१७ कार्तिक २०८० ०८:२३
१७ कार्तिक २०८० ०८:२३
भक्तपुर, १७ कार्तिक । ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरले एक जना बिरामीको मृत्युको विषयलाई लिएर अस्पतालबारे भ्रम सृजना गरेको जनाएको छ । अस्पतालका नि. मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले बिहीबार विज्ञप्ति प्रकाशित गरी अस्पतालबारे भ्रममा नपर्न सवैसँग अनुरोध गरेको छ । भक्तपुर नगरपालिका वडा नं ८ निवासी सुश्री नितु दुवालको झन्डै दुई महिना अगाडि पाटन अस्पताल ललितपुरमा उपचारको क्रममा निधन भएको थियो । तर उनको निधनबारे उनकी आमा, बुवा र दिदीले सामाजिक सञ्जालमा कार्तिक १४ गते लेखेका कुराहरूले समाजमा ख्वप अस्पतालबारे भ्रम सिर्जना गरेको हुँदा दुःख लागेको विज्ञप्तिमा जनाइएको छ । 'ख्वप अस्पताल परिवार २१ वर्षकी नितु दुवालको कलिलो उमेरमा निधन भएकोमा…