२२ आश्विन २०८० ०८:३७
२२ आश्विन २०८० ०८:३७

२२ आश्विन २०८० ०८:२८
२२ आश्विन २०८० ०८:२८
काठमाडौँ, २२ असोज । आज देखी काठमाडौँमा पिएचडी (बिद्याबारिधी) फेस्टिभल सुरु हुने भएको छ । आज असोज २२ देखी २३ गतेसम्म हुने पिएचडी फेस्टिभलको आयोजना त्रिभुवन विश्वविद्यालयले गरेको हो । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आयोजना गरेको सो फेस्टिभलमा सयौँ बिद्याबारिधी उपाधि प्राप्त डाक्टरहरूको उपस्थिति रहने जनाइएको छ । पहिलो पटक केन्द्रीय विभाग कीर्तिपुरमा हुने दुई दिन फेस्टिभलमा पिएचडी अध्ययनरत शोधकर्ताले प्रस्तुति दिनेछन् । सो अवसरमा विषय विज्ञहरूले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्ने तथा एक अर्कालाई अनुभव सुनाउने छन् ।

२२ आश्विन २०८० ०८:१९
२२ आश्विन २०८० ०८:१९
गाजा, २२ असोज । इजरायल र प्यालेस्टाइनबीच जारी युद्धका कारण अहिलेसम्म सयौँको ज्यान गइसकेको छ । यस युद्धले निम्त्याएको विनाशले सबैलाई हल्लाएको छ। अन्तर्राष्ट्रिय मिडियाका अनुसार यस युद्धमा अहिलेसम्म १ हजार भन्दा बढीको ज्यान गएको छ भने हजारौँ घाइते भएका छन् । गत शनिवार देखी सुरु भएको युद्धमा सयौँ अपहरणमा परेका छन्, अझै त्यसको विस्तृत विवरण आइसकेको छैनन् । यसैबिच, सीएनएनमा उल्लेख भएको समाचार अनुसार अमेरिकी काँग्रेसका सदस्यहरूले इजरायलमा भएको आक्रमणमा चार अमेरिकी नागरिकको पनि ज्यान गएको बताएका छन् । संसद्को प्रमुख समितिको बैठकमा उक्त जानकारी दिइएको हो । युद्धमा ज्यान गुमाउने अमेरिकीहरूको सङ्ख्या बढ्दै गएको छ, तथ्याङ्क सङ्कलन गर्ने…

२१ आश्विन २०८० २१:४४
२१ आश्विन २०८० २१:४४
काठमाडौँ, २१ असोज । नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार हुनुका साथै मुनाफा दिने भएको छ । यसले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बलियो बनाउनुका साथै दर्शकसमेत बढाइरहेको छ । मौलिक कथा र कलात्मक प्रस्तुति रहेका नेपाली चलचित्रका लागि अस्ट्रेलिया, अमेरिका, जापान, बेलायत, मध्यपूर्व लगायतका देशमा बजार बलियो भइरहेको छ । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले विदेशी चलचित्र जसरी नै चलचित्र भवनमै दर्शकले हेर्न पाउँछन् । दर्शक…

२१ आश्विन २०८० २१:३४
२१ आश्विन २०८० २१:३४
धनगढी, २१ असोज । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली बोली रहँदा कार्यकर्ताले 'भीम रावल जिन्दाबाद' भन्दै नारा लगाएका छन् । ओली बोल्ने क्रममा फ्लोरबाट 'भीम रावल जिन्दाबाद' भन्दै नारा लागेको हो । ती कार्यकर्तालाई वरिपरिका सहभागीले शान्त गराएका थिए । मञ्चमा बोल्दै गरेका ओलीले भने रावलको नाम लगेका छैनन् । नारालाई थामथुम पार्न ओलीले ‘चुप लाग्नुस् त साथीहरू’ भन्दै धम्काउने प्रयास गरेका थिए । त्यसपछि उनले भीम रावललाई लक्षित गर्दै गल्तीलाई क्षमा गर्ने र काममा फर्काउन सकिने बताए । तर त्यसका लागि गल्ती गर्ने व्यक्ति सच्चिन जरुरी रहेको उनले बताए । अध्यक्ष ओलीले…

२१ आश्विन २०८० २१:२८
२१ आश्विन २०८० २१:२८
काठमाडौँ, २१ असोज । प्यालेस्टायनी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ। आक्रमणमा तीन जना घाइते भएका छन्। शनिवार हमासले इजरायलमाथि ठुलो आक्रमण गरेकोमा आक्रमणमा परी मारिनेको सङ्ख्या ६०० नाघेको र सयौँ मानिस घाइते भएका छन्। आक्रमणमा १० जना नेपालीको मृत्यु भएको इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले बताइन्। मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जय पृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दीपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवन–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन्। पचनाली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र…

२१ आश्विन २०८० २१:२०
२१ आश्विन २०८० २१:२०
काठमाडौँ, आश्विन २१ गते । ‘देशका भविष्य कस्तो बन्छ ? आम जनताको दृष्टिकोणले यो प्रश्नको समाधान गर्दछ । आज जनतामा पनि युवाहरूको दृष्टिकोणले यो प्रश्नको समाधान गर्दछ । त्यस कारण नयाँ पुस्ताको कस्तो प्रकारको दृष्टिकोण बन्छ ? त्यसले नै देशको भविष्य निर्धारण हुने बताउँछन्’ नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंह । ज्ञानशाला अनुसन्धान केन्द्रको आयोजनामा आश्विन २१ गते केन्द्रको हलमा ‘नयाँ पुस्ता र देशको भविष्य’ विषयक परिचर्चा कार्यक्रममा नेता मोहनविक्रम सिंहले, ‘यदि नयाँ पुस्ता व्यक्तिगत स्वार्थमा मात्र केन्द्रित हुने हो भने देशको भविष्य अझ अन्धकार हुँदै जाने’ बताए – ‘व्यक्तिगत स्वार्थमा आधारित दृष्टिकोण मात्र हाबी हुँदै जाने त्यसका साथै देशमा केही हुँदैन, देशको भविष्य…

२० आश्विन २०८० २१:३८
२० आश्विन २०८० २१:३८
काठमाडौँ, आश्विन २० । दक्षिणतर्फबाट कुनै बाबा आयो भने आँखा चिम्लेर दौडिहाल्ने नेपाली संस्कृति बढ्दै गएको छ । त्यो दौडमा नेता, मन्त्री देखि लिएर अत्यधिक सर्वसाधारण पनि समावेश हुने गर्दछन् । ‘त्यस प्रकारका बाबाहरूको चटकी पाखण्डीपन बाहेक अरू केही नभएको’ बताउँछन् भारतीय सामाजिक अभियन्ता प्रा.डा.नरेन्द्र नायक । आश्विन २० गते शनिवार, नेपाल प्रज्ञा प्रतिष्ठानमा वंश–रत्न मेमोरियल ट्रस्टबाट मानववादी पुरस्कार ग्रहण गर्न काठमाडौँ आएका अभियन्ता नायकले ‘आफ्नो अरबौँ रुपैयाँको सम्पत्ति पुरस्कार घोषणा गरेको’ बताउँछन सोच नेपालका उत्तम निरौला । ‘साईबाबा, श्री रविशंकर, रामदेव लगायत कुनै बाबाले आफ्नो चटकी अथवा कुनै अलौकिक सत्ता प्रमाणित गरेमा त्यो पुरस्कार पाइने रहेछ । भारतको अतिवादी…

२० आश्विन २०८० २०:३९
२० आश्विन २०८० २०:३९
काठमाडौँ, आश्विन २० । 'अन्धविश्वासका विरुद्ध सङ्घर्ष गर्दा कार्ल मार्क्स पनि एक्लै थिए’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले भने,- ‘त्यस प्रकारको सङ्घर्षमा लाग्दा उनले आफ्नो देशको नागरिकता समेत त्याग्नुपरेको थियो तर पनि अन्तमा जित, सत्य र न्यायको नै भयो ।’ आश्विन २० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा वंश–रत्न मेमोरियल ट्रस्टबाट मानववादी पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता के.सी.ले ‘मानव जातीको ठुलो सङ्ख्या, अन्धविश्वासमा लागेको र त्यसको फाइदा केही टाठा बाठाले ग्रहण गरेको’ बताउँदै, – ‘वैज्ञानिक दृष्टिकोणको लागि निरन्तर लागिरहनुपर्ने’ भने । अन्धविश्वास कुरीति एवम् कुसंस्कारका विरुद्ध वैज्ञानिक र मानवतावादी चेतनाका पक्षमा क्रियाशील रहेका नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह ‘वंश रत्न मानवतावादी…

२० आश्विन २०८० १९:३२
२० आश्विन २०८० १९:३२
काठमाडौँ, आश्विन २० । नेपालको प्रगतिशील समाजमा समेत मञ्चमा बस्नको लागि तछाड मछाड गर्ने संस्कृति व्याप्त छ । सामन्ती संस्कारबाट मुक्त हुन नसक्दा यस प्रकारको संस्कृतिले प्रश्रय पाइरहेको अवस्था हो । ‘त्यस प्रकारको संस्कृति अन्धविश्वास भएको’ दार्शनिक व्यक्तित्व तथा विश्लेषक श्याम श्रेष्ठले बताए–‘आसन ग्रहण गर्ने प्रचलनले मानिस–मानिस बिचमा विभेदको स्थिति सिर्जना गर्दछ ।’ आश्विन २० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा वंश–रत्न मेमोरियल ट्रस्टबाट मानववादी पुरस्कार ग्रहण गर्दै विश्लेषक श्रेष्ठले, ‘ठुला–ठुला कुरा गरेर मात्र वैज्ञानिक दृष्टिकोण निर्माण नहुने’ बताउँदै – ‘आफू तथा आफ्नो परिवार पनि व्रतबन्ध, काजक्रिया जस्ता अन्धविश्वासबाट मुक्त भएको’ बताए । ‘शासकहरू, पुरोहितहरू र राजनैतिक पार्टीहरूको गठबन्धनबाट नै नेपाली समाजमा…