Naya Update

दुर्घटना

पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पवन औजी/कंचनपुर: देशभर पत्रकार सुरेश रजकको हत्याको विरोध भइरहदा कञ्चनपुरको महेन्द्रनगरमा पनि विरोध र्‍याली निकालिएको छ। सनिवार पत्रकार महासंघ कञ्चनपुरले घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउनु पर्ने माग गर्दै पत्रकार हत्या र सञ्चार गृहमा गरिएको आक्रमणको विरोधमा महेन्द्रनगर बजारमा र्‍याली निकालिएको हो। काठमाडौँको राजावादी समुहले गरेको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकलाई घरमा थुनेर बाहिर प्रमुख गेटमा आगो लगाएर जलाएर हत्या गरिएको थियो। साथै सञ्चार माध्यमहरुका अफिस कान्तिपुर, अन्नपूर्ण लगायत मिडिया हाउसमा तोडफोड र भाटभटेनी लगायत घर घरमा चोरी समेत गरिएको थियो। राखेको छ। पत्रकार महासंघ कञ्चनपुरको कार्यालयबाट सुरु भएको र्‍याली महेन्द्रनगर बजार परिक्रमा गर्दै मदनचोकमा गएर कोणसभामा गरिएको थियो।…
Read More
राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

पवन औजी/कंचनपुर: काठमाडौको तिनकुनेमा बिरोध प्रदर्शनमा उत्रिएका राजिवादि समुहका प्रदर्शनकारीहरू अराजक शैलीमा देखापरेका छन्। शुक्रबार भएको प्रदर्शनमा प्रदर्शनकारीले प्रहरिमाथी ढुङ्गामुडा प्रहार गर्नुका साथै केहि निजि सम्पत्तिमा समेत आगो लगाउने र लूटपाट समेत गरेका हुन्। काठमाडौको कोटेश्वर स्थित भाटभटेनीमा तोडफोड गर्दै प्रदर्सनकारीहरुले लुटपाट गरेका छन्। यती मात्र नभइ विभिन्न पाटी कार्यालय सन्चार माध्यमका कार्यलय हरुमा समेत आगलागी गर्ने तथा तोडफोड गरेका छन। अन्नपूर्ण , कान्तिपुर जस्ता ठुला मिडियामा समेत ढुङ्गा मुडा प्रहार गरेको पाइएको हो। यस्तै अवस्था तनावग्रस्त देखिए पछि जिल्ला प्रशासन कार्यालय काठमाडौले कर्फ्यु समेत लगाएको छ। यस्तै काठमाडौमा गणतन्त्र पक्षधर समाजवादी मोर्चाले आयोजना गरेको जनसभामा लाखौको संख्यामा आएका ब्यक्तिहरुले…
Read More
तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

काठमाडौको तीनकुनेमा शुक्रबार राजावादी समर्थक र प्रहरी बिच भएको झडपमा एकजना पत्रकारको मृत्यु भएको छ। भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो। राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो। सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए।
Read More
शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु

शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु

कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्यास विष्फोट हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घले छन्। उनीहरूको उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले  बताए। अन्य ९ जनाको उपचार भइरहेको छ। गत बिहीबार म:म पसलको ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका थिए।
Read More
काठमाडौँमा स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ४१ घाइते

काठमाडौँमा स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ४१ घाइते

काठमाडौँको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। प्रहरी वृत्त कीर्तिपुरका अनुसार दुर्घटनामा चालक र एक विद्यार्थीको मृत्यु भएको छ। यस्तै दुर्घटनामा परी ४१ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरिक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो। प्रहरीकाअनुसार दक्षिणकाली नगरपालिकाको जुनकिरी स्कुलको बा १ क ५६६४ नम्बरको बस दुर्घटनामा परेको हो। घटनाको यकिन विवरण आउने क्रममा रहेको बताएको छ। घाइतेहरुको ट्रमा सेन्टर, कीर्तिपुर अस्पताल लगायतका अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार चार जना घाइते परिवारको सम्पर्कमा पुग्नुभएको छ।
Read More
करेन्ट लागेर हेटौंडामा दुई बालिकाको मृत्यु

करेन्ट लागेर हेटौंडामा दुई बालिकाको मृत्यु

करेन्ट लागेर आज मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ चिसापानीमा दुई बालिकाको मृत्यु भएको छ। चिसापानी पश्चिम दक्षिणस्थित कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट हुँदा पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो। उक्त पानीमा प्रवाह भएको करेन्ट लागेर बाराको निजगढ नगरपालिका–१ निवासी नौ वर्षीया र हेटौँडा उपमहानगरपालिका–१६ निवासी सात वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए। सँगै हिँडिरहेका दुवै बालिकाले अचानक जमेको पानीमा टेक्न पुग्दा करेन्ट लागेर बेहोस भएका थिए। बेहोस भएका दुवै बालिकालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएकामा उपचारका क्रममा चिकित्सकले मृत्यु…
Read More
कंचनपुरमा सवारी दुर्घटना हुँदा युक्रेनी नागरिक सहित दुई जना घाइते

कंचनपुरमा सवारी दुर्घटना हुँदा युक्रेनी नागरिक सहित दुई जना घाइते

कंचनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा सडक दुर्घटनामा परि दुई जना घाइते भएका छन्। मोटरसाइकल र साइकल आपसमा ठोक्किदा युक्रेनी नागरिकसहित दुई जना घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलक प्रसाद शर्माका अनुसार दुर्घटनामा परि युक्रेनी नागरिक एन्ड्री र शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरकी ३५ वर्षीय सिता कामी घाइते भएका हुन्। एन्ड्रीले चलाइ रहेको एलए ०२ ए ५८४५ भारतीय नम्बरको मोटरसाइकल कामीको साइकलसँग ठोक्किएको थियो। झलारीस्थित टी एण्डी सी अस्पतालमा प्राथमिक उपचारपछि दुबै जनालाई थप उपचारका लागि धनगढीस्थित माया मेट्र अस्पताल लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
खोलामा डुबेकी बालिका बचाउन गएका वृद्धको मृत्यु

खोलामा डुबेकी बालिका बचाउन गएका वृद्धको मृत्यु

सर्लाहीको बलरा नगरपालिकास्थित मनुस्मारा खोलामा डुबिरहेकी बालिका बचाउन जादा सोही खोलामा डुबि एक बृद्दको मृत्यु भएको छ। आज वडा नं १ हथिऔल स्थित खोलामा डुबेर सोही स्थानका ६० वर्षीय गजेन्द्र साहको मृत्यु भएको हो। घाँस काटेर फर्कँदै गरेका दुई बालिका खोला तर्ने क्रममा डुबेको देखेपछि भैँसी चराउँदै गरेका साह खोलामा बचाउन पसेका थिए। सोही क्रममा साहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए। दुई बालिकामध्ये एक सोही स्थान निवासी अजय गिरीकी १२ वर्षीया छोरी निशाकुमारी गिरी बेपत्ता भएकी हुन्। अर्की १५ वर्षीया पिङ्कीकुमारी गिरी भने पौडी खेलेर सकुशल बाहिर निस्कन सफल भएको प्रहरी…
Read More
नुहाउने क्रममा पोखरीमा डुबेर कंचनपुरमा बालिकाको मृत्युु

नुहाउने क्रममा पोखरीमा डुबेर कंचनपुरमा बालिकाको मृत्युु

कंचनपुरको शुक्लाफाँटा नगरपालिका ४ आशापुरमा पोखरीमा डुबेर १३ वर्षीय बालिकाको मृत्यु भएको छ। बुधबार दिउँसो नुहाउने क्रममा घर नजिकैको पोखरीमा डुबेर उक्त बालिकाको मृत्यु भएको हो। १३ वर्षीया बिपना चुनारा साथीसँग नुहाउन पोखरीमा गएकी थिइन्। माछापोखरीमा नुहाउने क्रममा साथीसँगै पौडिन नसकेपछि डुबेकी बिपनाको मृत्यु भएको छ । सँगै डुबेकी साथी जीविका चुनाराको स्थानीय झलारी अस्पतालमा उपचार भइरहेको छ।   इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार स्थानीय माछापोखरीमा नुहाउन गएका एकजनाको मृत्यु र एकजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताएका छन्।
Read More
सुर्यचौर हेलिकप्टर दुर्घटना: हेलिकप्टरमा सवार ५ जनाकै मृत्यु 

सुर्यचौर हेलिकप्टर दुर्घटना: हेलिकप्टरमा सवार ५ जनाकै मृत्यु 

नुवाकोटको सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। बुधबार दिउँसो एयर डाइनेस्टीक हेलिकप्टर दुर्घटनामा परेको हो। दुर्घटना परि हेलिकप्टरमा सवार ५ जनाकै मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको छ। हेलिकप्टरमा पाइलट अरुण मल्ल बाहेक अरु चिनियाँ नागरिक रहेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले बताए। उनका अनुसार, ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन के मल्ल छन्। रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको हेलिकोप्टर बुधबार दिउँसो दुर्घटनामा परेको थियो। लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले ५ जनाको शव निकालेको थियो।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search