२६ आश्विन २०८० १०:३३
२६ आश्विन २०८० १०:३३
गाजा, २६ असोज । प्यालेस्टाइनी हमास र इजरायल बिचको जारी युद्धका कारण लाखौँ मानिस घरबारविहीन भएका छन् । गत शनिवार बिहानै अप्रत्याशित र आश्चर्यजनक रूपमा हमासले इजरायलमाथि आक्रमण गरे पछि उत्पन्न विषम परिस्थितिका कारण लाखौँ मानिस घरबार विहीन भएका छन् । इजरायलले गाजा सहरका विभिन्न भागमा आक्रमण जारी राखेको छ । इजरायलका अनुसार तत्काल सो आक्रमण रोकिने वाला छैन । यसैबिच, हमासकाको सैन्य शाखाले गाजामा इजरायली जमिन आक्रमणसँग लड्न सक्षम रहेको बताएको छ । हमासको सैन्य शाखा कासिम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले भनेका छन्, 'हामी हाम्रो भूमि रक्षाका पक्षहरूमा छौँ, हामी पुनः इजरायल माथिको हमलालाई दोहोर्याउँछौं।' ‘शत्रुको कारबाहीले हामीलाई नयाँ…