२९ आश्विन २०८० १३:५४
२९ आश्विन २०८० १३:५४
* प्रकाश बस्नेत‘गफाडी’ भदौ महिना, सही नसक्नुको टन्टलापुर घाम चर्केको छ । घामले टाउको फुट्ला जस्तो भएको छ । जिउभरि पसिनाका कोसी बगेका छन् । भोकले इन्तु न चिन्तु र तिर्खाले प्याकप्याक पारेको छ रत्नेका बूढाबूढीलाई । तैपनि उनीहरू बेपरवाह घस्रिरहेका छन्, मुखिया बाको धान खेत गोड्ने काममा । दुई जना जोई पोइ मिलेर मुखिया बाको धान खेत गोड्न पैटाएको चार दिन बितिसक्दा पनि एकछेउ सकिएको छैन । अझै चारै दिन लाग्ला जस्तो छ । मुखियाबाकाे सबै धान खेत गोड्ने काम रत्नेका बूढाबूढीले मात्र जिम्मा लिएका छन् । यसबाट आउने आधाजस्तो ज्यालाले उनीहरूले पोहर सालकै छाक टारिसकेका छन् । यति धान…