Naya Update

ई–७ भिसामार्फत दक्षिण कोरियामा कामदार पठाउने प्रक्रिया तत्कालका लागि स्थगित

ई–७ भिसामार्फत दक्षिण कोरियामा कामदार पठाउने प्रक्रिया तत्कालका लागि स्थगित

ई–७ भिसामार्फत दक्षिण कोरियामा कामदार पठाउने प्रक्रिया तत्कालका लागि स्थगित

ई–७ भिसामार्फत दक्षिण कोरियामा सिपयुक्त कामदार पठाउने प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागलाई कार्यान्वयन नगर्न परिपत्र गरेसँगै यो प्रक्रिया रोकिन पुगेको हो। वैदेशिक रोजगार विभागका सूचना अधिकारी टिकाराम ढकालका अनुसार मन्त्रालय र आयोगको पत्रका आधारमा तत्कालका लागि ई–७ भिसामार्फत सिपयुक्त कामदार पठाउने कार्य अघि नबढ्ने स्पष्ट भएको छ। श्रम मन्त्रालयले भदौ २९ गते विभागलाई पत्राचार गर्दै बी–टू–बी माध्यममार्फत ई–७ भिसामा सिपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नगर्न निर्देशन दिएको थियो। यसअघि मन्त्रालयले म्यानपावर कम्पनीमार्फत कामदार पठाउने व्यवस्था सहित कार्यविधि जारी गरी गत असारमा तेस्रो संशोधनसमेत…
Read More
प्रधानमन्त्रीमा कार्कीको नियुक्ति : सुदन किराँतीद्वारा दुई उच्चस्तरीय न्यायिक आयोग गठनको माग

प्रधानमन्त्रीमा कार्कीको नियुक्ति : सुदन किराँतीद्वारा दुई उच्चस्तरीय न्यायिक आयोग गठनको माग

नेकपा माओवादी केन्द्रका युवा नेता तथा पूर्वमन्त्री सुदन किराँतीले प्रधानमन्त्रीमा सुशिला कार्कीको नियुक्तिलाई स्वागत गर्दै जनआन्दोलनको भावनालाई कार्यान्वयन गर्न तत्काल दुईवटा उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै किराँतीले भने, “चोर बाटोबाट भए पनि प्रधानमन्त्री सुशिला कार्की नियुक्त हुनु भएकोमा बधाई छ। अब भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग र जेन-जी आन्दोलनको क्रममा भएका नरसंहार तथा विध्वंसबारे छानबिन गर्न अर्को आयोग गठन हुनुपर्छ।” उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीता संविधानका चार आधारभूत खम्बा भएको उल्लेख गर्दै ती खम्बालाई कमजोर पार्ने वा तलमाथि गर्ने कुनै प्रयास भयो भने परिणाम गम्भीर हुने चेतावनी…
Read More
राप्ती समाज कोरियाको सातौं अधिवेशन सम्पन्न, ओलीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति निर्वाचित

राप्ती समाज कोरियाको सातौं अधिवेशन सम्पन्न, ओलीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति निर्वाचित

दक्षिण कोरियामा स्थापित राप्ती समाज दक्षिण कोरियाको सातौं अधिवेशन आईतवार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकाल २०२५–२०२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशनबाट अध्यक्ष पदमा किशन ओली सर्वसम्मत निर्वाचित भएका छन्। त्यस्तै, वरिष्ठ उपाध्यक्षमा डी.बी. मगर, उपाध्यक्षमा गोकर्ण रेग्मी, रामेश्वर बुढामगर र वर्षा भण्डारी चयन भएका छन्। महासचिवमा अर्जुन के.सी., सचिवमा देव के.सी. र ओमप्रकाश पुनमगर, कोषाध्यक्षमा प्रकाश चन्द्र घर्तीमगर तथा सह–कोषाध्यक्षमा नरेश घर्तिमगर निर्वाचित भएका छन्। नयाँ कार्यसमितिमा युवा संयोजकमा गोपाल बुढा, महिला संयोजकमा करुणा रिजाल जिम्मेवारी पाएका छन्। त्यस्तै सदस्यतर्फ हुलाश के.सी., श्रीधर ढकाल, दिलबहादुर पुन, हर्क बहादुर बुढा, दिलबहादुर डाँगी, डिल्ली…
Read More
दक्षिण कोरियाको समुद्रमा नेपाली महिला मृत फेला

दक्षिण कोरियाको समुद्रमा नेपाली महिला मृत फेला

दक्षिण कोरियाको छुङनाम प्रान्तको बोऱ्यङ सहरस्थित देछन समुद्रमा एक नेपाली महिला मृत अवस्थामा फेला परेकी छन्। बोऱ्यङ समुद्री प्रहरीका अनुसार शुक्रबार बिहान करिब १०:३० बजे शिनहुकदोङस्थित देछन समुद्रकिनारको दक्षिणी भागमा ढुंगानजिक उक्त महिला मृत अवस्थामा तैरिरहेको अवस्थामा भेटिएकी हुन्। प्रहरीका अनुसार मृतक पर्वत जिल्लाकी ३० वर्षीया महिला रहेको र उनको परिचय पुष्टि भइसकेको छ। उनी श्रीमानसँगै दक्षिण कोरियामा आश्रित भिसामा बसोबास गर्दै आएकी थिइन्। घटनाअघि केही घण्टा पहिले मात्र उनका श्रीमानले प्रहरीमा उनी हराएको भनी उजुरी दर्ता गराएका थिए। श्रीमानले रातको ड्युटी सकेर बिहान घर फर्किएको बेला उनी ट्याक्सी चढी घरबाट निस्किएकी थिइन्। त्यसपछि उनी सम्पर्कविहीन बनेकी थिइन् र केही…
Read More
सुदूरपश्चिम–केयू यूथम्यापर्सबीच दुईपक्षीय सम्झौता पत्रमा हस्ताक्षर

सुदूरपश्चिम–केयू यूथम्यापर्सबीच दुईपक्षीय सम्झौता पत्रमा हस्ताक्षर

धिरेन्द्र भट्ट/भदौ १६ नक्शांकन तथा समुदाय–आधारित अनुसन्धान क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले सुदूरपश्चिम् विश्वविद्यालय यूथम्यापर्स नेपाल र काठमाडौं विश्वविद्यालय (केयू) यूथम्यापर्स बीच दुई पक्षीय सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ। सम्झौता कार्यक्रममा सुदूरपश्चिम् विश्वविद्यालय यूथम्यापर्स नेपालका अध्यक्ष किरण भट्ट र काठमाडौ विश्वविद्यालय यूथम्यापर्स अध्यक्ष प्रतिभा थापाले हस्ताक्षर गरेका हुन्। धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा सम्पन्न कार्यक्रममा दुवै संस्थाका पदाधिकारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सम्झौता अनुसार संयुक्त नक्शांकन गतिविधि सञ्चालन, ज्ञान र सीप आदान–प्रदान, क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यलाई प्राथमिकतामा राखिनेछ। यसलाई विद्यार्थी तथा युवामाझ खुला नक्शांकन प्रवर्द्धन गर्ने महत्वपूर्ण पहलका रूपमा लिइएको छ। विशेषज्ञहरूले यस सहकार्यलाई नक्शांकन क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरूका लागि…
Read More
फोछोनमा “धौलागिरी सांगीतिक साँझ” : लाइभ दोहोरी, नेपाली परिकार र बिसाउनी समूहको प्रस्तुति

फोछोनमा “धौलागिरी सांगीतिक साँझ” : लाइभ दोहोरी, नेपाली परिकार र बिसाउनी समूहको प्रस्तुति

कोरियामा बसोबास गर्ने नेपालीहरूलाई लक्षित गर्दै फोछोनस्थित धौलागिरी रेस्टुरेन्टले आगामी अगस्ट ३०, शनिबार विशेष ‘धौलागिरी सांगीतिक साँझ’ आयोजना गर्ने भएको छ। यस कार्यक्रमलाई विशेष बनाउन लाइभ दोहोरी प्रस्तुत गरिनेछ भने सहभागीहरूले नेपाली स्वादका विशेष परिकारको समेत मजा लिन सक्नेछन्। कार्यक्रमको मुख्य आकर्षणका रूपमा कोरियामै चर्चित बिसाउनी सांगीतिक समूहले आफ्नो प्रस्तुति दिने तयारी गरेको छ। आयोजक समितिका अनुसार, प्रवासमा रहेका नेपालीहरूलाई आफ्नै कला, संस्कृति र मौलिकताको स्वाद दिलाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो। आयोजकहरूले यसलाई “विदेशी भूमिमा पनि नेपालीपनको सुगन्ध अनुभव गर्ने सुवर्ण अवसर” भनेर व्याख्या गरेका छन्। ‘धौलागिरी सांगीतिक साँझ’ साँझ ७ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुनेछ।…
Read More
जेछनमा नेपाली राजदूतावासको राहदानी नवीकरण सेवा तथा श्रमिक सचेतना कार्यक्रम हुने

जेछनमा नेपाली राजदूतावासको राहदानी नवीकरण सेवा तथा श्रमिक सचेतना कार्यक्रम हुने

यहाँ रहेका नेपालीहरूलाई लक्षित गर्दै जेछन नेपाली समाज, दक्षिण कोरियाको आयोजनामा आगामी १४ सेप्टेम्बर आइतबार घुम्ती सेवा कार्यक्रम हुने भएको छ। कार्यक्रमअन्तर्गत नेपाली राजदूतावास, सौलले राहदानी नवीकरण सेवा तथा श्रमिक सचेतना कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। बिहान ९ बजेदेखि सुरु हुने कार्यक्रम चुङछोंगबुक्दो, जेछन–सी, विश्वविद्यालय रोड ३१६, सेमिनार हलमा हुनेछ। राहदानी नवीकरण शुल्क अन्तर्गतको सामान्य नवीकरण शुल्क २१०,००० कोरियन वन रहेको छ। हराएको, च्यातिएको वा ड्यामेज भएको अवस्थामा ४२०,००० कोरियन वन साथै हराएको अवस्थामा कोरियन पुलिस रिपोर्ट अनिवार्य र च्यातिएको वा ड्यामेज भएमा पुरानो पासपोर्ट अनिवार्य हुनुपर्ने छ। कम्पनीमार्फत पासपोर्ट पठाउन चाहेमा ३,०४० कोरियन वन अतिरिक्त शुल्क रहेको छ। नगद…
Read More
तमू धीं कोरियाको ११औं महाधिवेशन सम्पन्न, तेजबहादुर गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन

तमू धीं कोरियाको ११औं महाधिवेशन सम्पन्न, तेजबहादुर गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन

तमू धीं दक्षिण कोरियाद्वारा आयोजित ११औं महाधिवेशन आइतबार भव्य रूपमा सौलमा सम्पन्न भएको छ। महाधिवेशनले आगामी कार्यकाल २०२५–२०२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। सर्वसम्मत निर्णयअनुसार तेज बहादुर गुरुङ नयाँ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् ।कार्यसमितिको प्रथम उपाध्यक्षमा याद बहादुर गुरुङ, उपाध्यक्ष सवनम गुरुङ, सरोज गुरुङ, रेशमलाल गुरुङ, जमन सिंह गुरुङ ,महासचिवमा सुनिल गुरुङ, सचिवमा सन्तोष गुरुङ, लिलू गुरुङ, कोषाध्यक्षमा उर्मिला गुरुङ, सह–कोषाध्यक्ष : सृजना गुरुङ त्यस्तै, सदस्यहरूमा रन्जित गुरुङ, कृतिका गुरुङ, चन्द्र बहादुर गुरुङ, प्रभा गुरुङ, मनोज गुरुङ, दिल्ली गुरुङ, भुवन गुरुङ र सरोज गुरुङ चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष तेज बहादुर गुरुङले आफूलाई दिइएको…
Read More
कोरियामा नेपाली युवकलाई आत्महत्या गर्न उकास्ने मालिक र सहकर्मीलाई जेल सजाय

कोरियामा नेपाली युवकलाई आत्महत्या गर्न उकास्ने मालिक र सहकर्मीलाई जेल सजाय

गत फेब्रुअरी महिनामा दक्षिण कोरियाको यङामस्थित बङुर फर्ममा कार्यरत नेपाली श्रमिक तुल्सि पुन मगरले मालिक र टोली प्रमुखको निरन्तर सतामान र कुटपिट सहन नसकी आत्महत्या गर्न बाध्य भएको घटनामा अदालतले दोषीहरूलाई कारबाही गरेको छ। प्रवासी श्रमिक युनियन (एमटियु) ले दायर गरेको मुद्दामा मोक्पो अदालतले बुधबार फैसला सुनाउँदै फर्मका मालिकलाई २ वर्ष जेल सजायसहित १० लाख वन जरिवाना र टोली प्रमुखलाई ८ महिना जेल सजायको सजाय सुनाएको हो। लामो संघर्ष र दबाबपछि दोषी कानुनी सजायको भागीदार बनेका हुन्। यो घटनाले दक्षिण कोरियामा कार्यरत प्रवासी श्रमिकहरूले भोगिरहेको अमानवीय व्यवहार, भेदभाव र हिंसक कार्यस्थल संस्कृतिलाई पुनः उजागर गरेको छ। मालिकहरूद्वारा हुने दुरव्यवहार, कुटपिट…
Read More
कोरियामा पहिलोपटक “लुम्बिनी साँगीतिक महोत्सव – २०२५” को आयोजना हुँदै

कोरियामा पहिलोपटक “लुम्बिनी साँगीतिक महोत्सव – २०२५” को आयोजना हुँदै

दक्षिण कोरियाको महान पर्व छुसकको अवसरमा “लुम्बिनी साँगीतिक महोत्सव-२०२५” आयोजना हुने भएको छ। लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको मुख्य आयोजनामा पहिलोपटक हुने सो महोत्सव आगामी अक्टोबर ६ तारिख सोमबार सउलस्थित गन्गुक विश्वविद्यालयको सेछन् न्यन्ग्वान थेगोङ्यन्जाङमा हुनेछ। “पवित्र लुम्बिनी, बुद्धको जन्मस्थान, शान्ति, सद्भाव र सदाचार हाम्रो पहिचान” भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवमा नेपाली सांगीतिक प्रस्तुति र सांस्कृतिक कार्यक्रम समावेश गरिनेछ। यसमार्फत दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई अझ एकताबद्ध बनाउन र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको आयोजक संस्थाका अध्यक्ष हिमाल खनालले बताएका छन्। आयोजक संस्थाका अनुसार महोत्सवमार्फत आपतकालीन राहत कोष स्थापना गर्ने पवित्र उद्देश्य अघि सारिएको साथै नेपालबाट चर्चित…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search