Naya Update

धरती रोइरहेछ~~~

धरती रोइरहेछ~~~

धरती रोइरहेछ~~~

* महेशराज खरेल  म जन्मिएको धरतीको शिरमा एउटा श्वेत हिमाल  बिहान सूर्यको किरण सीतै स्वर्ण रङ्गमा रङ्गिएर टल्किरहेको हुन्थ्यो शरीरभरि जीवन   सञ्जीवनी बोकेर उसले प्राणी   वनस्पतिको  जीवन जोगाइरहेको हुन्थ्यो हिमालको काखमा बसेर पहाड नाचेको हुन्थ्यो त्यही पहाडको छातीमा असख्याै हरिया बोट बिरुवा हाँसिरहेका हुन्थे तिनै वनस्पतिका बिचबिचमा धेरै वनजन्तु र पशुपन्छी बाँचिरहेका हुन्थे  डाँफे मुनाल  र मयुरले भाका मिलाएर नाचिरहेका हुन्थे  हरिण,  बाघ  र सिंह आ आफ्ना आँगनमा आ आफ्नो जीवन सजाइरहेका हुन्थे यो मेरो प्रकृतिको सुन्दर बगैँचामा कस्का आँखा लागेर हो वा कुनै अनिष्ठ जागेर हो आजकल मेरो हिमालमा  हिउँ फुलेका बिरुवा छैनन् उस्का काखका पहाड  फेरिएछन्,…
Read More
गृह मन्त्री नारायणकाजी श्रेष्ठलाइ हृदयाघात

गृह मन्त्री नारायणकाजी श्रेष्ठलाइ हृदयाघात

काठमाडौँ, २ कार्तिक । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ । चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठलाई हृदयाघात भएको हो ।   परराष्ट्र मामिलाबारे जानकार पत्रकार अनिल गिरीका अनुसार हाल उनको  बेइजिङ स्थित अस्पतालमा उपचार भइरहेको छ र उनी अहिले डाक्टरहरूको निगरानीमा छन् ।
Read More
एनआरएनएको भावी नेतृत्वका लागि आज निर्वाचन हुँदै

एनआरएनएको भावी नेतृत्वका लागि आज निर्वाचन हुँदै

काठमाडौँ, २ कार्तिक ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भावी नेतृत्वका लागि आज निर्वाचन हुदैँछ । आजबाट सुरु हुने मतदानले भावी अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्मा मध्य एकलाई नेतृत्वमा चयन गर्नेछ । अध्यक्षका प्रत्याशी यी तीनै जना उम्मेदवारले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । जसका कारण नयाँ नेतृत्व चयनका लागि नेपालमा रहेका एनआरएनएका प्रतिनिधिहरूले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी व्यवस्था मिलाइएको छ । विदेशमा रहेका एनआरएनए प्रतिनिधिले भने गए राति देखि नै अनलाइन भोटिङ गरिरहेका छन् । निर्वाचन समितिका अनुसार अनलाइनबाट मतदान गर्नका लागि चौबीस घण्टाको समय सीमा…
Read More
इजरायलद्वारा लेबनानस्थित हिजबुल्लाहका क्याम्पहरू आक्रमण

इजरायलद्वारा लेबनानस्थित हिजबुल्लाहका क्याम्पहरू आक्रमण

तेलअहिव, २ कार्तिक । इजरायली सेनाले गोलाबारी आक्रमणको जवाफमा लेबनान सीमाको लेबनानी छेउमा हिजबुल्लाहसँग सम्बन्धित लक्ष्यहरू प्रहार गरेको बताएको छ। इजरायली सेनाले भनेको छ कि लक्ष्यहरूमा समुद्रबाट हुन सक्ने एक अवलोकन बिन्दुमा सो आक्रमण गरिएको हो, जहाँबाट उत्तर पश्चिम इजरायलको रोश हानिक्रामा एन्टी–ट्याङ्क मिसाइलहरू प्रहार गरिएको थियो। लेबनानको अल–मायादीन टिभीले  रिपोर्ट अनुसार इजरायली हवाई आक्रमणले लेबनानका दुई स्थानहरूमा साँझ आक्रमण गरेको हो । आक्रमणमा परी दुई जना घाइते भएको अल जजिराले जनाएको छ ।  
Read More
राष्ट्रपतिबाट कैद मिनाहा पाएको २५ दिनमा होटेलमा लगेर महिलाको हत्या

राष्ट्रपतिबाट कैद मिनाहा पाएको २५ दिनमा होटेलमा लगेर महिलाको हत्या

हेमन्त केसी सुर्खेत, २ कार्तिक । राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएका रुकुम पश्चिममा एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेको पाइएको छ । गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकले होटेलमा लिएर एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । लोकबहादुरले मुसिकोट नगरपालिका –७ साँखकी २८ बर्सिया भावना विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिए । भावनाको हत्या गरेको आरोपी लोकबहादुरले स्वीकार गरेको, दशिप्रमाण र अनुसन्धानका क्रममा समेत खुल्न…
Read More
गाजाबाट १० लाख मानिस विस्थापित: राष्ट्रसङ्घ

गाजाबाट १० लाख मानिस विस्थापित: राष्ट्रसङ्घ

जेरूसलम, २ कार्तिक । संयुक्त राष्ट्र सङ्घले गाजाबाट करिब १० लाख मानिस विस्थापित भएको जनाएको छ । इजरायली धम्की पछि १० लाख प्यालेस्टाइनीले आफ्नो घरबार छोडेर भागेका छन्, जुन घेराबन्दीमा परेको एन्क्लेभको आधा जनसङ्ख्या बराबर रहेको छ। संयुक्त राष्ट्रको पछिल्लो मानवीय अपडेट अनुसार मध्य र दक्षिणी गाजामा प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सी युएनडब्लुए सञ्चालित स्कुलहरूमा आश्रय खोज्ने लगभग ३ लाख ५२ हजार मानिसहरू समावेश छन्। युएनरडब्लुएले स्कुलहरू भित्रका अवस्थाहरूलाई ‘बढ्दो रूपमा डरलाग्दो’ भनेर वर्णन गरेको छ। ती मध्ये एउटा विद्यालय, मध्य गाजाको अल मगाजी शरणार्थी शिविरमा मात्रै लगभग ४ हजार आन्तरिक रूपमा विस्थापित मानिसहरू आश्रय लिई रहेका थिए ।…
Read More
धनगढीबाट चरेस र चितुवाको छालासहित प्रहरी हवलदार पक्राउ

धनगढीबाट चरेस र चितुवाको छालासहित प्रहरी हवलदार पक्राउ

धनगढी, १ कार्तिक । धनगढीमा चितुवाको छाला र चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धनगढीको शहीद गेट नजिकैको एक होटेलबाट विशेष सूचनाका आधारमा प्रहरी सहायक हवलदारसहितका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार करणबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका-१ का २६ वर्षीय धनकृष्ण रोकाया बुढिगंगा नगरपालिका- १० बस्ने ३० वर्षीय हेमराज जोशी रहेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनक ढुङ्गानाले बताए। उनीहरूको साथबाट प्लास्टिकसहित ६ किलो ७९५ ग्राम चरेस र ७ फिट ६ इन्च चितुवाको छाला बरामद गरिएको छ। लागू औषध नियन्त्रण शाखा महेन्द्रनगर, सुदूरपश्चिम प्रदेश अनुसन्धान…
Read More
कोसी प्रदेशका मुख्यमन्त्री कार्कीलाई दुई तिहाइ बढी विश्वासको मत प्राप्त

कोसी प्रदेशका मुख्यमन्त्री कार्कीलाई दुई तिहाइ बढी विश्वासको मत प्राप्त

विराटनगर, १ कात्तिक । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट दुई तिहाइ बढी विश्वासको मत पाएका छन् । बुधवार प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा दुई तिहाइ बढी मत परेको  हो । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीले राखेको प्रस्तावको पक्षमा ८६ मत पर्दा विपक्षमा ५ मत मात्रै परेको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ सिट भएको राप्रपाबाहेक सबै दलले उनलाई विश्वासको मत दिएको हो । राप्रपाका एक सांसद अनुपस्थित रहे ।
Read More
काँग्रेस परित्याग गरेका कृष्ण कार्की राप्रपा नेपालको महामन्त्री

काँग्रेस परित्याग गरेका कृष्ण कार्की राप्रपा नेपालको महामन्त्री

काठमाडौँ, १ कात्तिक । नेपाली काँग्रेस परित्याग गरेका कृष्ण कार्की राप्रपा नेपाल प्रवेश गरेका छन् । कार्कीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् । पोखरामा व्यवसायी र समाजसेवीको पहिचान बनाएका कार्की नेपाली काँग्रेसको महासमिति सदस्य दिए । काँग्रेसको बार् हौ महाधिवेशनमा कार्की केन्द्रीय कोषाध्यक्ष पदमा निर्वाचनसमेत लडेका थिए । महामन्त्री पदमा मनोनयन गरेपछि अध्यक्ष थापाले उनलाई पार्टीको महामन्त्रीको जिम्मेवारी दिन पाउँदा खुसी लागेको र कार्कीको प्रवेशले राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा योगदान पुग्ने विश्वास समेत  लिएको सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिएका छन् । दशैंलगत्तै पोखरामा बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने तयारी…
Read More
त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालको विजयी सुरुवात

त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालको विजयी सुरुवात

काठमाडौँ, कार्तिक १ गते । त्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै महत्त्वपूर्ण जित निकालेको छ । बुधवार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कप्तान रोहित पौडेलले शानदार अर्धशतकीय इनिङ्स खेले । युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले नट आउट ५१ रन र दीपेन्द्रसिंह ऐरीले नट आउट ३४ रन बनाए। रोहितले ४० बलमा ५ चौका र दीपेन्द्रले २३ बलमा ३ चौका र १ छक्का हिर्काए। त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन जोड्यो। युएईका लागि बासिल हमीदले अर्ध शतक प्रहार गरे। उनले ५१…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search