२ पुष २०८० २१:२८
२ पुष २०८० २१:२८
२ पुस, ललितपुर - ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ । ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको अवसर पारेर आज देखि महानगरभित्र स्वास्थ्य बीमा सुरु गरेको हो । कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बीमाको प्रारम्भ गरेका छन् । महानगरका प्रवक्ता राजु महर्जनका अनुसार आजबाट नाम दर्ता गर्ने काम भएको भन्दै आगामी फागुन देखि उनीहरुले उपचार सेवा प्राप्त गर्ने बताए । उनले अब लगत्तै दर्ता सहयोगी नियुक्ति गरेर तालीम दिई नगरबासीलाई स्वास्थ्य बीमामा आवद्ध गराउनका लागि ‘फिल्ड’मा खटाउने बताए । ‘आज हामीले दिनको शुभारम्भ गरेका हौँ…