Naya Update

मुगु सदरमुकाम गमगढीमा भीषण आगलागी 

मुगु सदरमुकाम गमगढीमा भीषण आगलागी 

मुगु सदरमुकाम गमगढीमा भीषण आगलागी 

 मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गए राति भीषण आगलागी भएको छ । आज बिहान ‍१ बजे छायानाथ रारा नगरपालिका-१ गमगढी बजारमा एक कम्प्युटर पसलबाट सुरु भएको आगलागीमा ६ घर जलेर नष्ट भएको छ। जलेका घरहरू तार्के लामा, सोनाम लामा, ऐडी, सान्ताेना खत्री, पन्च सेजुवाल, प्रदीप रावल, पुतली शाही पद्मराज मल्लको टिनको टहरा, रहेको बताइएको छ । उक्त घरका सटरहरूमा रहेको व्यापारिक मालसामानहरूका साथै घरका अन्य माल सामान गरी करोडौँको क्षति हुन सक्ने अनुमान गरिएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना,नगर प्रहरी र स्थानीय बासिन्दाहरू खटिनुभएको छ । गमगढी खानेपानीको पानी प्रयोग गरी आगो नियन्त्रण गर्ने प्रयास…
Read More
विशेषणको भारी

विशेषणको भारी

शान्ति प्रियवन्दना   अन्याय हो   जान्दा जान्दै पनि    नबोल्नु मै कल्याण देख्ने   हजुरआमालाई सोध्थेँ म  हजुरआमा    तपाईँलाई पटक्कै रिस  उठ्दैन ?  किन ?   केही बोल्नुहुन्न ?    हजुरआमा भन्नुहुन्थ्यो   मेरी प्रिय नातिनी  आइमाई त धर्ती हो   म त्यही धर्ती बनेको हुँ   आज मलाई पनि  फूल भन्छन्  जून भन्छन्  आकाश भन्छन्  धर्ती पनि भन्छन्   र, चाहन्छन्   म पनि फूल, जून, आकाश र  धर्ती बनूँ  मेरी आमालाई नि यसै भन्थे  मेरी आमाबाट पनि यस्तै, यस्तै  चाहन्थे   मैँले मेरी आमाहरू र   हजुरआमाहरू विवेकले एका थरी   र, व्यवहारले अर्कैथरि बनेको   पटक पटक देखेँ   र,हुर्किएँ   चाहिँदैन मलाई   कृपया नदिनुहोस्  मेरो नजरमा मेरा…
Read More
मसाल नेता रेग्मी डेंगुको सिकार

मसाल नेता रेग्मी डेंगुको सिकार

काठमाडौँ । नेकपा(मसाल) का काठमाडौँ जिल्ला प्रवक्ता जगत् प्रसार रेग्मी डेंगुबाट पीडित भई टिचिङ अस्पताल भर्ना हुनु भएको छ । १०४ ज्वरो आएर अस्पताल भर्ना हुनु भएको नेता रेग्मीको प्लेटलेस घट्दो क्रममा छ ।  अस्पताल भर्ना गर्दा नेता रेग्मीको प्लेटलेस एक लाख पैँतीस हजार रहे पनि आश्विन ५ गतेका दिन अठार हजारमा झरेको छ । प्लेटलेस कम भएको त्यसका साथै निमोनियाले समेत आक्रमण गरेका कारण वहाँलाई चक्कर आउने तथा कमजोरीको अनुभूति गरिरहनु भएको छ । ज्वरो कम भए पनि प्लेटलेट घट्ने सम्भावना भएको हुँदा डाक्टरले चिन्ताको विषय नभएको बताएका छन् । नेता रेग्मीको ए प्लस रगत समूह भएको हुँदा आवश्यक…
Read More
प्रलेसको ७२औँ स्थापना दिवस सम्पन्न

प्रलेसको ७२औँ स्थापना दिवस सम्पन्न

काठमाडौँ । ‘विश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको तथा नेपालको बाम आन्दोलन पनि टुट फुटको अवस्थाबाट अगाडि बढिरहेको सन्दर्भमा प्रगतिशील लेखक सङ्घ, एकताको दिशामा क्रियाशील भइरहनु गौरवको कुरा भएको’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सूदन किराँतीले बताउनुभयो । सङ्घको ७२औँ स्थापना दिवस तथा प्रलेस प्रतिभा पुरस्कारको उद्घाटन मन्तव्यमा वहाँले सो धारणा राख्नुभएको हो ।  आश्विन ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा भएको स्थापना दिवसमा मन्त्री किराँतीले, ‘नेपाली समाजको प्राज्ञिक अध्ययन नभएकाले पटक–पटक असफल भएको’ बताउनुभयो– ‘नेपाली समाज भनेको माटो र विचार भनेको जरा हो, त्यसैले नेपाली माटोमा आधारित समाजवाद आवश्यक छ ।’  समाजवादी संस्कृतिको अभ्यासको आवश्यकतामाथि जोड दिँदै…
Read More
किन निजी विद्यालयमा पढाएको ?

किन निजी विद्यालयमा पढाएको ?

सर्वत्र उठ्ने प्रश्न हो यो ? सरकारी शिक्षाको नारा लगाएर मात्र हुन्छ, आफ्नो छोराछोरीलाई किन निजी विद्यालयमा पढाएको ? यो प्रश्नको सन्दर्भमा शिक्षाविद् डा.खगेन्द्र प्रसाईँ भन्नुहुन्छ, 'उदारीकरण र निजीकरण मार्फत सार्वजनिक शिक्षा तहस नहस पारिएको छ र निजी शिक्षा उत्पात प्रवर्द्धन गरिएको छ । सार्वजनिक विद्यालयको सङ्ख्या र गुण दुबैलाई कमजोर पारिएको छ । शिक्षामा राज्यको भूमिका खुम्च्याइएको छ । 'सरकारी नराम्रो निजी राम्रो' भन्ने चेतना जबरजस्त निर्माण गरिएको छ । समस्या संरचनात्मक छ । तर बुज्रुकहरू शिक्षकलाई प्रश्न गर्छन् : तिमीले आफ्ना छोरा छोरी सार्वजनिक मा नपढाएर किन निजी विद्यालय मा पढाएको ?
Read More
‘उसले आज सरकार चिन्यो’

‘उसले आज सरकार चिन्यो’

बाह्रबिसेको बस स्टपमा बोकाएर ल्याएपछि नैन भन्ने नैनबहादुरले आफ्नो जहानलाई एउटा शीतल ठाउँ खोजी थकाइ मार्न लगायो र आफू तरकारी पसलतिर लम्क्यो । केही छिनपछि अलिकति दही, च्यूरा, आलुको तरकारी र पानी लिएर ऊ फर्क्यो । अनि, आफ्नो जहानलाई खान कर लगाउँदै भन्यो, ‘खा खा अलिक बेथालाई त खाएकैले जित्छ । भरै अस्पताल पुग्नेसाथै तोक लाग्यो भने भर्ना हुन पाइहाल्छेस् खाने चाँजो मिल्ने हो होइन, खा खा ।’ पहेँली, ख्याउटी, फुकीढल भएकी स्वास्नी मान्छे, जो दोहोरो सास फेरिरहेकी थिई, सुस्केरा जस्तो आवाजमा आफ्नो लोग्नेलाई भनी, ‘टुङ्गोमा पुग्छु जस्तो लागेको छैन मलाई, खै रगत त्यत्तिकै आइरहेको छ ।’ त्यसपछि उसले खोकी,…
Read More
बालेन र रविको चेतावनीलाई बेवास्ता गर्दै  शिक्षकहरूको सडकमै हाजिरी

बालेन र रविको चेतावनीलाई बेवास्ता गर्दै  शिक्षकहरूको सडकमै हाजिरी

काठमाडौँ । शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्ने जस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासङ्घले बुधवारदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेको छ । उनीहरूले देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प पारेर आन्दोलन गरिरहेका छन् । शिक्षकहरूको यस प्रकारको आन्दोलनले बालेन र स्वतन्त्र पार्टीलाई सबै भन्दा बढी टाउको दुखाइको विषय बनेको छ । मङ्गलवार राति मेयर शाहले एक विज्ञप्ति जारी गरी दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता लिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थालाई अपिल समेत गरेका छन् ।  राजनीतिक आबद्धता तत्काल…
Read More
जबा

जबा

—वैरागी जेठा   हिँडिरहेछ यात्री  जबासँगसँगै ।  चुचुराहरू पग्लिरहेछन्  गोठालाहरू हिङ पग्लेझैँ  सभ्यताका एकतारेहरू गीत  गाउँछन्  गरल डाँडामा  अनेकौँ पक्षीहरू  संवेदनशील पत्रहरू लेख्छन्  देवल डाँडामा बसेर  गोर्की ,लुसुन ,देवकोटा र  पौड्याल  झल्किन खोज्छन् पाटनहरू  बेथिति बादल कुँदिरहेछन्  विस्मित समाचार लिएर  यात्रीको अनुभूतिमा  चमेराझैँ झुन्डिएका छन्  आँत भाँचिएका मान्छेहरू ।  ठाँगे, रामाघाट सुनसान  बनाएर  देहरादुन सरेको छ बसाइँ ।   मानसरोवर तक्लाखार ,  जामुकुईनेहरू  अलापिरहेछन् स्वर्णिम  विचारहरू  चसक्क कोरे काँडाहरूले  नाग्मको बजारमा ।  राडी,पाखी बेच्न निस्केका  डल्ले ,भुन्टे ,पुन्टेहरू अझै घर  फर्केका छैनन्  जाबेस्वरसँगसँगै  सुख्खा,ठन्डा, शीतोष्ण  चलिरहेछ  पानी छुनै नसकिने ओ हो !  नागराजको पतनसँगै   जीवनहरू रूखो रूखो  भएछन्  यहाँका वस्तिहरूमा । …
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search