१० कार्तिक २०८० ०९:०२
१० कार्तिक २०८० ०९:०२
वासिंगटन डिसी, १० कार्तिक । अमेरिकामा गोली हानाहानका घटना अझै रोकिएका छैनन् । गत बुधवार अर्थात् अक्टोबर २५ मा पनि माइन राज्यको लेविस्टन सहरमा भएको गोली काण्डमा कुल २२ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए । तीमध्ये केहीको अवस्था अझै चिन्ताजनक रहेको छ । घटना गराउने व्यक्ति फरार छन् । प्रहरीका अनुसार उनी मानसिक रोगी छन् । उनीसँग बन्दुक पनि छ, जसबाट उनले बुधवार अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । समाचार अनुसार बुधवार मानिसहरूमाथि अन्धाधुन्ध गोली चलाउने व्यक्तिको पहिचान रोबर्ट कार्डको रूपमा गरिएको छ। उनी अमेरिकी सेना रिजर्भमा बन्दुक प्रशिक्षक थिए। एसोसिएटेड प्रेसका अनुसार अमेरिकामा यसरी गोलाबारी…