१ कार्तिक २०८० ०९:२५
१ कार्तिक २०८० ०९:२५
मुकेश कुमार यादव सिराहा, १ कार्तिक । अन्य समय भन्दा बढी दसैँमा बढी मूल्यमा बिक्री हुने खसी वोकाको मूल्य आर्थिक मन्दीका कारण घटे पछि किसानहरू मर्कामा परेका छन् । अत्यधिक मात्रामा मासुको खपत हुने दसैँमा नै आर्थिक मन्दीका कारण तराई मदेसका बजारहरूमा खसी–बोका खरिद बिक्री कम भएकाले मूल्य सस्तो भए पछि किसानहरू चिन्तित बनेका हुन् । सिराहा धनगढीमाई- १३ का किसान शुक्रलाल लामाले गोल बजारको मङ्गलवारे बजारमा बिक्रीको ल्याएको बोका अन्य बेला २२-२५ हजारमा बिक्री हुने बोका १३ हजारमा बिक्री गरेको बताए। उनले भने, ‘अन्य बेला यही बोका २२-२५ हजारमा बिक्री हुन्थ्यो, आज त १३ हजार मै बिक्री गर्नु पर्यो।’ बजारमा खरिद…