Naya Update

रोजगार

शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु

शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु

कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्यास विष्फोट हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घले छन्। उनीहरूको उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले  बताए। अन्य ९ जनाको उपचार भइरहेको छ। गत बिहीबार म:म पसलको ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका थिए।
Read More
ईपीएस मार्फत कोरिया जाने कामदारको हवाई भाडा तोकियो, भ्याटसहित प्रतिटिकट ५४ हजार

ईपीएस मार्फत कोरिया जाने कामदारको हवाई भाडा तोकियो, भ्याटसहित प्रतिटिकट ५४ हजार

ईपीएस मार्फत नेपालबाट दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई भाडा तोकिएको छ ।वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले १३ कात्तिकमा आह्वान गरेको बोलपत्रमा युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिको प्रस्ताव सारभूत रूपमा प्रभावग्राही भएकाले स्वीकृतिका लागि छनोट गरिएको शाखाले जनाएको छ । बोलपत्र विजेता युनिभर्सल टुर्सले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक प्रतिकामदार प्रतिटिकट ४८ हजार ६ सय ६५ रुपैयाँ रुपैयाँमा काठमाडौंदेखि सियोलसम्म उडान गर्ने छ । भ्याट जोड्दा प्रतिटिकट ५४ हजार ९ सय ९१ रुपैयाँ पर्ने शाखाले जनाएको छ ।यसअघि यस्तो भाडा दर प्रतिटिकट १ लाख २३ हजार रुपैयाँसम्म पुगेको थियो । भाडा अत्यधिक महँगो भएपछि यसको व्यापक विरोध भएको…
Read More
पत्रकार महासंघविरुद्ध सर्बोच्चमा रिट दर्ता

पत्रकार महासंघविरुद्ध सर्बोच्चमा रिट दर्ता

नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसकेपछि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। सोमबार ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासङ्घलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन्। वर्तमान कार्यसमितिले तोकिएको मितिमा चुनाव गराउन नसकेपछि अब वैकल्पिक माध्यमबाट चुनाव गराएर संस्थालाई निकास दिनुपर्ने माग गरिएको छ। रिटमा अब प्रदेश र जिल्ला अध्यक्षहरू सम्मिलित राष्ट्रिय भेला आयोजना गरी सोही भेलाको निर्णयबाट समितिले गरेका काम कारबाही बारे आवश्यक निर्णय गर्नुका साथै बढीमा ६ महिनाभित्र निर्वाचन गर्ने गरी मिति तोक्न माग गरिएको छ। यस्तै अघिल्लो वार्षिक साधारण सभामा सहभागी पुराना सदस्यहरूलाई निर्वाचनमा सहभागी हुने व्यवस्था गरेर मात्रै निर्वाचन गर्नु भनी विपक्षीहरूका नाममा परमादेश आदेश…
Read More
कोरियामा कृषितर्फ भाषा पास गरि रोस्टरमा रहेकाहरुले क्षेत्र परिवर्तन गर्न पाउने

कोरियामा कृषितर्फ भाषा पास गरि रोस्टरमा रहेकाहरुले क्षेत्र परिवर्तन गर्न पाउने

ईपीएस भाषा अन्तर्गत कृषि तथा पशुपालन क्षेत्रतर्फ उत्तीर्ण भई रोस्टरमा रहेकाहरुले क्षेत्र परिवर्तन गर्न पाउने भएका छन्। ३१ डिसेम्बर २०२४ भित्र म्याद सकिनेहरूले वन क्षेत्रतर्फ रोस्टर परिवर्तन गर्न पाउने इपिएस कोरिया शाखाले जनाएको छ। उनीहरूले २१ जुलाई २०२४ देखि २४ जुलाई २०२४ सम्म रोस्टर परिवर्तन गर्न चाहेको निवेदन शाखामा दिनुपर्नेछ। निवेदनमा राहदानी नम्बर, प्रवेशपत्र नम्बर, सम्पर्क नम्बर र सूचीमा नाम उल्लेख भएको सिरियल नम्बर राख्नुपर्नेछ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search