१५ कार्तिक २०८० २१:२३
१५ कार्तिक २०८० २१:२३

१५ कार्तिक २०८० १३:२९
१५ कार्तिक २०८० १३:२९
काठमाडौँ, १५ कात्तिक । नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुङ्गानाको लेक लागेर मृत्यु भएको छ । गत १२ कात्तिकमा महासचिव गुटेरेसको सुरक्षाको लागि अन्नपूर्ण हिमालको आधार शिविर पुगेका उनको बुधवार बिहान मृत्यु भएको छ । गत आइतबार महासचिव गुटेरेसको सुरक्षाका लागि उनीसँगै ढुङ्गाना हेलिकोप्टरमा अन्नपूर्ण हिमालको आधार शिविर पुगेका थिए । तर, सोही दिन गुटेरेस हेलिकोप्टरमै फर्किए पनि असई ढुङ्गाना भने हिँडेर फर्किदा लेक लागेको हो । मङ्गलवार राति हिमालय भन्ने ठाउँमा पुगेपछि असई ढुङ्गानालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो र बुधवार हेलिकोप्टरमा पोखरा ल्याउँदा निधन भएको हो ।

१५ कार्तिक २०८० १२:१०
१५ कार्तिक २०८० १२:१०
* मेघराज ओली हरेक पल्ट सायद पल्ट पल्ट नामले भन्दा उपमाले निष्ठाको पर्तिरुपमा– तिमिलाई उभ्याए ऐना जस्तो बेदाग मेरो पार्टी बनाए । हरेक पल्ट प्राय पाँच पाँच वर्षमा तिम्रो आकृति सजाय तिम्रो नाम बिक्यो–काम बिक्यो ०४६ देखी ०८० सम्म भजाए ऐना जस्तो बेदाग मेरो पार्टी बनाए । निस्स्वार्थ, त्यागी हजुर भनी भनी नेताको फिक्स एक तलब बनाए एक जागिरे बनाए–खुसी मेरा नेता बनाए ऐना जस्तो बेदाग मेरो पार्टी बनाए । ऐनामा आकृति फेरिए–नेता फेरिए तिनका जीवन फेरिए सोच फेरिएन.... बदलिएका आकृतिको आत्मा फेरिएन । नेताको आत्मा फेरिएन ।

१५ कार्तिक २०८० ११:२२
१५ कार्तिक २०८० ११:२२
लन्डन, १५ कार्तिक । नेपाली डायरफोराले नेपालप्रति प्रेम देखाउने अहिले उपयुक्त समय भएको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताएका छन् । नेपाली दूतावास लन्डनमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘नेपाली डायरफोराले नेपालमा लगानी गरेर वास्तविक माया देखाउने बेला आएको छ । तपाईंहरु सँग जे क्षमता छ, त्यो क्षमता उपयोग गरेर नेपालप्रतिको प्रेम देखाउने अहिले उपयुक्त समय हो ।’ दुई पक्षीय, बहुपक्षीय सहयोगले मात्र नेपालको विकास सम्भव छैन । संस्थागत निजी क्षेत्रको लगानीको आवश्यकता छ, मन्त्री डा. महतले भने, ‘नेपालीको धेरै ठुलो सङ्ख्या विश्वभर फैलिएको छ । विदेशमा नेपालीको दोस्रो पुस्ता हुर्किँदै छ । सिप, ज्ञान…

१५ कार्तिक २०८० ०९:५६
१५ कार्तिक २०८० ०९:५६
काठमाडौँ, कार्तिक १५ गते । इजरायल र हमासबिच युद्धको आज २६ औँ दिन हो । यसैबिच मङ्गलवार राति इजरायलले उत्तरी गाजको सबैभन्दा ठुलो जबालिया रिफ्युजी क्याम्पमा आक्रमण गरेको छ । सो आक्रमणमा हमासको सिनियर कमान्डर इब्राहिम बियारी सहित ५० लडाकुहरू मारिएको इजरायलले दाबी गरेको छ । विभिन्न मानवीय समूहहरूले जबलिया शरणार्थी शिविरमा इजरायलको आक्रमणको निन्दा गरेका छन् । उनीहरूले गाजामा घातक हवाई आक्रमण रोक्न तथा युद्ध विराम सुरक्षित गर्न विश्व नेताहरूलाई आव्हान गरेका छन् । मङ्गलवारको आक्रमणबाट नजिकैको इन्डोनेसियाली अस्पतालका निर्देशकले कम्तीमा ५० जनाको ज्यान गएको र धेरै घाइते भएको बताएका छन्। त्यस्तै एउटा अल जजीरा प्रसारण इन्जिनियरले आफ्नो परिवारका १९ सदस्य गुमाएको जानकारी हुन आएको छ…