३० आश्विन २०८० १३:०८
३० आश्विन २०८० १३:०८
काठमाडौँ, ३० असोज । नेपाल सरकारले युद्धग्रस्त देश इजरायलबाट थप १९ नेपालीको उद्धार गरेको छ । प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमाथि आक्रमण गरेसँगै स्वदेश फर्किन अनलाइन आवेदन दिएका थप १९ नेपालीलाई भारतीय विमानमार्फत उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री एनपी साउदले मङ्गलवार इजरायलको तेल अभिभबाट भारतको विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिए । नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डङ्गोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, सङ्गीता दुलाल, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सरिता गुरुङ र उर्मिला श्रेष्ठलाई उद्धार गरिएको…