
* मेघराज ओली
हरेक पल्ट सायद
पल्ट पल्ट नामले भन्दा उपमाले
निष्ठाको पर्तिरुपमा–
तिमिलाई उभ्याए
ऐना जस्तो बेदाग
मेरो पार्टी बनाए ।
हरेक पल्ट
प्राय पाँच पाँच वर्षमा
तिम्रो आकृति सजाय
तिम्रो नाम बिक्यो–काम बिक्यो
०४६ देखी ०८० सम्म भजाए
ऐना जस्तो बेदाग
मेरो पार्टी बनाए ।
निस्स्वार्थ, त्यागी हजुर भनी भनी
नेताको फिक्स एक तलब बनाए
एक जागिरे बनाए–खुसी मेरा नेता बनाए
ऐना जस्तो बेदाग
मेरो पार्टी बनाए ।
ऐनामा आकृति फेरिए–नेता फेरिए
तिनका जीवन फेरिए
सोच फेरिएन….
बदलिएका आकृतिको आत्मा फेरिएन ।
नेताको आत्मा फेरिएन ।