२१ पुष २०८० १८:०१
२१ पुष २०८० १८:०१
२१ पौष, काठमाण्डौं - राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा रहेका दलहरू मात्रै मिलेर जाने सहमती गरेका छन् । प्रमुख प्रतिपक्ष एमालेले पछिल्लो समय सत्तारुढ गठबन्धनमा रहेका दलहरूसँग राष्ट्रिय सभा निर्वाचनमा मिलेर जानुपर्ने प्रस्ताव राखेको थियो । सत्तारुढ गठबन्धनको शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुने १९ सिट सत्ता गठबन्धनमा रहेका दलहरूबीचमा मात्रै बाँडफाँट गर्ने निर्णय गरेको हो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी ४ दलका नेताहरूको बीचमा छलफल भएको र छलफलले गठबन्धन भित्रकै दलहरूबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको जानकारी दिए । ‘सरकारमा सहभागी ४ दलका नेताहरूको बीचमा छलफल भयो । राष्ट्रिय सभाको सदस्य निर्वाचनको विषयलाई लिएर । आज…