Naya Update

Day: ६ आश्विन २०८१ १९:३५

देशका ७६ जिल्लामा डेङ्गुको संक्रमण, ६ जनाको मृत्यु

देशका ७६ जिल्लामा डेङ्गुको संक्रमण, ६ जनाको मृत्यु

अहिले नेपालका ७६ जिल्लामा डेङ्गुको संक्रमण देखिएको छ। हुम्लाबाहेक देशभर डेङ्गु रोगको सङ्क्रमण देखिदा सङ्क्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले असोजसम्म पानी पर्ने भएकाले डेङ्गुको जोखिम हुने बताए। 'साधारणतया डेङ्गु सङ्क्रमण जेठदेखि असोजसम्म हुने गर्दछ,' उनले भने, 'त्यसपछि जाडो याम शुरू हुने भएकाले डेङ्गु सार्ने लामखुट्टे क्रमशः हराउँदै जान्छन्।' प्रमुख डा. दाहालका अनुसार अहिलेसम्म देशभर ११ हजार पाँच सय ४५ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ। हालसम्म डेङ्गु रोगको सङ्क्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ।
Read More
सुनको भाउमा आज नयाँ कीर्तिमान

सुनको भाउमा आज नयाँ कीर्तिमान

आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १७ सयले बढेको हो। शुक्रबार १ लाख ५७ हजार १ सयमा कारोबार भएको सुन आज १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको भाउ अहिलेसम्मकै उच्च हो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १९२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
Read More
कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार

कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार

करिब तीन वर्षअघि कोरियाले नेपाललाई दिएका उन्नत जातका गाईबाट जन्मिएका बाछी स्थानीयलाई उपहारका रूपमा प्रदान गरिएको छ। शनिबार सिन्धुलीको कमलामाई नगरपालिकामा आफ्नो ८०औँ वार्षिकोत्सव मनाउँदै हेफर इन्टरनेशनलले उपहार हस्तान्तरण कार्यक्रम (पासिङ अन द गिफ्ट)सम्पन्न गरेको हो। हेफरले नेपाल सरकारसँग मिलेर सिन्धुलीमा ‘मिल्की वे’ परियोजना सञ्चालन गर्दै आएको छ। दक्षिण कोरिया सरकार पनि यस परियोजनाको साझेदार हो। परियोजनाका लागि दक्षिण कोरियाले सन् २०२२ डिसेम्बर र सन् २०२३ जनवरीमा होलिस्टिन प्रजातिका एक सय गाई र आठवटा साँढे उपहारस्वरूप प्रदान गरेको थियो। जसमध्ये कमलामाई नगरपालिकामा ५१ किसान परिवारलाई गाई बाँडिएका थिए। नश्ल सुधारका लागि ल्याइएका साँढे भने राष्ट्रिय पशु प्रजनन कार्यालयमा राखिएका छन्।…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search