Naya Update

संस्कृत

टुँडिखेलमा यसरी मनाइयो २६२ औं सेना दिवस

टुँडिखेलमा यसरी मनाइयो २६२ औं सेना दिवस

नेपाली सेनाले विभिन्न कार्यक्रम गरी २६२ औं सेना दिवस मनाएको छ। सेना दिवसको अवसरमा बुधबार सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो। समारोहको प्रमुख अतिथिका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी थिए। समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थहरूको उपस्थिति रहेको थियो। सो अवसरमा सैनिक मञ्चमा परेड, तोप बढाइ, कवाजलगायत विविध सांस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो। नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ। सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरले पुष्पवृष्टि गर्नाका साथै सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो। सैनिक…
Read More
डोटीका मगर समुदायकाे ‘बिसौँना’ र वैदिक संस्कृति

डोटीका मगर समुदायकाे ‘बिसौँना’ र वैदिक संस्कृति

विष्णुराज भट्ट/डोटी बिसौंना एक नेपाली शब्द हो जसको अर्थ सामान्यत: लामो समयको यात्रापछि वा थकानपछि केही समयको लागि विश्राम गर्नुलाई जनाउँछ। यो शब्दले विश्राम लिनु, केही समयको लागि शरीर र मनलाई आराम दिनु भन्ने भाव व्यक्त गर्छ।(यो परिभाषा च्याट जिपिटिमा उपलब्ध छ)। व्यक्तिको निधन भए पश्चात वर्ष दिनको निधन तिथि मितिमा मगर समुदायमा गरिने वार्षिकी श्राद्ध(बिसौँना)को अर्थ भने यसरी लगाउन सकिन्छ: सदाका लागि भौतिक शरीर छोडेपछि घर परिवारले व्यवस्थित रूपमा सम्मान, श्रद्धा पूर्वक, कूल परम्परा, विधिविधान अनुसार प्रतीकात्मक रूपमा गाउँ घर नजिकै जंगलमा राखिएको  नाम सहित ढुंगाको बनाएको  सानो पवित्र संरचना हो। यसरी "बिसौंना" गर्न राखिएको ठाउँ वार्षिक रूपमा गरिने…
Read More
कुम्भ स्नान, सन्यासी र वैदिक हिन्दू धर्म!

कुम्भ स्नान, सन्यासी र वैदिक हिन्दू धर्म!

निरञ्जन् शर्मा सुवेदी साधु/सन्त(सन्यासी) को हुन्? वास्तवमा साधु सन्त भनेका आफ्ना-आफ्ना गार्हस्थ्यादि आश्रमधर्मका साधक वर्णाश्रमधर्मसेवि सज्जनहरु नै हुन्। तैत्तिरीयोपनिषद्‌को "असन्नेव स भवति" (२।६) इत्यादि वचनको व्याख्यामा आद्यशङ्करभगवत्पादले पनि शास्त्रानुसार वर्णाश्रमधर्मको पालना गर्ने नै साधु वा सन्त हुन्। वर्णाश्रमधर्मको पालन नगर्नेहरु केवल असाधु वा असन्त हुन् भन्ने कुरा बताउनुभएको छ। अतः नाना चटके वेष-जटा-भस्म-तिलक-आभूषण धारण गरेका तर शास्त्रोक्त आफ्नो आश्रम धर्म को पालना नगर्नेहरु त केवल ढोङ्गी पाखण्डी मात्रै हुन् साधु सन्त हुँदै हैनन भनि स्पष्ट बुझ्नुपर्छ। वेदको अर्थ बुझ्न कठिन हुँदै गएपछि वेदार्थ बुझाउन मुनिहरुले ६ ओटा वेदाङ्गहरुको (शिक्षा, कल्प व्याकरण, निरुक्त, छन्द र ज्योतिषको) रचना गर्नुभयो। वेद पढ्न नसक्नेलाई…
Read More
‘यस वर्षको लक्ष्मीपूजा कार्तिक १६ गते उपयुक्त’

‘यस वर्षको लक्ष्मीपूजा कार्तिक १६ गते उपयुक्त’

विष्णुराज भट्ट कार्तिक शुक्ल द्वितीयालाई भ्रातृ द्वितीया, यम द्वितीया र भाइ टिका पनि भन्छन्। सुदूरपश्चिमका कुनै कुनै ठाउँ तिर यस दिनलाई दुत्त्ये भनेर भन्छन् जुन लोकबोलीमा प्रसिद्ध छ। यमुनाले यसै दिन यमको स्वागत सत्कार गरी यमलाई आफ्ना घरमा बोलाएर भोजन गराएको र यमले यमुना लाई पनि लुगा गहनाले सत्कार गरेको भन्ने कथा पनि पुराणहरूमा छ। कोही बिबाहित दिदीबहिनीहरु आफ्ना दाजुभाइ लाई टिका लगाउन माइती घर पनि जाने गरेका छन्। दाजुभाइलाई सेलरोटी, फलफूल आदि खान दिन्छन् भने दाजुभाइले दक्षिणा दिएर सत्कार गर्ने चलन रहेको छ। यसो गर्नाले दाजुभाइहरुको आयु, सुख ,समृद्धि बढ्ने ,पुष्टि हुने, नरक देख्न नपर्ने, यमुनाको प्रार्थना ले यमराजले…
Read More
पञ्चाङ्गको विवाद र २०८१ संवत्-को लक्ष्मीपूजा

पञ्चाङ्गको विवाद र २०८१ संवत्-को लक्ष्मीपूजा

प्रा.डा.प्रमोदवर्धन काैण्डिन्न्यायन स्वाद्ध्यायशाला, बुढानीलकण्ठ-६, काठमाडाैँ, नेपाल। acharyapramod622@gmail.com पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत नेपाली पञ्चाङ्गहरूमा लेखिएका लोकमा प्रसिद्ध चाडपर्वका दिनका विषयमा पनि वेलावेलामा विवाद उठिरहेका देखिन्छन्। यस्ता विवाद उठ्नुमा कालको र व्रतपर्वहरूको निर्णय गर्ने आधारभूत ग्रन्थहरूका विषयमा रहेको अस्पष्टता नै मुख्य कारण देखिन्छ। स्वाद्ध्यायशालाकुटुम्बले पहिल्यै ती आधारभूत ग्रन्थहरूका विषयमा नै विद्वान्हरूमा खुला छलफल भै सिद्धान्त स्पष्ट हुन पर्ने कुरा भन्दै आएको छ। यसै कुरालाइ स्पष्ट गरी “दशैँको निर्णय कुन शास्त्रका आधारमा गर्ने” भन्ने निबन्ध नै २४ वर्ष अगाडि नै प्रकाशित गरेको थियो (नेपालसमाचारपत्र, २०५७।६।१५)। किन्तु त्यस विषयमा खुला विमर्श धेरै चलेको छैन। धर्मका विषयमा शासकीय पक्षबाट निर्णय थोपर्ने वा नियन्त्रण गर्ने…
Read More
वैदिक सनातन धर्ममा शास्त्रको भूमिका!

वैदिक सनातन धर्ममा शास्त्रको भूमिका!

    निरञ्जन सुवेदी वैदिक सनातन वर्णाश्रम धर्ममा अहिंसा को विधान ब्रह्मचर्य र सबैभन्दा कडा अहिंसा को विधान त संन्यास आश्रमका लागि उपदिष्ट गरिएको छ। जस्तै वेदाध्ययनं गर्ने ब्रह्मचारी ले बुटो काटेर काठ ल्याउन हुदैन, स्त्री सहवास मद्य र मांस भोजन गर्नु हुदैन र यज्ञका लागि काठ पनि स्वयं सुकेर तल झरेका काठ नै बटुलेर ल्याउनु पर्छ किनकि काठ काट्दा पनि हिंसा हुन्छ। संन्यासीले स्वयं तल झरेका फल नै ग्रहण गर्नुपर्छ किनकि फल टिप्दा पनि हिंसा हुन्छ, संन्यासी ले भोजन पकाउने साग, सब्जी टिप्ने काट्ने जस्ता हिंसक कार्य बोट विरुवा फल सब्जी काट्ने हिंसक कार्य गर्नु हुदैन, यस्तै काठ काटेर…
Read More
शास्त्र र परम्परामा पशुबलिको व्यवस्था

शास्त्र र परम्परामा पशुबलिको व्यवस्था

विष्णुराज भट्ट सनातन वैदिक वर्णाश्रम धर्मलाई सामान्य बोलीचालीमा हिन्दू धर्म भन्दछन्। यसका मूल ग्रन्थहरु स्व शाखा वेदका मन्त्र संहिता, व्राह्मण ग्रन्थ, धर्मसूत्र, स्मृतिहरु, पुराणहरू, महाभारत, रामायण आदि पर्दछन्। नेपाली व्राह्मणहरु मुख्यतया शुक्ल यजुर्वेदी माध्यन्दिनिय-वाजसनेयि शाखाका हुनाले र उनीहरुलाई गुरु पुरोहित मानेर कार्य गर्ने अन्य जातिको पनि मूल कर्मकाण्डको आधार शुल्क यजुर्वेद नै हो। शास्त्र भनेको मन्त्र द्रष्टा ऋषिको वचन हो। जुन ग्रन्थमा उल्लेख गरिएको पाइन्छ। मानवले निर्णय गर्न नसक्ने विषय ऋषिहरूले निर्णय गरेका हुन्छन्। त्यसकारण मानव तर्क शास्त्रमा काम लाग्दैन। भनाइको मतलब शास्त्र नै अन्तिम निर्णय गर्ने आधार हो। परम्परा शब्दले कुलमा पहिल्यै देखि पुर्खाले आचरण गरेको वा अपनाएको चलन…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search