Naya Update

ट्विटरको नाम परिवर्तन हुने 

ट्विटरको नाम परिवर्तन हुने 

ट्विटरको नाम परिवर्तन हुने 

पे पाल, एक्स डट कम चलाउँदै आएका एलन मक्सले ट्विटरको लोगो पनि परिवर्तन गर्ने भएका छन् । पहिला ट्विटरको लोगो चरा थियो तर अब त्यसको लोगो एक्स हुने छ । त्यस्तै २९ सेप्टेम्बर पछि ट्विटको ठाउँमा पोस्ट र रिटिविट्को ठाउँमा रिपोष्ट गरेर नाम परिवर्तन भएको छ ।  एलन मस्कले सोसल मिडियाको क्षेत्रमा कैयौँ परिवर्तन ल्याउने पनि बताइरहेका छन् ।  स्मरण रहोस्, संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ४४ बिलियन डलरमा ट्वीट्लाई किनेका हुन् । यो सँगै मस्कले यसलाई आकाशमा उडिरहेको स्वतन्त्र चराको रूपमा विकास गर्न चाहन्छन् । अर्थात् सबैलाई आफ्ना विचारहरू व्यक्त गर्न अझ स्वतन्त्रता प्राप्त होस् । 
Read More
सूर्य विनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ ३ असोजदेखि

सूर्य विनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ ३ असोजदेखि

काठमाडौँ – सूर्य विनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ ३ असोजदेखि सञ्चालन हुने भएको छ।  संविधान दिवसको अवसरमा ‘द्रुत बस सेवा’ सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । विभागले दुई खण्ड बनाएर सडकको रेड मार्ग गर्ने भएको छ। रत्नपार्कदेखि जडिबुटी र जडीबुटीदेखि सुर्यविनायक सम्म दुई मार्ग बनाएर एकै दिन सुरु हुने भएको छ।  बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएपछि मन्त्री ज्वालाले द्रुत बस सेवाको अवधारणा ल्याउनुभएको हो । ‘द्रुत बस सेवा’का लागि आवश्यक पर्ने २५ वटा बसहरु तयारी अवस्थामा राखिएको यातायात ब्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए। व्यवसायीहरुसँग सहकार्य गरी उनीहरुकै बसहरु सञ्चालन गर्न लागिएको हो…
Read More
हृदयाघातबाट एमाले नेता सुवास नेम्वाङको निधन

हृदयाघातबाट एमाले नेता सुवास नेम्वाङको निधन

पूर्व सभामुख एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको हृदयाघातबाट निधन भएको छ। सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गए राति हृदयाघात भएपछि  उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको हो । नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए। गएको मङ्सिर ४ गते भएको निर्वाचनमा उनी इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।  पूर्व सभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए । इलाम बजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९…
Read More
श्वास सम्बन्धी रोगको लागि ब्रोकाउली 

श्वास सम्बन्धी रोगको लागि ब्रोकाउली 

मेलबर्न विश्वविद्यालयमा गरिएको एउटा अनुसन्धान अनुसार ब्रोकाउली भएको प्राकृतिक गुणहरूले श्वास सम्बन्धी रोगहरूको लागि एकदमै फाइदाजनक हुने बताइएको छ । श्वास सम्बन्धी रोगहरूमा अस्थमा, एलर्जिक राइनाइटिस, पल्मोनरी डिजिज लगायतका रोगहरू पर्दछन् । फोक्सोमा देखिने विभिन्न सङ्क्रमणहरू हटाउन पनि ब्रोकाउलीमा भएको नेचुरल कम्पाउन्डले महत्पूर्ण भूमिका निर्वाह गर्दछ ।  ब्रोकाउली भएको सेल्फोराफेनले वायु प्रदूषणका कारण हुने हानिकारक प्रभावहरूलाई रोक्न पनि सहयोगी हुन्छ । यो तरकारीमा भएको रोग प्रतिरोधात्मक क्षमताका कारण क्यान्सर जस्ता रोगहरूसँग सङ्घर्ष गर्न पनि एकदमै फलदायी हुन्छ । 
Read More
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  अवरोध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले सोमबार भन्सार जाँच पास अवरोध गरेका छन् । ।  आन्दोलनरत कर्मचारीले औषधि बाहेकका सबै वस्तु पास ठप्प पारेका हुन्। २ साउनमा विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । कर्मचारीहरूले आइतबार विज्ञप्ति जारी गर्दै सोमबार र मङ्गलवार त्रिभुवन भन्सार कार्यालयबाट हुने निकासी, पैठारीसम्बन्धी सम्पूर्ण कार्य पूर्ण रूपमा बन्द गर्ने उल्लेख गरेका छन्।  ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान विभागले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ । सुन प्रकरणमा प्रहरीले विमानस्थल भन्सारका अन्य कर्मचारीसँग पनि बयान लिइरहेको छ भने केही कर्मचारीविरुद्ध…
Read More
  गुरुङलाई दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश

  गुरुङलाई दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङसँग रु दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश गरेको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले आज उक्त धरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो । अदालतका स्रेस्तादार कौशलेश्वर ज्ञवालीका अनुसार केशव तुलाधरलाई साधारण तारिखमा र अरू सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी रकम भने सबैको फरक फरक छ । धरौटी रकममा शिवजी भट्टसँग रु तीन लाख ३० हजार, रुद्रकुमार श्रेष्ठसँग रु…
Read More
पुँजीवादी आर्थिक सङ्कटको असफल प्रयास जी २० : भट्ट 

पुँजीवादी आर्थिक सङ्कटको असफल प्रयास जी २० : भट्ट 

काठमाडौँ । ब्राजिलका राष्ट्रपति लुला डा सिल्वालाई अध्यक्ष बनाउँदै जी २० समिट समापन भएको छ । यसका साथै आगामी वर्ष हुने जी २० समिटको आयोजना समेत ब्राजिलले गर्नेछ । भारतका राष्ट्रपति नरेन्द्र मोदीले संस्कृत भाषामा स्वस्ति अस्तु विश्यस्य ! अर्थात सम्पूर्ण विश्वमा आशा र शान्तिको सञ्चार होस् भन्दै जी २० समिटको समापन गरेका हुन् ।  जी २० को अध्यक्षको भूमिका ग्रहण गर्दै ब्राजिलका राष्ट्रपतिले ३ वटा विषयलाई प्राथमिकता दिने बताए–१) सामाजिक न्याय र भोकमरीका विरुद्ध लडाई २) दिगो विकास ३) संसारका संस्थानहरूमा परिवर्तन ।  के यस प्रकारको समिटले विश्वमा सामाजिक न्यायका पक्षमा काम गर्छ त ? यो विषयमा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज…
Read More
राजधानीमा खुल्यो ज्ञानशाला अनुसन्धान केन्द्र

राजधानीमा खुल्यो ज्ञानशाला अनुसन्धान केन्द्र

काठमाडौँ । ‘नेपालको सामाजिक तथा राजनीतिक परिवेशमा पठन संस्कृति ओझेल हुँदै गइरहेको सन्दर्भमा ज्ञानशाला अनुसन्धान केन्द्रको निर्माणले नयाँ आयाम थपेको’ भाषा आयोगका सदस्य मातृका पोखरेलले बताउनु भयो । भाद्र २४ गतेका दिन केन्द्रको औपचारिक रूपमा उद्घाटन गर्दै वहाँले सो धारणा राख्नुभएको हो ।  काठमाडौँको १६ नं. वडास्थित नयाँबजारको उत्तम चोकमा खुलेको अनुसन्धान केन्द्रको उद्घाटन गर्दै प्राज्ञ पोखरेलले ‘सामाजिक तथा राजनीतिक क्षेत्रमा विकृतिहरू बढ्दै जानुमा ज्ञानको गहिराई सम्म पुग्ने प्रवृत्ति हट्दै जानु हो’ बताउनु भयो ।  उद्घाटन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा.मधुसूदन गिरी, समाजसेवीहरू घनश्याम न्यौपाने, रामदेव पाण्डे, हेमराज आश्रम, सुवास देवकोटा, भक्ति लामिछाने, सुवास जि.सी., सुकदेव दाहाल,…
Read More
माटोको सिमाना

माटोको सिमाना

-डा. कौशिला रिसाल कोदो गोड्दै गर्दा बालेभन्ने गरेका दन्त्यकथा रआमाले गाएका श्रमका गीतमालठ्ठ पर्दै बालवयमासधैँ खुसीको हिमाल बोकेरपहाडको काँध चढीतराई हेर्ने मेरो आँखाको मनसुनकोसी, तामाकोसी र तमोर तरेरमेचीको पवित्र पानीमाआह्लादित हुनपुग्थ्यो, कर्णालीको तुइन झुन्डिएरपनि विस्मित थिएन,समयको पल । तरकोइलीको मधुर स्वरमाझरनाको मिठो गीत गाउँदैमसँगै हिँडिरहनेसगरमाथाको आकाशमलिन लाग्छ अचेलमाछापुच्छ«ेको हेराइउदास देख्छुडाँफे र मुनालकोगीतमा मुजुरको छमछमी छैन । उमेरको उकालोसँगैबढ्दो रहेछ जिम्मेवारी,देश घाइते हुँदासबैभन्दा बढ्ता दुख्दो रहेछआफ्नै मुटु,आँखा चिम्लिँदा पनिमाटोको सिमानादेखिरहन्छ पीडाका आकारहरूमा । मलाई राम्रो सम्झना छ,मेरा भूगोल विषयका देशभक्त गुरुर उनले पढाएको माटोको सिमाना । देशको नक्साभित्र बसेरग्रेटर नेपालको क्षेत्रफलअर्थात्तीन लाख चौतिस हजारदुई सय पचास वर्ग किमीर अर्को, सम्झन्छुदुई लाख,…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search