Naya Update

Day: २२ आश्विन २०८१ ०७:४६

छतमा यात्रु बोके २० हजार जरिवाना

छतमा यात्रु बोके २० हजार जरिवाना

जोखिमपूर्ण तरिकाले निर्बाध रूपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही थालेको छ। यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कडाइ गरेको हो। खाद्यान्न तथा अन्य सामानले भरिभराउ भएका जिपमा जोखिमपूर्ण ढंगले यात्रु चढाएर सदरमुकामबाट ग्रामीण भेगतर्फ जाँदै गरेका र ग्रामीण भेगबाट सदरमुकाम आउँदै गरेका जिपलाई बाटोमै रोकेर २० हजारसम्म जरिबाना गराइएको छ। पटक–पटक सचेत गराउँदा पनि अटेर गरेकाले ती सवारीलाई कारबाही गर्नुपरेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए। प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार यातायात व्यवसायी, सवारी चालक र सरोकारवाला निकायका प्रतिनिधिलाई राखेर सवारी सञ्चालनका विषयमा जानकारी…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search