Naya Update

राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय १३ किलोमिटर सडकमा दबाब यात्रा गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय १३ किलोमिटर सडकमा दबाब यात्रा गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय १३ किलोमिटर सडकमा दबाब यात्रा गर्ने

५ पुस, काठमाण्डौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा गर्ने भएका छन् ।  पुस ९ गतेदेखि गैंडाकोटबाट १ सय १३ किलोमिटर लामो सडकमा लामिछानेले पैदल यात्रा गर्दै निर्माण कार्य समयमै सम्पन्न गराउन दबाब दिन लागेका हुन् । २०७५ सालदेखि नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नति कार्य सुरु भएको थियो । तर निर्धारित समयमा सडक निर्माण सम्पन्न नभएपछि समय थपिएको थियो । थपिएको समयमा पनि निर्माण सम्पन्न गर्ने गरी काम नभइरहेको भन्दै सभापति लामिछानेले दबाब यात्रा गर्न लागेका हुन् । यात्राको नेतृत्व रास्वपा सभापति रवि लामिछानेले गर्नेछन्। यस्तै, सांसदहरू निशा डाँगी, शिव नेपाली, रास्वपाका सहकोषाध्यक्ष दीपक बोहरासहितका नेताहरू सहभागी हुने र…
Read More
सरकारी निकायले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका मन्त्रिपरिषद्‌बाट स्वीकृत

सरकारी निकायले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका मन्त्रिपरिषद्‌बाट स्वीकृत

५ पुस, काठमाण्डौं - मन्त्रिपरिषद्को बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका, २०८० पारित गरेको छ । मन्त्रिपरिषद्को‌ सामाजिक समितिले पेस गरेको निर्देशिका मन्त्रिपरिषद्ले बिहीबार  स्वीकृत गरेको हो । यसअघि २०७५ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि–२०७५’ स्वीकृत गरेको थियो । सो कार्यविधिमा सबै सरकारी कार्यालयले विभिन्न सामाजिक सञ्जाल प्लाटफर्ममार्फत सेवाग्राहीलाई सूचना दिनुपर्ने उल्लेख थियो । ट्वीटर, फेसबुक र भाइबरजस्ता सामाजिक सञ्जाल सञ्चालन गर्नुपर्ने भनिएको थियो । साथै, कार्यालयहरूले आफ्ना सूचना पनि सामाजिक सञ्जालबाट नै सार्वजनिक गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख थियो । हाल सोही कार्यविधिमा संशोधन गरी निर्देशिका बनाइएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका एक अधिकारीले जानकारी दिए । 'यो नयाँ…
Read More
जनता रिसाउनुको मुख्य कारण मौलाउँदो भ्रष्टाचार र कुशासन हो: गगन थापा

जनता रिसाउनुको मुख्य कारण मौलाउँदो भ्रष्टाचार र कुशासन हो: गगन थापा

५ पुस, जनकपुर - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार, कुशासनको कारणले जनता आजित भएको बताएका छन् । ‘जनता रिसाउनुको मुख्य कारण मौलाउँदो भ्रष्टाचार, कुशासन हो’, उनले भने, ‘बिहानै उठ्दा कहिले शरणार्थी काण्ड, कहिले एनसेल काण्डको बारेमा सुन्नुपर्छ । एकपछि अर्को काण्ड सुनेर जनता आजित छन् ।’ खेती गर्नेले बजार भाउ नपाउने, समयमा मल नपाउने, व्यवसायीले सटरको भाडा तिर्न मुश्किल पर्ने र ऋणीले ब्याज तिर्न नसक्ने र साहुले दिएको ऋण फिर्ता नआउने जस्ता समस्या देखिएको भन्दै थापाले सोधे, ‘यसको जिम्मा कसले लिने ?’ राजनीतिक दलहरूले जनताका यस्ता समस्यामाथि ध्यान पुर्‍याउनुपर्ने उनको भनाइ छ । उनले एमालेले केपी ओली नभएसम्म देश…
Read More
संघीय संसद्‌को महासचिवमा सिफारिस भएका ब्यक्तिलाई राष्ट्रपतिले नियुक्त नगरेकोमा नेकपा एमालेको आपत्ति

संघीय संसद्‌को महासचिवमा सिफारिस भएका ब्यक्तिलाई राष्ट्रपतिले नियुक्त नगरेकोमा नेकपा एमालेको आपत्ति

४ पुस, काठमाण्डौं - संघीय संसद्‌को महासचिवमा सिफारिस भएका पद्मप्रसाद पाण्डेयलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त नगरेकोमा नेकपा एमालेले आपत्ति जनाएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेलाई मंसिर २५ मा सिफारिस गरे पनि राष्ट्रपति पौडेलले अध्ययन गर्ने भन्दै रोकेका छन् । एमालेको बुधबार बसेको सचिवालय बैठकले राष्ट्रपतिले पाण्डेलाई नियुक्त नगरेकोमा आपत्ति जनाएको हो । 'सभामुख र अध्यक्षले सिफारिस गरेका संसद्‌का महासचिव पाण्डेलाई नियुक्त नगरी राष्ट्रपतिमा राजनीतिक स्वार्थ देखियो,’ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने, ‘यसबाट राष्ट्रपतिको भूमिका खुलेआम कांग्रेस पार्टीका नेताको जस्तो देखियो ।’ एमालले संविधानअनुसार संसदको महासचिव सिफारिस गर्ने प्रावधान भए पनि राष्ट्रपतिले राक्नु खेदजनक भएको जनाएको छ ।…
Read More
वर्तमान सरकार र नेतृत्व परिवर्तन अपरिहार्य: डा. शेखर कोइराला

वर्तमान सरकार र नेतृत्व परिवर्तन अपरिहार्य: डा. शेखर कोइराला

४ पुस, विराटनगर - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मन्त्रीहरूको रिपोर्ट कार्ड खोज्नुको सट्टा प्रधानमन्त्रीले आफ्नो एक वर्षे रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्ने बताएका छन्। बुधबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले जनतालाई आशा जगाउन वर्तमान सरकार र नेतृत्व परिवर्तन अपरिहार्य रहेको पनि बताए।  उनले सरकार संचालनका कारण जनतामा वितृष्णा बढेकाले नेपाली कांग्रेसको नेतृत्वमा मात्र जनतामा आशा जगाउन सकिने बताए। कोइरालाले एनसेल प्रकरणले राजनीतिक दलका नेताहरू, कर्मचारी र व्यापारीहरूको नेक्सस र्सार्वजनिक गरेको बताए। उनले नेपालमा भइरहेका ठूल्ठूला भ्रष्टाचारमा नेता, कर्मचारी र व्यापारीको मिलोमतो हुने गरेको जिकिर गरे।
Read More
रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

४ पुस, काठमाण्डौं - रूसी सेनामा कार्यरत थप एक नेपाली कुन्दन सिंह नागलको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नागलको मृत्यु भएको उल्लेख गरेको हो । योसँगै रुसी सेनामा भर्ती भएर युद्धमा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ । यसअघि मन्त्रालयले ६ जनाको मृत्यु भएको जानकारी दिएको थियो । मन्त्रालयका अनुसार नागलको राहदानी नम्बर ०९४७३६३२ रहेको छ ।
Read More
एनसेलले प्राधिकरणलाई बुझायो शेयर खरीद-बिक्री दस्तावेज

एनसेलले प्राधिकरणलाई बुझायो शेयर खरीद-बिक्री दस्तावेज

४ पुस, काठमाण्डौं - एनसेल आजियाटाले एनसेलमा रहेको ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्न गरेको ‘सेयर खरिद सम्झौता’को दस्तावेज नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा बुझाएको छ ।  एनसेलले बुधवार खरिद बिक्रीसम्बन्धी कागजात प्राधिकरणलाई बुझाएको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । ‘कागजात प्राप्त भएको छ, त्यसमा के छ भन्नेबारे अब प्राधिकरणले अध्ययन गर्छ,’ उनले भने । प्राधिकरणले मंसिर १४ मा खरिद–बिक्रीबारे वास्तविकता बुझ्न एनसेललाई पत्र पठाएको थियो । एनसेलले कागजपत्र संकलन हुनासाथ उपलब्ध गराउने भन्दै जवाफीपत्र पठाए पनि तीन सातासम्म कुनै दस्ताबेज बुझाएको थिएन । दस्तावेज प्राप्त नभएकोबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बताएकी थिइन् ।…
Read More
समय सीमाभित्रै काठमाडौं-तराई-मधेश द्रुतमार्ग निर्माण गर्न नेपाली सेनालाई राज्यव्यवस्था तथा सुशासन समिति को निर्देशन

समय सीमाभित्रै काठमाडौं-तराई-मधेश द्रुतमार्ग निर्माण गर्न नेपाली सेनालाई राज्यव्यवस्था तथा सुशासन समिति को निर्देशन

४ पुस, काठमाण्डौं - प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं-तराई-मधेश द्रुतमार्ग निर्माण समय सीमाभित्रै सक्न नेपाली सेनालाई निर्देशन दिएको छ । सिंहदरबारमा बधुबार बसेको समिति बैठकले समयसीमाभित्रै काठमाडौं-तराई द्रुतमार्ग निर्माणको सबै काम (शून्य बिन्दुदेखि निजगढसम्म) सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । उनका अनुसार फास्ट ट्र्याकका विषयमा प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा रक्षामन्त्री, वन तथा वातावरणमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, मुख्यसचिव र सम्बन्धित मन्त्रालयका सचिवहरुसहितको बैठक छिट्टै डाँकेर छलफल गरिने निर्णय भएको छ । द्रुतमार्ग निमार्णका सन्दर्भमा सेनाबाट अनुरोध भएबमोजिम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट उपलब्ध गराउन पर्ने आवश्यक प्राविधिक…
Read More
सर्वोच्च अदालतमा ६ जना न्यायाधिश नियूक्त

सर्वोच्च अदालतमा ६ जना न्यायाधिश नियूक्त

४ पुस, काठमाण्डौं - न्यायपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका छन् । नियूक्त हुनेहरुमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल रहेका छन् । यसअघि बुधबार नै संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेको थियो ।
Read More
स्टार्क बने आइपिएलका सर्वाधिक महँगा खेलाडी

स्टार्क बने आइपिएलका सर्वाधिक महँगा खेलाडी

३ पुस, काठमाण्डौं - आइपिएल २०२४ का लागि भएको अक्सनमा अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क अहिलेसम्मका सर्वाधिक महँगा खेलाडी बनेका छ्न्।  उनको आधार मूल्य २ करोड भारु थियो। सुरुमा उनलाई दिल्ली क्यापिटल्स बोली लगाएको थियो। त्यसपछि मुम्बई इन्डियन्ससँगै कोलकता नाइटराइडर्स पनि अक्सनमा उत्रिएको थियो। अन्तिममा गुजरात र कोलकताबीचको भिडन्तमा स्टार्कलाई कोलकताले भित्र्याउन सफल भयो। उनी २४.७५ करोड भारुमा कोलकतामा भित्रिएका हुन्।  यसअघि आजै अस्ट्रेलियालाई एकदिवसीय विश्वकप जिताएका कप्तान प्याट कमिन्लाई सनराइजर्स हैदरावादले २०.५० करोड भारूमा भित्र्याएको थियो। अघिल्लो सिजन साम कुरानलाई पञ्जाव किंग्सले १८.५० करोड भारुमा आबद्ध गरेको थियो।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search