१८ आश्विन २०८० १०:५५
१८ आश्विन २०८० १०:५५
काठमाडौँ, १८ असोज । माथिल्लो मैलुङ खोलाको बिहीबारदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपिओ जारी गरेको हो । यो मध्ये १० प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । यस्तै, ५% अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँट भएको छ । यसै गरी, आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ९ हजार २०० कित्ता सेयरसमेत थप गरेर अब सर्वसाधारणलाई आइपिओ ल्याइएको हो । अब १२ लाख ८४ हजार २०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।…