२८ पुष २०८० २०:३९
२८ पुष २०८० २०:३९
२८ पौष, काठमाण्डौं - प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन, २०७९ मा पराजितहरूलाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने सत्तारुढ गठनबन्धनको निर्णयको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधिसभा सांसद रवि लामिछानेले आलोचना गरेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभामा विराजभक्त श्रेष्ठ सांसद निर्वाचित भएको एक वर्ष पुगेको अवसरमा शनिबार आयोजित 'वार्षिक कार्यप्रगति प्रतिवेदन सार्वजनिक समारोह' मा लामिछानेले चुनावमा पराजितलाई संवैधानिक व्यवस्थाविपरीत राष्ट्रिय सभा सांसद बनाइएकोमा आलोचना गरेका हुन् । 'राष्ट्रपतिले चुन्नका लागि राखिएको संख्यामा पनि भर्खरै चुनाव हारेको व्यक्तिलाई लिएर जानुपर्ने, यो व्यवस्थामा खतरा कोबाट छ ? कसले यो व्यवस्थालाई खतरा गर्यो ?,' सभापति लामिछानेले भने, 'परिवर्तनमा प्रहार त्यसले गर्यो जसले…