२४ बैशाख २०८१ १८:०७
२४ बैशाख २०८१ १८:०७
दक्षिण कोरियामा कार्यरत रहेका टेकराज भट्ट विदामा घर आएको वेला दुर्घटनामा परि यतिबेला जीवन र मरणको अवस्थामा रहेका छन्। कंचनपुरको वेदकोट नगरपालिका घर भएका भट्ट गत बर्षको चैतमा दुर्घटनामा परेका हुन्। दुर्घटनामा परेपछि भट्टको चैत २४ गतेदेखि भारतको दिल्ली स्थित सर गंगालाल अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको 'ट्राउमेटिक सिफोर/सिफाइभ सब्लुक्सन र कर्ड कम्प्रेसनको साथ लिस्थेसिस' उपचारमा दैनिक एक लाख भारतीय रुपैयाँ भन्दा बढी लाग्ने बताइएको छ। घरको आर्थिक अवस्थाले भट्टको उपचार कार्यमा कठिनाई आइरहेको हुँदा उनको जीवन रक्षाका लागि आर्थिक सहयोगका लागि सार्वजनिक अपिल गरिएको छ। उनको उपचारका लागि कोरियामा कार्यरत विभिन्न नेपाली श्रमिकहरुले ८ लाख…