१० पुष २०८० १६:३२
१० पुष २०८० १६:३२

१० पुष २०८० १५:३७
१० पुष २०८० १५:३७
१० पौष, काठमाण्डौं - परराष्ट्रमन्त्री एनपी साउदले रुस-युक्रेन युद्धमा रुसी सेनामा संलग्नमध्ये १०० जना हाराहारी नेपाली हराइरहेको भन्ने उजुरी परेको बताएका छन्। ‘रूसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रूसी सरकारले नै दिएको छ,’ मन्त्री साउदले रासससँगको कुराकानीमा भनेका छन्, ‘यसबाहेक सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ। उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन्।’ रुसी सेनामा कति नेपाली संलग्न रहेका छन् भन्ने यकिन विवरण नभएको परराष्ट्रमन्त्री साउदको भनाइ थियो । 'करिब दुई सयजना काम गर्न, अध्ययन र भ्रमण भिसामा रुस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशंका गरिएको…

१० पुष २०८० १५:३०
१० पुष २०८० १५:३०
१० पौष, काठमाण्डौं - राष्ट्रपति रामचन्द्र पौडेलले गाउँ किन रित्तिँदैछ भन्ने कुराको चिन्ता गरेर यस समस्याको समाधान खोज्न आग्रह गरेका छन्। काठमाडौंको सरस्वती क्याम्पसको वार्षीकोत्सवमा मंगलबार आयोजित कार्यक्रममा पौडेलले भने, ‘नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता यसैमा केन्द्रित हुनुपर्छ।’ ‘मुलुकमा शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बावजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिँदैछ?,’ शिक्षा र रोजगारीका लागि दैनिक हजारौं नेपाली युवाहरु विदेश जाने क्रम बढेको भन्दै उनले स्वदेशमै रोजगारीको सिर्जना हुनुपर्ने बताए।

१० पुष २०८० १५:१७
१० पुष २०८० १५:१७
१० पौष, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको बताएका छन् । मंगलबार २०औँ राष्ट्रिय ज्यापू दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव भएको र तिनको जगेर्ना गर्नु सबैको जिम्मेवारी भएको बताए। ‘नेपालका चाडबाड, जात्रापर्व र सांस्कृतिक सम्पदा र गतिविधिहरू नेपालका अमूल्य नीधि हुन्,’ प्रधानमन्त्री प्रचण्डले भने,‘नेपाल जातीय, भाषिक, धार्मिक सांस्कृतिक विविधताले सम्पन्न र हरेक समुदायले संस्कृतिलाई जीवनको अभिन्न अंगको रूपमा लिइआएका छन्।’ सबै संस्कृतिको संरक्षण गर्नका लागि सरकार प्रतिबद्ध रहेको दाहालको भनाइ थियो । 'सांस्कृतिक सम्पदाको धनी नेपालमा…

९ पुष २०८० १५:३४
९ पुष २०८० १५:३४
९ पौष, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रोपटक प्रधानमन्त्री बनेको एक वर्ष पुगेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो ३ बजे सम्बोधन हुनेछ । गत वर्ष पुस १० मा उनी एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । एमालेसँगको गठबन्धन दुई महिनामै भत्केपछि उनी कांग्रेसकोसहितका दलको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् । एक वर्षमा सरकारका मन्त्री र सचिवहरूले सोचेअनुरूप काम गर्न नसकेको गुनासो प्रधानमन्त्री प्रचण्डको छ।

९ पुष २०८० १५:२०
९ पुष २०८० १५:२०
९ पौष, सिन्धुली - दुर्घटनामा परी दुई जनाको मृत्युपछि आक्रोशित स्थानीय तथा यात्रुले बसमा आगजनी गरेर अवरोध भएको बीपी राजमार्ग प्रहरीले खुलाएको छ । सोमबार बिहान दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि आक्रोशित स्थानीय तथा यात्रुले बसमा आगजनी गरेर सडक अवरुद्ध पारेका थिए । बीपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका-३ बोहोरेटारमा बस र मोटरसाइकल एकआपसमा ठक्किँदा मोटरसाइकल चालक खोटाङ तुवाचुङ नपा-२ का २० वर्षीय सुशन राई र पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका-१० की १८ वर्षीया मुनाकला राईको मृत्यु भएको थियो ।