Naya Update

Day: २१ पुष २०८० १८:२६

सर्लाहीको बरहथवाघटना: तीन सदस्यीय छानबिन समिति गठन, मृतकका परिवारलाई १० लाख राहत

सर्लाहीको बरहथवाघटना: तीन सदस्यीय छानबिन समिति गठन, मृतकका परिवारलाई १० लाख राहत

२१ पौष, काठमाण्डौं - गृह मन्त्रालयले सर्लाहीको बरहथवामा शुक्रबार प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको घटनाका विषयमा छानबिन गर्न ३ सदस्यीय समितिसमेत गठन गरेको छ ।  मन्त्रालयले शनिबार सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेको छानबिन समिति गठन गरेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै बरहथवा घटना सम्बन्धमा सत्य-तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरेको जानकारी दिए । त्यस्तै मन्त्रालयले सो घटनामा मृत्यु भएका जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने भएको छ । अस्पताल स्तरोन्नति गर्ने/नगर्ने विषयमा शुक्रबार…
Read More
एकीकृत समाजवादीले दियो राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा ३ जनालाई

एकीकृत समाजवादीले दियो राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा ३ जनालाई

२१ पौष, काठमाण्डौं -  सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित ३ जनालाई दिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्य उम्मेदवार चयनको जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिने निर्णय गरेको हो । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि पार्टीले कति सिट संख्या प्राप्त गर्ने, कुन प्रदेशमा प्राप्त गर्ने र कुन क्लस्टरमा प्राप्त गर्ने भन्ने सम्पूर्ण अधिकार पार्टीका  तीन जना नेतालाई सर्वाधिकार दिइ गठबन्धनको बैठकमा पठाएको उनले बताए । उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनका लागि हाम्रो पार्टीले…
Read More
राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्ध मिलेर जाने सहमती

राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्ध मिलेर जाने सहमती

२१ पौष, काठमाण्डौं - राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा रहेका दलहरू मात्रै मिलेर जाने सहमती गरेका छन् । प्रमुख प्रतिपक्ष एमालेले पछिल्लो समय सत्तारुढ गठबन्धनमा रहेका दलहरूसँग राष्ट्रिय सभा निर्वाचनमा मिलेर जानुपर्ने प्रस्ताव राखेको थियो ।  सत्तारुढ गठबन्धनको शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुने १९ सिट सत्ता गठबन्धनमा रहेका दलहरूबीचमा मात्रै बाँडफाँट गर्ने निर्णय गरेको हो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी ४ दलका नेताहरूको बीचमा छलफल भएको र छलफलले गठबन्धन भित्रकै दलहरूबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको जानकारी दिए । ‘सरकारमा सहभागी ४ दलका नेताहरूको बीचमा छलफल भयो । राष्ट्रिय सभाको सदस्य निर्वाचनको विषयलाई लिएर । आज…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search