१५ पुष २०८० १०:३१
१५ पुष २०८० १०:३१
१५ पौष, काठमाण्डौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाई ‘मिसन ०८४’ भन्ने छुट नभएको बताएका छन् । कांग्रेसले तत्काल देखिने गरी काम गर्नुपर्ने र त्यसका आधारमा जनतासामु जानुपर्नेमा उनले जोड दिए । शनिबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री थापाले भने, 'अरुले मिसन-८४ चलाउँछन् त्यो उनीहरुको कुरा भयो । तर कांग्रेसले अहिले मिसन-८४ होइन, मिसन रोजगारी, मिसन शिक्षा र मिसन स्वास्थ्य चलाउनुपर्छ । कांग्रेस जनताको जीवनप्रति जिम्मेवार हुनुपर्छ ।' वर्तमान सरकारमा कांग्रेस सहभागी भएको आठ महिना भएको उल्लेख गर्दै उनले कांग्रेसका मन्त्रीले गरेका सकारात्मक कामको सूची पनि मागेका छन् । “सरकारमा कांग्रेस सहभागी भएको आठ महिना भयो । कांग्रेसका प्रत्येक…