Naya Update

प्रवास

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। महासंघको कोरिया शाखाले आइतबार राजधानी सौलको दोङ्देमुनमा एतिहासिक साधारणसभा तथा अन्तरक्रिया कार्यक्रमको सफलतापुर्वक सम्पन्न गरेको हो।   नेपाली राजदूतावास दक्षिण कोरिया "सिओल" की श्रम काउन्सेलर मैया कंडेलको प्रमुख अतिथ्यमा सम्पन्न साधारण सभा तथा अन्तरक्रिया कार्यक्रम करिब ६ घण्टा सञ्चालनमा आएको थियोे। कार्यक्रममा कडेलले हलबाट उठेका प्रश्नहरुको जबाफ दिदै नियम र कानुनले दिए सम्म र सकेसम्म सबै श्रमिकहरुमा त्यतिकै आत्मियता बढाउँदै जाने र गर्नु पर्ने काम गर्ने बताईन्। गत महिना कोरियाको मोक्पोमा बङ्गुर फार्ममा मृत फेला परेका म्याग्दीका…
Read More
पत्रकार महासंघ कोरियाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण तयारी पुरा

पत्रकार महासंघ कोरियाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण तयारी पुरा

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाद्वारा आयोजना हुनगइरहेको साधारणसभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमको तयारी पुरा भएको छ। आईतबार संस्थाका उपाध्यक्ष केशव पोखरेलले कार्यक्रमको ब्यबस्थापन लगायत सम्पूर्ण तयारी पुरा भईसकेको नयाँ अपडेट सँगको कुराकानीमा बताए।   सन् २००७ मा स्थापना भएको नेपाल पत्रकार महासंघको दक्षिण कोरिया शाखाले पत्रकारिता क्षेत्रसँग सम्बन्धित तथा अन्य समाजिक विषयहरुमा बैठक, भेला, सभा, सम्मेलन, गोष्ठि, अन्तरक्रिया, प्रशिक्षण लगायतका विभिन्न रचनात्मक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ।   कार्यक्रमको उदघाटनका लागि नेपाल लगायत विश्वभर छरिएर रहेका नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधि, दक्षिण कोरियाका लागि नेपाली राजदुतावासका श्रम काउन्सेलर…
Read More
‘पाथीभरा स्थलमा गोलि चल्नु कदापि शुभ संकेत होइन’

‘पाथीभरा स्थलमा गोलि चल्नु कदापि शुभ संकेत होइन’

प्रत्येक विकासको जग त्यसको आन्तरिकतामा जोडीएको हुन्छ। जनसहभागिता बिनाको विकास, जनता त्यस ठाउँका ज्ञाता हुन भन्ने नबुझिएको विकास र सामाजिक सहमति बिनाको विकास कुनै पनि हालतमा दिगो हुँदैन। परिवर्तनलाई मात्रै विकास मान्न सकिदैन। सकारात्मक परिवर्तन जसको त्यहाँका स्थानीयले उपभोग गर्न पाउन र त्यसको प्रभाव उनिहरुको आस्थामा नपरोस् भन्ने बुझ्नुपर्छ। जनसहभागिताले विकासको चरणमा सहमति जनाएको हुन्छ। तर जनसहभागिता विनाको विकास न त मानव केन्द्रित हुन्छ न त समतामूलक र समाजलाई आत्मनिर्भर अभिवृद्धि गर्ने खालको नै हुन्छ। आवश्यकता पहिचान गरि घनिभूतरुपमा छलफल गरि स्थानीय सरोकारवालाहरुलाई विश्वासमा नलिई गरिएको विकासको कुनै अर्थ र दिगो हुँदैन।   विकास प्रक्रियामा सामाजिक, सांस्कृतिक विश्लेषण र परम्परागत…
Read More
शेष घले नेतृत्वको उच्चस्तरीय समितिद्वारा सदस्यता आह्वान, वेबसाइट सार्वजनिक

शेष घले नेतृत्वको उच्चस्तरीय समितिद्वारा सदस्यता आह्वान, वेबसाइट सार्वजनिक

सर्वोच्च अदालतको गत चैत्र २१ गतेको परमादेश अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले सदस्यता वितरण लगायतका कार्यहरू सहज बनाउन आफ्नै वेबसाइट सार्वजनिक गरेको छ। नयाँ वेबसाइट www.nrnahlc.com मार्फत गैरआवासीय नेपालीहरूलाई सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। सदस्यताका लागि आवेदन दिने अन्तिम मिति २८ फेब्रुअरी २०२५ तोकिएको छ । यद्यपि आवश्यक परे उच्चस्तरीय समितिले उक्त मिति थप गर्न सक्नेछ। एनआरएनए सदस्यता शुल्क सम्बन्धित राष्ट्रिय समन्वय परिषद् (एनसीसी) ले तोकेको दरअनुसार निर्धारण गरिनेछ। एनसीसी नभएका देशमा भने उच्चस्तरीय समितिले शुल्क निर्धारण गर्नेछ। नयाँ सदस्य तथा नवीकरण गराएका सदस्यहरूले ३-५ मे, २०२५…
Read More
पत्रकार महासंघ दक्षिण कोरियाले साधारण सभा, राजदूत स्वागत तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने

पत्रकार महासंघ दक्षिण कोरियाले साधारण सभा, राजदूत स्वागत तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले साधारण सभा राजदूत स्वागत तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ। महासंघको फेब्रुअरी ९ तारिखमा बसेको औपचारिक भर्चुअल बैठकले छलफल मार्फत उक्त कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो। महासंघको कोरिया शाखाका कार्यवाहक अध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा बसेको बैठकमा प्रस्तावित ३ बुदे एजेन्डा पारित गरेको छ। सार्वजनिक निर्णयको पहिलो बुदामा संस्थाको साधारणसभा, दक्षिण कोरियाका लागि नवनियुक्त महामहिम राजदूत शिबमाया तुम्बाहाम्फेको स्वागत तथा सार्वजनिक सुनवाइ गर्ने रहेको छ। साथै महासंघले आयोजना गर्ने कार्यक्रमलाई भब्य र सभ्य रूपमा सम्पन्न गर्न कार्यसमिति र पत्रकार महासंघ कोरियाका सदस्यहरुमा आर्थिक भौतिक र नैतिक तवरले सकृय रुपमा लागि पर्न र विभिन्न…
Read More
कोरियाली राष्ट्रपति युनसुक लाई पक्राउ गर्न अदालतको आदेश

कोरियाली राष्ट्रपति युनसुक लाई पक्राउ गर्न अदालतको आदेश

एजेन्सी-सिओलको एक अदालतले दक्षिण कोरियाका महाभियोग लगाइएका राष्ट्रपति युन सुक योललाई सैनिक शासन लगाउने असफल प्रयासमा पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको छ। सिओलको पश्चिमी जिल्ला अदालतले उच्च अधिकारीहरूको भ्रष्टाचार अनुसन्धान कार्यालय (CIO) को अनुरोधमा पुर्जी जारी गरेको हो। राष्ट्रपति युनमाथि डिसेम्बर ३ मा असफल सैनिक शासन घोषणा गर्ने योजना बनाएको, विद्रोहको नेतृत्व गरेको, र शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ। यस अनुसन्धानको सिलसिलामा सिओलको योंगसानस्थित राष्ट्रपतिको निवासमा छानबिन गर्न अदालतले खोजी पुर्जी पनि जारी गरेको छ।सिआईओले राष्ट्रपति युनलाई तीन पटक बोलाएको थियो तर उपस्थित नभएकोले पक्राउ पुर्जीको लागि निवेदन दिएको बताएको छ।
Read More
भट्टको नेतृत्वमा सुदूरपश्चिम् समाज कोरियाको नयाँ कार्यसमिति गठन

भट्टको नेतृत्वमा सुदूरपश्चिम् समाज कोरियाको नयाँ कार्यसमिति गठन

महेश भट्टको नेतृत्वमा सुदूरपश्चिम् समाज दक्षिण कोरियाको कोरियाको नयाँ कार्यसमिति गठन भएको छ। आइतबार भएको समाजको अठारौं साधारणसभा एवं अधिवेशन मार्फत भट्टको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति गठन भएको हो। कोरियाको राजधानी सौलमा बिहान ११ बजेदेखि कार्यसमितिको १८औ अधिवेशन भएको थियो। अधिवेशनले भट्टलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्दा वरिष्ठ उपाध्यक्षमा गणेश खड्का, उपाध्यक्षद्वयमा डम्बर न्यौपाने, प्रकाश कार्की र रमेश भट्ट, महासचिवमा नवराज तिमिल्सिना, सचीवद्वयमा तिर्थराज पनेरू र कमल बिष्ट कोषाध्यक्षमा झलक बिष्ट, सह-कोषाध्यक्षमा मनोज बोहरा निर्वाचित भएका छन्। जिल्ला संयोजकहरुमा बझाङका लागि भोजराज भट्ट, दार्चुलाका लागि ललित लोथ्याल र बाजुराका लागि जिवित सुनार रहेका छन्। सुदूरपश्चिम् समाज कोरियामा लामो इतिहास बोकेको सुदूरपश्चिमेलीहरुको…
Read More
दक्षिण कोरियामा ‘बृहत दशैँ महोत्सव २०२४’ आयोजनाको तयारी

दक्षिण कोरियामा ‘बृहत दशैँ महोत्सव २०२४’ आयोजनाको तयारी

दक्षिण कोरियामा विभिन्न संस्थाहरुको संयुक्त आयोजनामा 'बृहत दशैँ महोत्सव २०२४' को आयोजना हुने भएको छ। नेपालीहरुको महान चाड विजया दशमीलाई लक्षित गर्दै बृहत महोत्सव आयोजनाको तयारी थालिएको हो। कोरियामा क्रियाशील संस्थाहरु एनआरएनए दक्षिण कोरिया, पाँच स दक्षिण कोरिया र अन्सान नगरपालिकाले कार्यक्रम आयोजनाको जिम्मा लिएका छन्। कार्यक्रम समन्वयनमा नेपाली राजदुतावास र सहजीकरणको भुमिकमा नेपाली सम्पर्क समिति दक्षिण कोरिया रहेका छन्। अक्टोबर १३ तारिख आइतबारका दिन आन्सान शहरमा आयोजना हुने बृहत दसैं कार्यक्रममा पञ्चेबाजा सहित नगर परिक्रमा, देवी पूजा, टिका जमरा कार्यक्रम, नेपाली परिकारका खानाहरुको व्यवस्था समेत मिलाइएको छ। जसलाई दशैँ महोत्सवका मुख्य आकर्षणको रूपमा जनाइएको छ। अन्य आकर्षणहरु नेपाली तथा कोरियन…
Read More
कोरियामा “सेती महाकाली देउडा साँझ भाग-५” आयोजनाको तयारी

कोरियामा “सेती महाकाली देउडा साँझ भाग-५” आयोजनाको तयारी

दक्षिण कोरियामा नेपालीहरुद्वारा संचालित संस्था सुदूरपश्चिम समाज दक्षिण कोरियाले आगामी सेप्टेम्बरमा "सेती महाकाली देउडा साँझ भाग-५" नामक सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। शुक्रबार सुदूरपश्चिम समाजले कोरियाको महान चाड छुसकको अवसर पारी सेप्टेम्बर १५ मा कार्यक्रमको आयोजना गर्न लागेको जनाएको हो। समाजले आफ्नो २० बर्षको इतिहासमा पहिलोपटक "हाम्रो गौरव हाम्रो सान हाम्रो संस्कृति हाम्रो पहिचान" भन्ने नारा जारी गरि कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रम आयोजनाको उद्देश्य सुदूरपश्चिमको भाषा, कला र संस्कृतिको संरक्षण, सम्बर्द्धन तथा अन्तरार्ष्ट्रिय स्तरमा प्रचारप्रसार तथा आपतकालीन राहतकोष स्थापमा रहेको आयोजक सुदूरपश्चिम समाजले बताएको छ। राजधानी सौलमा बेलुका ४ बजेदेखि राती २ बजेसम्म संचालन हुने कार्यक्रममा सहभागी भई…
Read More
कोरियामा “तीज बिशेष कार्यक्रम” आयोजना हुँदै

कोरियामा “तीज बिशेष कार्यक्रम” आयोजना हुँदै

दक्षिण कोरियामा आउदो १८ अगस्टमा हरितालिका तीज पर्वको अवसरमा "तीज विशेष कार्यक्रम" को आयोजना हुने भएको छ। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको (एनआरएनए) आयोजनामा आइतबार "तीज विशेष कार्यक्रम" को आयोजना हुन लागेको हो। मध्याह्न १२ बजेदेखि दिउँसो ६ बजेसम्म नेपाली थाई रेस्टुरेन्ट, दोङ्देमुनमा कार्यक्रम हुने जनाइएको छ। पछिल्लो समय ईपीएस प्रणाली मार्फत रोजगारीका लागि कोरिया जाने महिलाहरुको संख्या बढ्दो रहेको छ। एनआरएनए कोरियाले कोरियामा रहेका महिलाहरुका लागि प्रत्येक बर्ष तीज विशेषका कार्यक्रम आयोजना गर्दै आइरहेको छ। आयोजक एनआरएनए कोरियाले कोरियामा रहेका सम्पुर्ण नेपालीहरुमा कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेको कार्यक्रम संयोजक पार्वती मोक्तानले बताईन ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search