Naya Update

अर्थ

फोहोर बेचेर मनग्य मोहर कमाउँदै धनगढी उपमहानगर

फोहोर बेचेर मनग्य मोहर कमाउँदै धनगढी उपमहानगर

धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र नकुहिने फोहोर बिक्री गरेर रु ४५ लाख ५५ हजार आम्दानी गरेको छ। केन्द्रले गत आर्थिक वर्षमा रु २५ लाख ५५ हजार र चालु आवको आठ महिनामा रु २० लाख आम्दानी गरेको हो। उपमहानगरपालिकाका वातावरण, खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीका अनुसार उपमहानगरपालिकाले आव २०८०÷०८१ को साउनदेखि सञ्चालनमा ल्याएको उक्त केन्द्रलाई चालु आवदेखि निजी कम्पनीमार्फत ठेक्का लगाई फोहर बिक्री गर्दै आएको छ। धनगढीको नन्दादेवी सेवा केन्द्रलाई २०८१ देखि २०८६÷८७ सम्म पाँच वर्षका लागि ठेक्का दिइएको छ। ठेकेदार कम्पनीसँग पहिलो वर्षको ठेक्का रकमअनुसार प्रत्येक वर्ष १० प्रतिशतले पाँच वर्षसम्म रकम वृद्धि…
Read More
मङ्गलबार सुनको मूल्यमा ४०० रुपैयाँले उकालो

मङ्गलबार सुनको मूल्यमा ४०० रुपैयाँले उकालो

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुन आज तोलामा एक हजार ४०० रुपैयाँले बढेको  हो। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यता, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेकोछ । आज चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
Read More
बुधबार सुनको मूल्यमा गिरावट

बुधबार सुनको मूल्यमा गिरावट

नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ। सुन तोलामा दुई हजार ७०० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ। मंगलबार सुनको मूल्य तोलामा एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो। त्यस्तै, चाँदीको मूल्य बुधबार घटेर एक हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ।
Read More
असोज १३ गतेदेखि दसैंका लागि सुकिला नोट साट्न पाइने

असोज १३ गतेदेखि दसैंका लागि सुकिला नोट साट्न पाइने

दशैंका लागि पर्सि आइतबारदेखि सुकिला नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य  बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ। यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न गरिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताउनु भएको छ। सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन्। ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन्। नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो। यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको…
Read More
सुनको भाउमा आज नयाँ कीर्तिमान

सुनको भाउमा आज नयाँ कीर्तिमान

आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १७ सयले बढेको हो। शुक्रबार १ लाख ५७ हजार १ सयमा कारोबार भएको सुन आज १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको भाउ अहिलेसम्मकै उच्च हो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १९२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
Read More
एक बर्षमा नेपालीको भान्सामा पाक्यो २८ अर्ब बढीको तरकारी

एक बर्षमा नेपालीको भान्सामा पाक्यो २८ अर्ब बढीको तरकारी

नेपालीले एक वर्षमा २८ अर्ब रुपैयाँभन्दा बढीको विदेशी तरकारी खाएको पाइएको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा नेपालमा एक वर्षमा २८ अर्ब ३१ करोड रुपैयाँको तरकारी आयात भएको हो। विभागको तथ्यांक अनुसार एक वर्षमा ५ लाख ४५ हजार मेट्रिक टन तरकारी नेपालमा आयात भएको छ। यस्तै नेपालबाट पनि केही मात्रमा तरकारी निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ। नेपालबाट ८२ करोड रुपैयाँको तरकारी निर्यात भएको विभागले जनाएको छ।तरकारीबाट सरकारले एक वर्षमा करिब २७ अर्ब ४८ करोड रुपैयाँको घाटा बेहोरेको छ । यस्तै सरकारले एक वर्षमा ४ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।    
Read More
वढ्यो रेमिट्यान्स: ७ महिनामै भित्रियो झन्डै साढे आठ खर्ब, २१.१६ प्रतिशतले वृद्धि

वढ्यो रेमिट्यान्स: ७ महिनामै भित्रियो झन्डै साढे आठ खर्ब, २१.१६ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षको सात महिनामा आठ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २१.१६ प्रतिशतले वृद्धि हो । रेमिट्यान्समा भएको वृद्धिसँगै विदेशी विनिमय सञ्चिति १६ खर्ब २३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो २०.७ प्रतिशतले बढेको हो । गत असारमा यस्तो सञ्चिति १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ थियो । माघसम्मको सञ्चितिले १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने दाबी राष्ट्र बैंकको छ । गत वर्षभन्दा वैदेशिक रोजागारीमा जानेहरु घटे पनि रेमिट्यान्स भने बढेको छ । महँगी निरन्तर घट्दै गएको…
Read More
चालु आर्थिक वर्षको ५ महिनामै २ खर्ब २८ अर्बले बढ्यो विदेशी विनियम सञ्चिति

चालु आर्थिक वर्षको ५ महिनामै २ खर्ब २८ अर्बले बढ्यो विदेशी विनियम सञ्चिति

२६ पौष, काठमाण्डौं - चालु आर्थिक वर्षको ५ महिनामै विदेशी विनियम सञ्चिति करिब २ खर्ब २८ अर्बले बढेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०८० मंसिर मसान्तमा आउँदा १४.८८ प्रतिशतले बढेर १७ खर्ब ६७ अर्ब ४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन हुँदा नेपाली मुद्रामा करिब १५ प्रतिशतले वृद्धि देखिएको विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा भने १३.६ प्रतिशतले बढेको छ । २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड डलर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८० मंसिर मसान्तमा १३ अर्ब ३१ करोड डलर पुगेको…
Read More
सरकारीवित्त ६९ अर्बलेघाटामा, गतमंसिर ३० सम्मसरकारको कुलआम्दानी ३ खर्ब ८३ अर्ब ९२ करोडरुपैयाँ मात्र

सरकारीवित्त ६९ अर्बलेघाटामा, गतमंसिर ३० सम्मसरकारको कुलआम्दानी ३ खर्ब ८३ अर्ब ९२ करोडरुपैयाँ मात्र

२ पुष, काठमाण्डौं  — चालु आर्थिक वर्ष २०८०÷८१ को शरुवाती पाँच महिनामा सरकारी वित्त करिब ६९ अर्ब ७ करोड रुपैयाँले घाटामा रहेको छ । गत पाँच महिनाको अवधिमा आर्जन भएको सरकारको आम्दानीभन्दा सोही अवधिमा भएको खर्च बढी हुँदा यस्तो अवस्था आएको हो । मंसिर ३० सम्म सरकारको कुल आम्दानी ३ खर्ब ८३ अर्ब ९२ करोड रुपैयाँ छ । सोही अवधिमा सरकारको कुल खर्च ४ खर्ब ५२ अर्ब ९९ करोड रुपैयाँ छ । यसका आधारमा मंसिर मसान्तसम्म सरकारी वित्त करिब ६९ अर्बले घाटामा देखिएको हो । चालु आर्थिक वर्षको पाँच महिनामा सरकारको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन सकेको छैन । महालेखा नियन्त्रक…
Read More
गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजा, २७  मङ्सिर । इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको सङ्ख्या १८ हजार ४०० पुगेको छ । गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या १८ हजार ४०० नाघेको हो । पछिल्लो पटक मङ्गलवार वेस्ट बैङ्कको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search