१२ मंसिर २०८० २०:१०
१२ मंसिर २०८० २०:१०
१२ मङ्सिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । सो क्रममा भूकम्पपछि पुनर्निर्माण गरिएको सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको प्रधानमन्त्रीले ओलीलाई अवलोकन गराएका थिए । उनीहरुले हालै पुनर्निर्माण सकिएर सञ्चालनमा आएको सिंहदरबारको पश्चिमतर्फको भवन अवलोकन गरेका हुन् । २०७२ को भूकम्पपछि क्षति पुगेको यो भवन प्रबलीकरण (रेट्रोफिटिङ) गरी केही दिनअघिबाट सञ्चालन गरिएको थियो । दुइ नेताबीचमा समसामयिक कुराकानी भएपनि बिषय भने सार्वजनिक गरिएको छैन।