Naya Update

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै पोखरामा आक्रम

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै पोखरामा आक्रम

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै पोखरामा आक्रम

७ पुस, पोखरा - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै पोखरामा आक्रमण भएको प्रयास भएको छ । पोखरा अमरसिंह चोकमा आयोजित सभामा सम्बोधन गर्ने क्रममा शनिबार लामिछानेमाथि लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटले खोया प्रहार गरेका थिए ।  रानाभाटलाई वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले पक्राउ गरेको छ । कार्यालयका इन्स्पेक्टर विनोद श्रेष्ठका अनुसार रानाभाटलाई पक्राउ गरिएको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । सभापति लामिछानेले सहकारीको कुरा गरेपछि आक्रोशित बनेका रानाभाटले खोया प्रहार गरेका थिए ।
Read More
आफू रहेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन दिने छैन : राष्ट्रपति रामचन्द्र पौडेल

आफू रहेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन दिने छैन : राष्ट्रपति रामचन्द्र पौडेल

७ पुस, काठमाण्डौं - राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका हुन् । उनले भने, ‘म तपाईँहरूलाई के विश्वास दिलाउन चाहन्छु । मेरो तागतले भ्याएसम्म र म रहेसम्म लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन दिने छैन ।’ उनले आफूलाई संविधानले दिएको जिम्मेवारी निष्ठापूर्वक पालना गर्ने बताए । राष्ट्रपति पौडेलले संविधानले निर्देश गरेको समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योग व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले…
Read More
कांग्रेसका हरेक क्रियाशील सदस्यले भोट हालेर सभापति चुन्ने व्यवस्था गर्नुपर्ने नेता प्रदीप पौडेलको प्रस्ताव

कांग्रेसका हरेक क्रियाशील सदस्यले भोट हालेर सभापति चुन्ने व्यवस्था गर्नुपर्ने नेता प्रदीप पौडेलको प्रस्ताव

७ पुस, काठमाण्डौं - नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले दलहरूलाई दुई तिहाई बहुमत ल्याउन निर्वाचन प्रणाली फेर्नुपर्ने कुनै आवश्यकता नरहेको बताएका छन् । शनिबार काठमाडौंमा कांग्रेसको वाग्मती प्रदेश सम्मेलनमा बोल्दै नेता पौडेलले कार्यशैलीमा सुधार भए बहुमत ल्याउन निर्वाचन प्रणाली बाधक नभएको बताए । ‘बहुमत ल्याउनका लागि निर्वाचन प्रणालीले कुनै बाधा पुर्‍याएको छैन । यही निर्वाचन प्रणालीमा पनि बहुमत ल्याउन सकिन्छ,’ नेता पौडेलले अघि भने, ‘तर सरकारमा गएर राम्रो काम गर्नुपर्छ । यदि कांग्रेसले सम्हालेको सरकारले सबै खाले भ्रष्टाचारको अन्त्य गर्छ भने म ठोकुवा गरेर भन्छु, कांग्रेसले बहुमत ल्याउँछ ।’ सम्मेलनमा कांग्रेसकै नेताहरूले समानुपातिक निर्वाचन प्रणालीका कारण बहुमत आउने अवस्था नरहेको भनेपछि नेता…
Read More
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रदेशलाई अधिकारसम्पन्न नबनाइए सिंहदरबार घेर्ने चेतावनी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रदेशलाई अधिकारसम्पन्न नबनाइए सिंहदरबार घेर्ने चेतावनी

७ पुस, काठमाण्डौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो फागुनसम्ममा प्रदेशलाई अधिकारसम्पन्न नबनाइए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा कांग्रेसको वाग्मती प्रदेश सम्मेलनमा बोल्दै उनले कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै प्रदेश सरकारले राखेका माग पूरा गर्न आग्रह गरे । शर्माले कांग्रेस महासमिति बैठकसम्म प्रदेशलाई अधिकारसम्पन्न बनाउने गरी कानुन ल्याउन आग्रह गर्दै त्यति बेलासम्म कानुन नल्याइए महासमितिको बैठकबाट निर्णय गरेर कांग्रेसले सिंहदरबार घेर्ने उनले बताए । प्रदेश सरकारले आफ्नो अधिकार मागेकाले अधिकार दिन कन्जुस्याइँ नगर्न उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरे ।
Read More
अध्यादेशमार्फत भएपनि संघीय निजामती ऐन ल्याइने छ: धनराज गुरुङ

अध्यादेशमार्फत भएपनि संघीय निजामती ऐन ल्याइने छ: धनराज गुरुङ

७ पुस, काठमाण्डौं - कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसद् सञ्चालनमा ढिलाइ भए अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याइने बताएका छन् । शनिबार नेपाली कांग्रेसको बाग्मती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संघीय प्रहरी ऐन, संघीय कर्मचारी ऐन र शिक्षा विधेयकहरू संसद् सञ्चालन हुन ढिलाइ भए अध्यादेशमार्फत ल्याइने जानकारी दिए । स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन छिटै संघीय कानुन पारित गर्ने तयारीमा सरकार रहेको समेत उनले उल्लेख गरे । “प्रदेशहरूले झन्डा त पायो, दण्ड पाएन भन्ने कुरा आयो । निश्चित रूपमा झन्डा त पायो प्रदेशमा, तर हामी दण्ड नपाउने परिस्थिति अन्त्य गर्दै…
Read More
राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको छ : शेबहादुर देउवा

राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको छ : शेबहादुर देउवा

७ पुस, काठमाण्डौं - कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन् । शनिबार पार्टीको वाग्मती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै देउवाले राष्ट्र एउटा दोधारमा उभिएको दाबी गरेका हुन् । उनले अहिलेको बेला सबैले मिलेर र खासगरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको बताए । ‘अहिले राष्ट्र एउटा दोधारमा उभिएको छ, राष्ट्र एउटा संकटमा उभिएको छ । अहिलेको बेला हामी सबैले मिलेर कांग्रेसले खासगरी नेतृत्वदायी भूमिकामा बसेर हामीले नेपाललाई जो अहिले समावेशी, समानुपातिक व्यवस्था गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था हामीले नेपालमा स्थापित गरेका छौँ । यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो । यद्यपि यो समानुपातिक समावेशीको कारणले सम्पूर्ण नेपालीहरू आदिवासी, जनजाति, दलित, अपाङ्ग सबैको…
Read More
अब व्हाट्सएपमा ब्यक्तिगत च्याट पनि लक गर्न मिल्ने

अब व्हाट्सएपमा ब्यक्तिगत च्याट पनि लक गर्न मिल्ने

७ पुस, एजेन्सी - मेटा(स्वामित्व भएको इन्स्ट्यान्ट मल्टिमिडिया मेसेजिङ एप व्हाट्सएपले ब्यक्तिगत च्याट लक गर्न मिल्ने सुविधा सुरु गरेको छ। यो फिचरको मद्दतले व्हाट्सएप प्रयोगकर्ताहरूले आफ्नो कुनै पनि च्याटलाई फेस आईडी, फिंगरप्रिन्ट वा पिन जस्ता गोप्य कोडको मद्दतले लक गर्न सक्नेछन्। यो लक तपाइँको एप लक भन्दा फरक हुनेछ, अर्थात् अब तपाइँ तपाइँको व्हाट्सएप एप संग दोहोरो सुरक्षा पाउनुहुनेछ। यो गोप्य कोडको फाइदा यो हो कि तपाईंले आफ्नो फोन कसैलाई दिए पनि कुनै समस्या हुनेछैन। फोन प्राप्त ब्यक्तिले तपाइँको च्याट पढ्न सक्ने छैनन्। गोप्य कोडको साथ च्याट गर्ने तरिकाः आफ्नो व्हाट्सएप एप खोल्नुहोस्। अब तपाईंले लक गर्न चाहनुभएको च्याटमा जानुहोस्।…
Read More
इन्स्टाग्राममा अब सन्देश पठाएपछि पनि सम्पादन गर्न मिल्ने

इन्स्टाग्राममा अब सन्देश पठाएपछि पनि सम्पादन गर्न मिल्ने

७ पुस, एजेन्सी - मेटाले इन्स्टाग्राम प्रयोगकर्ताहरूको लागि सन्देशहरू सम्पादन गर्नमिल्ने अपडेट जारी गरेको छ। अब इन्स्टाग्राम प्रयोगकर्ताहरूले पनि ह्वाट्सएप र फेसबुक जस्ता सन्देशहरू सम्पादन गर्न सक्छन्। इन्स्टाग्रामले यस फिचरको बारेमा धेरै पहिले जानकारी दिएको थियो र लामो समयदेखि यो फिचरको परीक्षण चलिरहेको थियो । तपाईंले सन्देशलाई जहिले पनि सम्पादन गर्न सक्नुहुने छैन, इन्स्टाग्राममा पठाइएको सन्देश सम्पादन गर्नको लागि समय सीमा तोकिएको छ। नयाँ अपडेट अनुसार, तपाईंले पठाइएका सन्देशहरू पठाएको १५ मिनेटसम्म सम्पादन गर्न सक्नुहुनेछ। यो सुविधा व्हाट्सएप, फेसबुक र टेलीग्राम मा लामो समय देखि रहेको छ।
Read More
कोरियन भाषा परीक्षा (इपीएस)का लागि शुक्रवार १ लाख ४३ हजार जना भन्दा बढिले आवेदन दिएका छन्।

कोरियन भाषा परीक्षा (इपीएस)का लागि शुक्रवार १ लाख ४३ हजार जना भन्दा बढिले आवेदन दिएका छन्।

७ पुस, काठमाण्डौं - हिजो अन्तिम दिन राति १२ बजेसम्म १ लाख ४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएको वैदेशिक रोजगार विभागका इपिएस शाखा प्रमुख गुरूदत्त सुवेदीले जानकारी दिएका छन्। पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएको थियो। अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएका कारण यसपालि अहिलेसम्मकै बढि आवेदन परेको शाखा प्रमुख सुवेदीले बताए। दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८ सय ४८ नेपाली रोजगारीका लागि लैजानेछ। जसमा उत्पादनमूलक क्षेत्रमा मात्रै सो संख्यामा आवेदन खुलाएको हो। यो क्षेत्रको लागि हाल खोलिएको आवेदनको परीक्षा मिति भने तोकिएको छैन।
Read More
बक्यौता रकम नतिरेको भन्दै विद्युत प्राधिकरणले काट्यो चार ठूला उद्योगको लाइन

बक्यौता रकम नतिरेको भन्दै विद्युत प्राधिकरणले काट्यो चार ठूला उद्योगको लाइन

६ पुस, काठमाडौं - नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै चार ठूला उद्योगको लाइन काटेको छ।  प्राधिकरण स्रोतका अनुसार जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली लाइन काटिएको हो । प्राधिकरणका अनुसार जगदम्बाले डेडिकेटेड लाइनको चार अर्ब १४ करोड रूपैयाँ तिर्न बाँकी छ। त्यस्तै रिलायन्सले एक अर्ब ९४ करोड रूपैयाँ र घोराही सिमेन्टले एक अर्ब ३६ करोड रूपैयाँ तिर्न बाँकी छ। अर्घाखाँचीको एक अर्ब ३० करोड बक्यौता रहेको प्राधिकरणले जनाएको छ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search