Naya Update

Day: १३ फाल्गुन २०८१ २०:४०

सुदूरपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन चैत २७ मा गर्ने

सुदूरपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन चैत २७ मा गर्ने

सुदूरपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचन आगामी चैत २७ मा हुनेगरी टुंगो लगाएको छ। विश्वविद्यालय कार्यकारी परिषदको फाल्गुन ११ गते बसेको बैठकबाट स्ववियु निर्वाचनको मिति टुंगो लागेको रजिस्ट्रार कार्यालयले जनाएको हो। कार्यालयले चैत २७ मा केन्द्रीय क्याम्पस सहित आंगिक क्याम्पसहरुमा निर्वाचन गर्ने बताएको छ। त्यसैले सबै विभागहरूमा भर्ना हुन बाकी विद्यार्थीहरूलाई १० गतेसम्म भर्ना गराउन विभागहरुलाई आदेश जारी गरेको छ। सुदूरपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन गर्ने विषय विगत १ बर्षदेखी चर्चामा रहेको थियो। तर विभिन्न राजनीति दलहरुका भातृ संगठनहरूबिचको आन्तरिक र वाह्य खिचातानीले निर्वाचनको मिति अन्योलमा परेको थियो।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search