१२ मंसिर २०८० २०:१३
१२ मंसिर २०८० २०:१३
१२ मङ्सिर, काठमाडौं । मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत देशभरीका कारागारमा योगशिविर संचालन हुने भएको छ। उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुबेरसिंह राना सहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नक्खु कारागारबाट शिविर संचालन गर्ने निर्णय गरेको हो। एकमहिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने छ। केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन्। नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील…