१ कार्तिक २०८० ०९:००
१ कार्तिक २०८० ०९:००
काठमाडौँ, १ कार्तिक । इजरायल र हमास बिचको वर्तमान युद्धले दिन प्रतिदिन नयाँ आकार लिइरहेको छ। आज युद्ध १२ औँ दिनमा प्रवेश गरेको छ । यस युद्धका कारण दुवै देशले धेरै नोक्सानी बेहोरेका छन् । पछिल्लो जानकारी अनुसार युद्धमा हालसम्म १४०० इजरायलीको मृत्यु भएको छ भने ४ हजार ३९९ घाइते भएका छन् । गाजाको अस्पतालमा भएको बम विस्फोटका कारण प्यालेस्टाइनमा मृत्यु हुनेको सङ्ख्या चिन्ताजनक रूपमा बढेको छ । जसका कारण गाजा पट्टीमा कुल ३५०० जनाको मृत्यु भएको छ भने १२ हजार घाइते भएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले अल अहली ब्याप्टिस्ट अस्पतालमा कम्तीमा ५०० जनाको ज्यान गएको बताएको छ, जसमध्ये…