Naya Update

हमासले हान्यो इजरायली भूमिमा रकेट, हमासका मुख्य कमाण्डर मारेको इजरायली सेनाको दाबी

हमासले हान्यो इजरायली भूमिमा रकेट, हमासका मुख्य कमाण्डर मारेको इजरायली सेनाको दाबी

हमासले हान्यो इजरायली भूमिमा रकेट, हमासका मुख्य कमाण्डर मारेको इजरायली सेनाको दाबी

काठमाडौँ, २७ असोज । प्यालेस्टाइनी समूह हमासले इजरायलको दक्षिणी क्षेत्रमा थप रकेट प्रहार गरेको छ । इजरायलले उत्तरी गाजापट्टीको भूमि खाली गराउन २४ घन्टे चेतावनी जारी राखेको बेला हमासले इजरायलमा थप रकेट प्रहार गरेको हो । ‘हामीले साइरन सुन्यौं र फलामको ड्रोनले तिनीहरूलाई रोकिरहेको देख्यौँ, त्यसपछि १० मिनेट पछि थप रकेटहरू आएको थियो र त्यसलाई इजरायली भूमिमा आउनबाट रोक्नका लागि थप अवरोधहरू खडा गरिएको थियो, यद्धपी यसअघि पनि एउटा आवासीय घरमा रकेट प्रहार भएको छ,’ एक प्रत्यक्षदर्शीले भनेका छन् । त्यहाँ रकेटहरूका कारण निरन्तर ब्यारेज बन्द भएको छ र पछिल्लो घण्टामा तेल अवीवमा अलर्ट जारी राखिएको छ । इजरायली सरकारले…
Read More
कोसीमा मुख्यमन्त्री नियुक्ति हुँदै, सो अघि सांसदको सनाखत हुने

कोसीमा मुख्यमन्त्री नियुक्ति हुँदै, सो अघि सांसदको सनाखत हुने

काठमाडौँ, २७ असोज । कोसी प्रदेशको मुख्यमन्त्रीको आज टुङ्गो लाग्दै छ । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो र नेकपा एमालेको समर्थनमा नेपाली काँग्रेसको विद्रोही पक्षधर केदार कार्की मध्ये कसलाई मुख्य मन्त्री नियुक्त गर्ने हो ? त्यसको आज छिनोफानो हुदैँछ । हिजो साँझ ५ बजेसम्म दुई जनाको दावे दारी प्रस्तुत भए पछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षका सांसदहरूको सनाखत गराउन लागेका छन् । बिहान ८ बजे देखी दिउँसो २ बजे भित्र सनाखत गराई सके पछि आज मुख्यमन्त्री नियुक्ति गर्ने उनको सचिवालयले जनाएको छ । माओवादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरू मध्ये नेपाली काँग्रेसका २९, माओवादीका १३, नेकपा एसका…
Read More
जितेन्द्र रसिकको ‘सत्यको खोज’ सहित ३ कृति लोकार्पण

जितेन्द्र रसिकको ‘सत्यको खोज’ सहित ३ कृति लोकार्पण

काठमाडौँ, २७ असोज । साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनी  ‘सत्यको खोज’ सार्वजनिक भएको छ । शुक्रवार जनकवि दुर्गालाल श्रेष्ठले कृति लोकार्पण गरेका छन् । शुक्रवार एजुकेस्नल पब्लिसिङ हाउस कान्तिपथमा आयोजित कार्यक्रममा लेखक रसिकले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको बारे जति लेखे पनि कहिल्यै नसकिने बताए । जोशी नेपाली लोक साहित्य र संस्कृतिमा यो युगकै एउटा ननिभ्ने ज्योति भएकोसमेत बताए । रसिकको यो १५ ओं कृति हो । सत्यको खोज कृतिको समीक्षा गर्दै समीक्षक गोपीकृष्ण ढुङ्गानाले सत्यको खोज वाङ्मय शताब्दीपुरूष सत्यमोहन जोशीको गहिराइमा पसेर लेखिएको महत्त्वपूर्ण दस्ताबेज भएको बताए । उनले सत्यको खोजको हरेक च्याप्टर एक…
Read More
गाजाका अस्पतालमा हजारौँ बिमारी, इजरायली चेतावनी रोक्नु पर्ने WHO को माग

गाजाका अस्पतालमा हजारौँ बिमारी, इजरायली चेतावनी रोक्नु पर्ने WHO को माग

  गाजापटटी, २७ असोज । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यु एच ओ) ले गाजाका अस्पतालहरूबाट गम्भीर घाइतेहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न असम्भव बताएको छ । अलजजिराका अनुसार डब्ल्यूएचओले उत्तरी गाजाका अस्पतालहरूबाट सयौँ गम्भीर घाइते बिरामीहरूलाई ज्यान जोखिममा नराखी बाहिर निकाल्न असम्भव रहेको बताएको हो । इजरायलले गाँजा भूमि छाडन भन्दै २४ घन्टे अल्टिमेटम दिए पछि WHO ले त्यहाँको स्वास्थ्य स्थितिका बारेमा जानकारी दिएको हो । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले डब्ल्यूएचओलाई सूचित गर्‍यो कि गाजाको उत्तरमा रहेका दुई अस्पतालहरूले इजरायली सेनाहरूले भने अनुसार छाडने हो भने  गम्भीर घाइते भएका वा जीवन समर्थनमा रहेका बिरामीहरूलाई सार्न प्रयास गरेमा उनीहरूको जीवन ‘तत्काल जोखिममा’ जानेछ ।…
Read More
तीनकुने सामूहिक हत्याका अभियुक्त भण्डारी कारागार चलान

तीनकुने सामूहिक हत्याका अभियुक्त भण्डारी कारागार चलान

  काठमाडौँ, २६ असोज । काठमाडौँको तीनकुनेमा गत २९ भदौमा भएको चार जनाको सामूहिक हत्याका अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालत काठमाडौँले आज भएको थुनछेक बहसपछि भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ९ घर भएका २३ वर्षीय भण्डारीलाई प्रहरीले घटनाको दुई दिनपछि ३२ भदौमा पक्राउ गरेको थियो। काठ मिलमा गेट पालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो। प्रहरीसँगको बयानमा उनले मोटरसाइकलले…
Read More
इजरायली सरकारले आफ्नै नागरिक मारेको हमासकाे दाबी, गाजापट्टीतर्फ बढ्यो इजरायली टैंक

इजरायली सरकारले आफ्नै नागरिक मारेको हमासकाे दाबी, गाजापट्टीतर्फ बढ्यो इजरायली टैंक

    गाजापट्टी २६ असोज । प्यालेस्टाइनी हमासले इजरायली हवाई आक्रमणमा १३ जना बन्धक मारिएको दाबी गरेको छ । हमासको सैन्य शाखाका अनुसार गाजापट्टीमा इजरायली हवाई आक्रमणमा पछिल्लो २४ घण्टामा कम्तीमा १३ इजरायली र विदेशी बन्धक मारिएका छन् । ‘इजरायललाई आफ्नो नागरिक प्रति कुनै संवेदनशील छैन, उसले हवाई हमलामार्फत आफ्नै नागरिक र विदेशीहरूको हत्या गरेको छ,’ हमासका सैन्य कमान्डरले भनेका छन् । हमासको विज्ञप्ति अनुसार गाजाका पाँच स्थानमा यी व्यक्तिहरूको मृत्यु भएको हो ।  गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १५० जनालाई अपहरण पनि गरेर प्यालेस्टाइनी भूमितर्फ लगेको थियो । साथै, हमासले इजरायलमा फेरी रकेट प्रहार गरेको छ । टाइम्स अफ इजरायलका…
Read More
चीनमा इजरायली कूटनीतिज्ञ माथि छुरा प्रहार

चीनमा इजरायली कूटनीतिज्ञ माथि छुरा प्रहार

तेल अहिब, २६ असोज । चीनमा इजरायली कूटनीतिज्ञमाथि चक्कु प्रहार भएको छ । टाइम्स अफ इजरायलका अनुसार एक इजरायली कूटनीतिज्ञलाई चीनमा छुरा प्रहार गरिएको हो । यसलाई आतङ्कवादी हमला मानिएको छ । इजरायलको विदेश मन्त्रालयले यो जानकारी दिएको हो । हाल ती कूटनीतिज्ञको अस्पतालमा उपचार भइरहेको छ ।
Read More
दसैँको नशालु प्रभाव र त्यसको अर्थशास्त्र

दसैँको नशालु प्रभाव र त्यसको अर्थशास्त्र

ईश्वरचन्द्र ज्ञवाली यतिखेर दसैँ–पर्व नजिकिदैं गएको छ । पर्व मनाउने परम्परा मान्छेले विकास गरेको हो । यस्ता पर्व, उत्सव, मेलाहरूका पछाडि विभिन्न वर्गीय अवधारणा, सामाजिक सँस्कार र भौतिक परिस्थितिहरूको भूमिका रहेको छ । श्रम कार्यपछि मानवीय मनोरञ्जनको प्रवृत्ति, धार्मिक–आस्था, खुसी, मिलन भेटघाटका समारोह, आर्थिक प्रभाव, भोगी–विलासी मनोवृत्ति, सामाजिक परम्परा र चालचलन, ऋतूत्सव र प्राकृतिक सौन्दर्यको अवगाहन गर्ने मानव स्वभाव जस्ता मानवीय प्रवृत्तिबाट बनेका धारणाले पर्व–उत्सवहरू विकसित भएका हुन् । यसका पछाडि आध्यात्मिक र भौतिक दुवै परिवेशले काम गरेका छन् । एकातिर चाड, पर्व, मेला, उत्सवहरू कहीँ न कहीँ धार्मिक–आध्यात्मिक आस्थासँग जोडिएका छन् भने अर्कातिर भौतिक परिवेश र आवश्यकतासँग पनि जोडिएका…
Read More
यी पाँच आयुर्वेदिक जडीबुटी, जसले तपाईँलाई रोगबाट टाढा राख्छ

यी पाँच आयुर्वेदिक जडीबुटी, जसले तपाईँलाई रोगबाट टाढा राख्छ

हामीले आयुर्वेदको चमत्कार शताब्दीयौं देखि देख्दै, सुन्दै र अध्ययन गर्दै आएका छौँ। यसले शरीरलाई रोगबाट टाढा राख्न मद्दत गर्छ । यदि तपाई आफूलाई स्वस्थ र तनावमुक्त राख्न चाहनुहुन्छ भने आयुर्वेदिक जडीबुटी लिन सक्नुहुन्छ । आज हामी तपाईँलाई यस्ता ५ शक्तिशाली आयुर्वेदिक जडीबुटीको बारेमा बताउन गइरहेका छौँ, जसलाई आफ्नो आहारमा समावेश गरेर तपाईँले धेरै रोगहरूलाई आफूबाट टाढा राख्न सक्नुहुन्छ ।  नीम  नीम धेरै प्रकारका रोगहरूमा प्रयोग गरिन्छ। नीम आयुर्वेदको करिब ७५% को भाग हो। यसमा एन्टिसेप्टिक, एन्टी-माइक्रोबियल र एन्टिफंगल गुणहरू छन्, जसले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्छ र पिम्पल, एक्जिमा र छालासम्बन्धी रोगहरूबाट छुटकारा पाउँछ। नीम मौखिक स्वास्थ्य, कपालको हेरचाहको लागि…
Read More
नासाको वैज्ञानिकको दाबी, ‘शुक्र ग्रहमा प्राणीहरू छन्’

नासाको वैज्ञानिकको दाबी, ‘शुक्र ग्रहमा प्राणीहरू छन्’

न्युयोर्क, । सौर्य मण्डलमा रहेको शुक्र ग्रहलाई पृथ्वीको जुम्ल्याहा बहिनी भनिन्छ । यसको कारण यो हो कि यो ग्रह पृथ्वीको आकार हो र यो ग्रह सौर्य मण्डलको बसोबास योग्य क्षेत्रमा अवस्थित छ। अब शुक्र ग्रहको बारेमा एउटा यस्तो दाबी गरिएको छ, जसले तपाईँलाई चकित पार्नेछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका एक वैज्ञानिकले शुक्र ग्रहमा एलियन्स हुन सक्ने दाबी गरेका छन् । यसको कारण पनि उनले दिएका छन् । शुक्रको तापक्रम ४७५ डिग्री सेल्सियससम्म पुग्छ। ग्रहको वायुमण्डल बिलकुल विषाक्त छ। जसका कारण यहाँ जीवन हुन्छ भनेर कसैले कल्पना पनि गर्न सक्दैन। तर, नासाका वैज्ञानिक डा. मिशेल थालरले त्यसको ठिक उल्टो सोच्दछन् ।…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search