Naya Update

त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्य, दक्ष र क्षमतावान व्यक्तिलाई बनाउन नेविसंघको माग

त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्य, दक्ष र क्षमतावान व्यक्तिलाई बनाउन नेविसंघको माग

त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्य, दक्ष र क्षमतावान व्यक्तिलाई बनाउन नेविसंघको माग

११ पौष, काठमाण्डौं - नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्य, दक्ष र क्षमतावान व्यक्तिलाई बनाउन माग गरेको छ। त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै नेविसंघले उपकुलपति राजनीतिक भागबन्डाका आधारमा नगर्न आग्रह गर्दै खुला प्रतिस्पर्धाबाट योग्यलाई उपकुलपति नियुक्त गर्न माग गरेको हो । त्रिवि केन्द्रीय क्याम्पस र उपत्यकाभित्रका आंगिक तथा सम्बन्धनप्राप्त ५१ क्‍याम्पसबाट पत्र अभियान सञ्चालन गरिएको र यो अभियानबाट १२ हजार चार सय १५ विद्यार्थीको हस्ताक्षरसहितको पत्र प्रधानमन्त्रीलाई बुझाउने तयारी रहेको नेविसंघ ले जनाएको छ ।विश्वविद्यालयलाई दलीयकरण र राजनीतिक भागबन्डाको अन्त्यका लागि पत्र अभियानमा जोडिन पनि नेविसंघले आग्रह गरेको छ।
Read More
कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी:प्रधानमन्त्री पुष्पकमल दाहाल

कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी:प्रधानमन्त्री पुष्पकमल दाहाल

१० पौष, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी भइरहेको बताएका छन् । दाहालले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै नेपालले विदेशमा पठाएका राजदूत र कूटनीतिक नियोग प्रमुखहरूलाई कार्यक्षमताका आधारमा मात्रै पदमा राख्ने उल्लेख गरे । 'आर्थिक र कूटनतीति नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि आह्वान गर्दछु । कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी गर्दैछौं,' उनले भने ।
Read More
देशकतिबन्योभन्नेहोइन, कतिबन्नसक्थ्योभन्नेआत्मसमीक्षामाछु: प्रधानमन्त्री

देशकतिबन्योभन्नेहोइन, कतिबन्नसक्थ्योभन्नेआत्मसमीक्षामाछु: प्रधानमन्त्री

१० पौष, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै सरकार असफल नभएको दाबी गरेका छन् । मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा “आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन, तर मेरो हुटहुटी अनुसारको परिणाम पनि आएन । म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु,” प्रधानमन्त्रीले भने, “देश कति बन्यो भन्ने होइन,  कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु । यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिने छ ।”
Read More
प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन यसै साता गर्दैछु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन यसै साता गर्दैछु : प्रधानमन्त्री दाहाल

१० पौष, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्न लागेको बताएका छन् । मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले यसै साता प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्न लागेको जानकारी दिएका हुन् । प्रधानमन्त्रीले भने, 'यसै साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु । सिंगो राज्यका लागि यो एउटा संकेत र सन्देश हुनेछ ।' कस्तो संरचनात्मक परिवर्तन गर्न लागेको हो भन्ने कुरा उल्लेख भने उनले गरेनन् । 
Read More
रुसी सेनामा भर्ना हुन पुगेका करिब एक सय जना नेपाली हराइरहेको भन्ने उजुरी परेको परराष्ट्र मन्त्री को भनाई

रुसी सेनामा भर्ना हुन पुगेका करिब एक सय जना नेपाली हराइरहेको भन्ने उजुरी परेको परराष्ट्र मन्त्री को भनाई

१० पौष, काठमाण्डौं - परराष्ट्रमन्त्री एनपी साउदले रुस-युक्रेन युद्धमा रुसी सेनामा संलग्नमध्ये १०० जना हाराहारी नेपाली हराइरहेको भन्ने उजुरी परेको बताएका छन्।  ‘रूसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रूसी सरकारले नै दिएको छ,’ मन्त्री साउदले रासससँगको कुराकानीमा भनेका छन्, ‘यसबाहेक सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ। उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन्।’ रुसी सेनामा कति नेपाली संलग्न रहेका छन् भन्ने यकिन विवरण नभएको परराष्ट्रमन्त्री साउदको भनाइ थियो । 'करिब दुई सयजना काम गर्न, अध्ययन र भ्रमण भिसामा रुस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशंका गरिएको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search