Naya Update

प्रमुख समाचार

पिएसजीको ८ खेलको जितको यात्रामा पूर्णविराम

पिएसजीको ८ खेलको जितको यात्रामा पूर्णविराम

२ पुस, काठमाण्डौं - फ्रेञ्च लिग वानमा पिएसजीको ८ खेलको जितको यात्रामा पूर्णविराम लागेको छ। यसअघि लगातार ८ खेलमा जित निकालेको पिएसजी नवौं खेलमा लिलसँग १-१ गोलको बराबरीमा रोकियो।  लिलका जोनाथन डेभिडले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा  गोल गर्दा पिएसजी बराबरीमा रोकिन बाध्य भएको हो।  त्यसअघि खेलको ६६ मिनेटमा एमबाप्पेको पेनाल्टी गोलबाट पिएसजीले खेलमा अग्रता लिन सफल भएको थियो। लुकास हर्नान्डेजलाई बाफोडे डियाकाइटले फाउल गरेपछि एमबाप्पेले आफ्नो १६औं खेलमा सिजनको १६औं लिग गोल गरे। लिगमा पिएसजी १६ खेलबाट ३७ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको निसभन्दा रियल ५ अंकले अघि छ।  १२ सिजनमा १०औं फ्रान्सेली उपाधि जित्ने अभियानमा रहेको पिएसजी लिगमा…
Read More
भिल्लारियललाई हराउँदै रियल शीर्ष स्थानमा

भिल्लारियललाई हराउँदै रियल शीर्ष स्थानमा

२ पुस, काठमाण्डौं - स्पेनिस ला लिगमा रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ। आइतबार भिल्लारियललाई ४-१ गोलले पराजित गर्दै रियल शीर्ष स्थानमा पुगेको हो। रियलका लागि बेलिङघमले २५, रोद्रिगोले ३७, डियाजले ६४ र मोड्रिचले ६८ मिनेटमा गोल गरे। भिल्लारियलका मोरालेसले ५४ मिनेटमा गरेको गोल सान्त्वनामा सीमित बन्यो। लिगमा रियलले १७ खेलबाट ४२ अंक जोडेको छ। एक खेल कम खेलेको दोस्रो स्थानको गिरोनाको ४१ अंक छ। बार्सिलोना ३५ अंकसहित तेस्रो स्थानमा छ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search