Naya Update

ऐना: आत्मा र बि.पी.

ऐना: आत्मा र बि.पी.

ऐना: आत्मा र बि.पी.

* मेघराज ओली हरेक पल्ट सायद पल्ट पल्ट नामले भन्दा उपमाले निष्ठाको पर्तिरुपमा– तिमिलाई उभ्याए ऐना जस्तो बेदाग मेरो पार्टी बनाए । हरेक पल्ट प्राय पाँच पाँच वर्षमा तिम्रो आकृति सजाय तिम्रो नाम बिक्यो–काम बिक्यो ०४६ देखी ०८० सम्म भजाए ऐना जस्तो बेदाग मेरो पार्टी बनाए । निस्स्वार्थ, त्यागी हजुर भनी भनी नेताको फिक्स एक तलब बनाए एक जागिरे बनाए–खुसी मेरा नेता बनाए ऐना जस्तो बेदाग मेरो पार्टी बनाए । ऐनामा आकृति फेरिए–नेता फेरिए तिनका जीवन फेरिए सोच फेरिएन.... बदलिएका आकृतिको आत्मा फेरिएन । नेताको आत्मा फेरिएन ।
Read More
‘क्षमता अनुरुप लगानी भित्राउन अर्थमन्त्री डा. महतको आव्हान’

‘क्षमता अनुरुप लगानी भित्राउन अर्थमन्त्री डा. महतको आव्हान’

लन्डन, १५ कार्तिक । नेपाली डायरफोराले नेपालप्रति प्रेम देखाउने अहिले उपयुक्त समय भएको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताएका छन् । नेपाली दूतावास लन्डनमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘नेपाली डायरफोराले नेपालमा लगानी गरेर वास्तविक माया देखाउने बेला आएको छ । तपाईंहरु सँग जे क्षमता छ, त्यो क्षमता उपयोग गरेर नेपालप्रतिको प्रेम देखाउने अहिले उपयुक्त समय हो ।’ दुई पक्षीय, बहुपक्षीय सहयोगले मात्र नेपालको विकास सम्भव छैन । संस्थागत निजी क्षेत्रको लगानीको आवश्यकता छ, मन्त्री डा. महतले भने, ‘नेपालीको धेरै ठुलो सङ्ख्या विश्वभर फैलिएको छ । विदेशमा नेपालीको दोस्रो पुस्ता हुर्किँदै छ । सिप, ज्ञान…
Read More
इजरायल द्वारा गाजाको सबैभन्दा ठुलो क्याम्पमा आक्रमण, हालसम्म ९९२५ जनाको मृत्यु

इजरायल द्वारा गाजाको सबैभन्दा ठुलो क्याम्पमा आक्रमण, हालसम्म ९९२५ जनाको मृत्यु

काठमाडौँ, कार्तिक १५ गते । इजरायल र हमासबिच युद्धको आज २६ औँ दिन हो । यसैबिच मङ्गलवार राति इजरायलले उत्तरी गाजको सबैभन्दा ठुलो जबालिया रिफ्युजी क्याम्पमा आक्रमण गरेको छ । सो आक्रमणमा हमासको सिनियर कमान्डर इब्राहिम बियारी सहित ५० लडाकुहरू मारिएको इजरायलले दाबी गरेको छ । विभिन्न मानवीय समूहहरूले जबलिया शरणार्थी शिविरमा इजरायलको आक्रमणको निन्दा गरेका छन् ।  उनीहरूले  गाजामा  घातक हवाई आक्रमण रोक्न तथा  युद्ध विराम सुरक्षित गर्न विश्व नेताहरूलाई आव्हान गरेका छन् । मङ्गलवारको आक्रमणबाट नजिकैको इन्डोनेसियाली अस्पतालका निर्देशकले कम्तीमा ५० जनाको ज्यान गएको र धेरै घाइते भएको बताएका छन्। त्यस्तै एउटा  अल जजीरा प्रसारण इन्जिनियरले आफ्नो परिवारका १९ सदस्य गुमाएको जानकारी हुन आएको छ…
Read More
जुवातास खेलिरहेको अवस्थामा ४६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ४६ जना पक्राउ

काठमाडौँ, १४ कात्तिक । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४६ जना पक्राउ परेका छन् ।  काठमाडौँ महानगरपालिका-२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीय यम कुमारी पुन समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ९९ हजार रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । काठमाडौँकै  तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका-२ घर भएका ३९ वर्षीय पूर्ण बहादुर रानाको खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राना समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।…
Read More
पूर्व बाल लडाकु लेनिन विष्ट वीर अस्पतालमा ‘नजरबन्द’मा

पूर्व बाल लडाकु लेनिन विष्ट वीर अस्पतालमा ‘नजरबन्द’मा

काठमाडौँ, १४ कात्तिक । पूर्व बाल लडाकु लेनिन विष्टले आफूलाई वीर अस्पतालमा ‘नजरबन्द’मा राखेको बताएका छन् । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टिनियो गुटेरेसलाई बाल लडाकुको समस्याबारे ज्ञापन पत्र बुझाएका विष्ट र भोजराज तिमल्सिनालाई वीर अस्पतालबाट प्रहरीले बाहिर निस्किन नदिएको उनले बताएका छन् । छोराका हत्यारालाई कारबाहीको माग राखेर बर्षाैंदेखि अनशनमा बस्दै आएकी गङ्गामाया अधिकारीलाई भेटेर फर्किने क्रममा उनीहरूलाई प्रहरले ‘माथिको आदेश’ भन्दै बाहिर निस्किन नदिएको हो । ‘हामी वीर अस्पतालबाट गङ्गामाया अधिकारीलाई भेटेर निस्किन खोज्दा पौने ३ बजेदेखि म र भोजराज तिमल्सिनालाई प्रहरीले माथिको, प्रधानमन्त्रीको आदेश भन्दै निस्किन दिएको छैन,’ विष्टले भने, ‘अहिले राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि,…
Read More
मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ, १४ कात्तिक । काठमाडौँमा जारी टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै भेट्टाएको हो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन जोड्दा  कुशल भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए । यो जितसँगै नेपाल समूह ए बाट सेमिफाइनल पुगेको छ । यसअघि मङ्गलवार बिहान सिंगापुरलाई हराउँदै सेमिफाइनल पुगेको ओमानसँग बुधवार नेपालले समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा गर्नेछ ।
Read More
इजरायलले फेरी गर्‍यो गाजाको अस्पताल नजिक बमदारी

इजरायलले फेरी गर्‍यो गाजाको अस्पताल नजिक बमदारी

गाजा, १४ कार्तिक । इजरायली सेनाले मङ्गलवार बिहानै गाजास्थित अल कुद्स अस्पताल नजिक बमदारी गरेको छ । प्यालेस्टिनी रेड क्रस सोसाइटीले स्थानीय समय अनुसार मङ्गलवार बिहानै गाजा सहरको वरपर ताल अल हवामा भारी तोप प्रहार र हवाई आक्रमण गरे पछि अल–कुद्स अस्पतालमा आतङ्क छाएको थियो । ‘अस्पताल भित्र आश्रय लिनेहरूले डर र आतङ्कको अनुभव गरिरहेका छन्,्’ प्यालेस्टिनी रेड क्रस सोसाइटीलेले सामाजिक सञ्जालमा लेखेको छ । करिब १२ हजार आन्तरिक विस्थापित नागरिकहरूले अस्पतालमा आश्रय लिइरहेका छन्, सो समूहले भनेको छ । इजरायली सेनाले यस क्षेत्रमा गतिविधिका बारेमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन । अल कुड्स अस्पताल गाजाको उत्तरमा अवस्थित छ, जसको…
Read More
प्रिन्सिपल हत्याको विरोधमा मधेसका प्रदेशका विद्यालयहरू बन्द गरिने

प्रिन्सिपल हत्याको विरोधमा मधेसका प्रदेशका विद्यालयहरू बन्द गरिने

बारा, १४ कार्तिक । मधेस प्रदेशका विद्यालयहरू आज बन्द हुने भएका छन् । बाराको एक विद्यालयका प्रिन्सिपल रुपेश सर्राफको हत्याको विरोधमा आज मधेसका विद्यालयहरू बन्द हुन लागेका हुन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को आव्हानमा मधेस प्रदेशका विद्यालयहरू एक दिनका लागि शोक बिदा दिइएको हो । बाराको कलैयास्थित बाल एकता माविको सञ्चालक तथा प्रिन्सिपल सर्राफमाथि सोमवार दिउँसो गोली प्रहार गरिएको थियो । गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा वीरगन्ज अस्पतालमा मृत्यु भएको थियो । नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना…
Read More
परराष्ट्र मन्त्री साउँद र अमेरिकन विदेश मन्त्रीबिच एमसिसीको बारेमा छलफल

परराष्ट्र मन्त्री साउँद र अमेरिकन विदेश मन्त्रीबिच एमसिसीको बारेमा छलफल

काठमाडौँ, १४ कार्तिक । परराष्ट्र मन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनबिच भेटवार्ता भएको छ । अमेरिकाको सङ्घीय राजधानी वासिङ्टन डिसीमा भएको सो भेटमा दुवैले नेपाल–अमेरिकाबिचको जारी साझेदारीका बारेमा विस्तृत छलफल गरेका छन् । सो भेटमा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्ट परियोजनाका विषयमा पनि छलफल भएको जनाइएको छ । नेपालको पूर्वाधार निर्माण, बिजुलीमा पहुँच र विस्तार तथा सीमा पार विद्युत् व्यापारलाई समर्थन गर्दै सहयोग गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी प्रतिबद्धता जनाएको बताइएको छ ।  
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search