५ पुष २०८० २१:२४
५ पुष २०८० २१:२४
५ पुस, काठमाण्डौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा गर्ने भएका छन् । पुस ९ गतेदेखि गैंडाकोटबाट १ सय १३ किलोमिटर लामो सडकमा लामिछानेले पैदल यात्रा गर्दै निर्माण कार्य समयमै सम्पन्न गराउन दबाब दिन लागेका हुन् । २०७५ सालदेखि नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नति कार्य सुरु भएको थियो । तर निर्धारित समयमा सडक निर्माण सम्पन्न नभएपछि समय थपिएको थियो । थपिएको समयमा पनि निर्माण सम्पन्न गर्ने गरी काम नभइरहेको भन्दै सभापति लामिछानेले दबाब यात्रा गर्न लागेका हुन् । यात्राको नेतृत्व रास्वपा सभापति रवि लामिछानेले गर्नेछन्। यस्तै, सांसदहरू निशा डाँगी, शिव नेपाली, रास्वपाका सहकोषाध्यक्ष दीपक बोहरासहितका नेताहरू सहभागी हुने र…