Naya Update

Day: १२ आश्विन २०८१ १४:४४

उपत्यकाको अवस्था जलमग्न, बाढी र पहिरोले देशभर ३० जनाको मृत्यु

उपत्यकाको अवस्था जलमग्न, बाढी र पहिरोले देशभर ३० जनाको मृत्यु

वर्षाजन्य विपदमा परी काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै २१ जनाको मृत्यु भएको छ। ललितपुर र काठमाडौंमा नौं-नौं जना र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो। उपत्यकाबाहिर ९ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार ९४७ सुरक्षाकर्मी परिचालन गरेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानले १६२ स्थानमा भौतिक क्षति भएको छ। सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धारका लागि २३ वटा बोट परिचालन गरेको छ। सशस्त्रको टोलीले ७६० जनाको सकुशल…
Read More
पहिरोले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचनामा क्षति

पहिरोले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचनामा क्षति

अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा क्षति पुर्‍याएको छ। माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेदेखि विद्युत् उत्पादन बन्द गरिएको छ। बाँधका सम्पूर्ण ढोका (गेट) हरु खुल्ला गरिएको छ। बाँध स्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्‍याने नहर (कल्भर्ट) मा क्षति पुगेको छ। नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ। आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत…
Read More
नख्खु खोलाले बगाएका ३ जनाको उद्धार, १ अझै बेपत्ता

नख्खु खोलाले बगाएका ३ जनाको उद्धार, १ अझै बेपत्ता

ललितपुरको नखिपोटबाट नख्खु खोलाले बगाएका ३ जनालाई उद्धा गरिएको छ। ललितपुरका एसएसपी शेखर खनालका अनुसार दुईजना बालबालिका र एकजना वयस्कलाई उद्धार गरिएको छ। बाढीले बगाएका चार जनामध्ये ३ जनाको उद्दार गरी पाटन अस्पताल पठाइएको छ। एक जना भने अझै बेपत्ता रहेका छन्। ललितपुर महागनरपालिका–१४ स्थित नखिपोटबाट उनीहरुलाई बाढीले बगाएको थियो । उद्धार गरिएका ३ जना खतरामुक्त छन्। स्थानीय, प्रहरीको विपद् ब्यवस्थापनका टिम र सशस्त्रका गोताखोरले डुंगाको सहायताले उद्धार गरेका हुन्।    
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search