२ पुष २०८० २१:३२
२ पुष २०८० २१:३२
२ पुस, काठमाण्डौं - डा. गोबिन्द केसीले आफ्नो तीन दिने अनसन तोडेका छन् । गत शुक्रबार बेलुकाबाट धनगढी पुगेर स्थानीय लक्ष्मीनारायण मन्दिरको धर्मशालामा आफ्नो २१ औँ अनसन सुरु गरेका डा. केसीले ७२ घण्टापछि आज अनसन तोडेका हुन् । उनले धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।