Naya Update

लुम्बिनीको मायादेवी मन्दिर परिसरमा प्रार्थना गर्दै भियतनामी

हमास आक्रमण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल

हमास आक्रमण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल

तेलहविव, २६ असोज । हमासले दक्षिणी इजरायलको ‘ट्रिब अफ नोभा’ म्युजिक फेस्टिभलमा आक्रमण गरेको थियो । यस हमलामा २६० जनाको मृत्यु भएको दाबी गरिएको छ । आक्रमणमा बाँचेकाहरूले त्यो डरलाग्दो दृश्यलाई आफ्नै शब्दमा वर्णन गरेका छन् । अमित बार र उनका साथी नीर पनि यस हमलामा बाँचेका छन्। सामाजिक सञ्जालमा दुवैको एउटा तस्बिर भाइरल भइरहेको छ, जसमा दुवैलाई चुम्बन गरिरहेको देख्न सकिन्छ । यस दम्पतीले आक्रमण पछिको अवस्था वर्णन गरेका छन्। अमित र नीर दुवै जना बाँच्नका लागि भागेको बताउँछन् । तर यस्तो हुन्छ भन्ने सोचेका थिएनन्, त्यसैले उनीहरूले एक अर्कालाई चुम्बन गरे र अहिले बाँचेर आफ्नो तस्बिर पोस्ट गरेका…
Read More
सत्ता गठबन्धन विवाद सहित कोसीमा मुख्यमन्त्री आज टुङ्गो लाग्दै

सत्ता गठबन्धन विवाद सहित कोसीमा मुख्यमन्त्री आज टुङ्गो लाग्दै

विराटनगर, २६ असोज । कोसी प्रदेशका मुख्यमन्त्री आज टुङ्गो लाग्दै छ । कोसी प्रदेशका भावी मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो तथा नेकपा एमालेको समर्थनमा नेपाली काँग्रेसका विद्रोही समूहका केदार कार्की दुवैले गरेको दाबीमा आज टुङ्गो लाग्ने भएको हो । प्रदेश प्रमुख परशुराम खापुङले आज साँझ ५ बजेसम्म भावी मुख्यमन्त्रीको टुङ्गो लगाउने छन् । माओवादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरू मध्ये नेपाली काँग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने काँग्रेसका विद्रोही उम्मेदवार कार्कीले आफूसहित काँग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन्…
Read More
जीतपुर-सिमराका पूर्व मेयरको मृत्यु ‘रहस्यमय’

जीतपुर-सिमराका पूर्व मेयरको मृत्यु ‘रहस्यमय’

निजगढ, २६ असोज । जितपुर सिमरा उपमहानगरपालिकाका पूर्व मेयर कृष्ण पौडेल घर मृत अवस्थामा फेला परेका छन् । नेकपा एमालेका नेतासमेत रहेका पूर्व मेयर पौडेल बिहीबार साँझ जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित घरमै मृत अवस्थामा फेला परेका हुन । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले पूर्व मेयर पौडेल मृत अवस्थामा फेला परेको जनाउँदै, अझै कारण भने अझै प्रस्ट हुन नसकेको बताए । उनका अनुसार सो बारेमा अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार घरमा घोप्टो परेको अवस्थामा उनी घरमा फेला परेका थिए, जतिखेर उनको मृत्यु भइसकेको थियो ।
Read More
भारत लैजान लागिएका पाँच जना बालिकाको उद्धार

भारत लैजान लागिएका पाँच जना बालिकाको उद्धार

बारा, २६ असोज । भारत लैजान लागिएका ५ बालिकाको बारा प्रहरीले उद्धार गरेको छ। करैयामाई गाउँपालिका वडा नम्बर १ बाट गत सोमबार साँझबाट हराएका ५ बालिकाको प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको हो। भारतको मोतिहारी जिल्ला, पूर्वी चम्पारण ढाका थाना विक्रमपुर गाउँ बस्ने सत्य व्रत पालको छोरा १८ को कवि कुमार पालले उनीहरूलाई भारत लैजान लागेका थिए। सोही क्रममा भारतीय युवक पालबाट बालिकाहरूलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालय बारा मार्फत अभिभावकको जिम्मा लगाइएको हो। गाउँबाट वर्ष १३ की १ जान, १४ की २ जना, १६ की २ जान गरी ५ (पाँच) जना बालिका एकसाथ हराएपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए।…
Read More
भारतीय प्रधानमन्त्री मोदीको गुन्जी भ्रमणबारे रवि लामिछानेले मागे जवाफ

भारतीय प्रधानमन्त्री मोदीको गुन्जी भ्रमणबारे रवि लामिछानेले मागे जवाफ

    काठमाडौं, २५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाली भूमि गुन्जीको भ्रमणबारे नेपाल सरकारसँग जवाफ मागेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले भारतीय मोदीको गुन्जी भ्रमणबारे ध्यानाकर्षण गराउँदै नेपाल सरकारसँग जवाफ मागेका हुन् । मोदीको गुन्जी भ्रमणबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने उनको माग छ । ‘म सरकारलाई र परराष्ट्र मन्त्रालयलाई सोध्न चाहन्छु, यति ठूलो भ्रमण आफ्नो भूमिमा, छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमणबारे सरकारले नेपाली जनतालाई, सदनलाई जानकारी गराउनु पर्दैन ? छिमेकी राष्ट्रको त्यति ठूलो व्यक्तित्व, सरकार प्रमुख हाम्रो भूमिमा आउँदाखेरी सरकारले उहाँलाई स्वागत गर्नु पर्दैन ? कुनै कार्यक्रम…
Read More
भगवती र मिड सोलु हाइड्रोपावरको आइपिओ नेप्सेमा सूचीकृत

भगवती र मिड सोलु हाइड्रोपावरको आइपिओ नेप्सेमा सूचीकृत

  काठमाडौँ, २५ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको आइपिओ सूचीकृत भएको छ । जसमा भगवती हाइड्रोपावरको चुक्ता पुँजीका आधारमा कायम कुल ५७ लाख २० हजार ६४७ कित्ता सेयर पनि सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १२०.४१ रुपैयाँदेखि ३६१.२३ रुपैयाँसम्म तोकेको छ । ‘बीजीडब्लुटी’ सङ्केतमा यसको सेयर कारोबार हुनेछ । यस्तै, मिड सोलु हाइड्रोपावरको चुक्ता पुँजीका आधारमा कायम कुल ७४ लाख ८४ हजार  कित्ता सेयर पनि सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म तोकेको छ । ‘एमएसएचएल’ सङ्केतमा यसको सेयर कारोबार हुनेछ । अब बिहीबार दुवै…
Read More
डेंगु सङ्क्रमण भएपछि उपराष्ट्रपति यादव अस्पताल भर्ना

डेंगु सङ्क्रमण भएपछि उपराष्ट्रपति यादव अस्पताल भर्ना

  काठमाडौँ, २५ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु सङ्क्रमण भएको छ । डेंगु सङ्क्रमण पुष्टि भएपछि उनी नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् । सोमबारदेखि नै स्वास्थ्य समस्या देखिए पनि उपराष्ट्रपति यादव बुधवार साँझ सिभिल अस्पतालमा भर्ना भएका हुन् । निवासमै उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो । उपराष्ट्रपति यादवको उपचार विदेश विष्ट र निजी चिकित्सक शिवजी लम्सालसहितको टोलीले गरिरहेको छ ।
Read More
इजरायलबाट २५४ विद्यार्थी आज नेपाल ल्याइँदै

इजरायलबाट २५४ विद्यार्थी आज नेपाल ल्याइँदै

  काठमाडौँ, २५ असोज । इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका छन् । प्यालेस्टाइनी अतिवादी समूह हमासले गरेको आक्रमण पछि युद्धरत रहेको इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका हुन । इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज गए राति त्यसतर्फ प्रस्थान गरेको थियो, आज इजरायलबाट नेपाली विद्यार्थीसहित युद्धमा घाइतेहरूलाई नेपाल ल्याउँदै छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपालीहरूलाई लिन गएको विमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । मन्त्रालयका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थीलाई नेपाल ल्याउन लागिएको हो ।
Read More
गाजामा आक्रमणपछि  ३ लाख ३८ हजार मानिस विस्थापित

गाजामा आक्रमणपछि ३ लाख ३८ हजार मानिस विस्थापित

  तेल अहिब, २५ असोज । इजरायल– हमास युद्ध जारी रहेको छ । यसै बिचमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बुधवार एक विज्ञप्तिमार्फत हमास लडाकुहरूलाई समाप्त गर्न आह्वान गरेका छन्। उनले भने, ‘प्यालेस्टिनी आतंकवादी समूहका सबै आतंककारीहरूको मृत्यु निश्चित छ।’ गत शनिवार हमासले इजरायलमा अचानक आक्रमण गरेपछि पहिलो पटक नेतान्याहुले हमासलाई समाप्त गर्ने कुरा गरेका हुन । उनले भने, ‘हमास दाएस (इस्लामिक स्टेट समूह) जस्तै हो, जसरी विश्वले दाएसलाई नष्ट गर्‍यो, हामी तिनीहरूलाई नष्ट गर्नेछौँ।’ इजरायलका रक्षा मन्त्री योभ गालान्टले भने,  ‘हामी हमासलाई पृथ्वीबाट मेटाउने छौँ ।’ उता, नेतान्याहुले आफ्नो राजनीतिक मतभेदलाई अस्थायी रूपमा पन्छाएर युद्धको बिचमा विपक्षीहरूलाई सरकारमा समावेश गरेका…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search