०८:५१
काठमाडौँ, ३० असोज । भोलिका कर्णधार आजका बालबालिकाको मुद्धाहरु मिडियामा आउन नसकेको भन्दै एक कार्यक्रमका सहभागीहरूले दुःख व्यक्त गरेका छन् । चाइल्ड नेपाल नामक गैरसरकारी संस्थाले राष्ट्रिय सञ्चारमाध्यम (डेस्क इडिटर, इडिटर)सँग गरेको अन्तरक्रियामा उनीहरूले कुल समाचारको झन्डै चारदेखि ६ प्रतिशत समाचार मात्रै बालबालिकाहरूको मुद्रामा रहेको बताए । यसमा पनि अधिकांश समाचार औपचारिक कार्यक्रमको मात्रै भएको भन्दै उनीहरूले बालबालिका सम्बन्धी खोज, अनुसन्धानमूलक समाचार प्रकाशित, प्रसारित गर्नुपर्नेमा जोड दिए । साथै उनीहरूले ससाना बालबालिकाहरूको मुद्रामा सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्दा विशेष संवेदनशीलता अपनाउनुपर्नेमा पनि जोड दिए । कार्यक्रममा डा. कुन्दन अर्यालले आएका चारदेखि ६ प्रतिशत बालबालिका सम्बन्धीको समाचारमा पनि ७८ प्रतिशत समाचार बालबालिकामाथिको दुर्व्यवहारका…