Naya Update

ठुलो वर्षाले न्यूयोर्क सहरको जनजीवन अस्तव्यस्त

ठुलो वर्षाले न्यूयोर्क सहरको जनजीवन अस्तव्यस्त

ठुलो वर्षाले न्यूयोर्क सहरको जनजीवन अस्तव्यस्त

  अमेरिकाको न्यूयोर्क सहरमा ठुलो वर्षाका साथै तुफान आएरजनजीवन अस्तव्यस्त छ । सन् १९४८ पछिको यो सबैभन्दा ठुलो वर्षा भएको मिडियाहरूले बताएका छन् । ठुलो वर्षाका कारण न्यूयोर्कका गर्वनर कैथी हेचुलले आपत्कालको स्थितिको घोषणा गरेका छन् । त्यहाँ शुक्रवार दिनभरि १७ सेन्टिमिटर भन्दा बढी पानी परेको छ । न्यूयोर्कको जान एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र ८ इन्चको पानी परेको त्यहाँका मिडियाहरूले जानकारी गराएका छन् ।
Read More
अन्पाको तेस्रो साहित्यिक पदयात्रा सम्पन्न

अन्पाको तेस्रो साहित्यिक पदयात्रा सम्पन्न

काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा)ले नियमित रूपमा गर्दै आएको साहित्यिक पदयात्रा–३ सम्पन्न गरेको छ । आश्विन १३ गतेका दिन काठमाडौँ नागार्जुन डाँडाको जामाचोसम्मको पदयात्रा, विभिन्न स्रष्टाहरूको सहभागितामा सम्पन्न भएको हो । ‘साहित्य तथा सिर्जनालाई अझ प्रस्फुटित गर्न तथा त्यसमा ऊर्जा थप्न विभिन्न रचनात्मक गतिविधिहरूको आवश्यकता पर्ने हुँदा साहित्यिक पदयात्रालाई निरन्तरता दिइएको’ अन्पाका महासचिव भीष्म जोशीले बताउनु भयो –‘यस प्रकारको गतिविधिलाई अझ व्यवस्थित तथा आकर्षक बनाउँदै नियमित गरिनेछ ।’ ककनी जाने बाटोमा रहेको फूलबारी गेटबाट ४ किमी उकालो पदयात्रा सुरु गरेर जामाचोसम्म पुगिएको अन्पाले ज्ञानघरलाई जानकारी गराएको छ । कार्यक्रममा स्रष्टाहरूले पदयात्राका साथै विभिन्न कविता, गीत, यात्रा अनुभूति, नृत्य…
Read More
हाम्रो देश मन्त्री र सांसद उत्पादन गर्ने मात्र भयो : के.सी.

हाम्रो देश मन्त्री र सांसद उत्पादन गर्ने मात्र भयो : के.सी.

काठमाडौँ ।‘देशले उत्पादन गर्ने मन्त्री, सांसद मात्र भयो । शिक्षाको बजेट कटौती गरेर यती सानो मुलुकले ८८४ सांसद तथा १३८ जना मन्त्री पाल्नुपर्दा देशको शिक्षा प्रणाली कसरी राम्रो हुन्छ ?’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले प्रश्न गर्नुभयो । अखिल छैठौ राष्ट्रिय परिषद् बैठक तथा स्ववियु काउन्सिल भेलाको आश्विन १२ गते त्रिभुवन विश्वविद्यालयको अडोटेरियम हलमा वहाँले सो धारणा राख्नुभएको हो । ‘शक्ति राष्ट्रहरूले नेपालको शिक्षा प्रणालीलाई नष्ट गरे । निजीकरण र व्यापारीकरण गरेर शिक्षा प्रणाली ध्वस्त भएको अवस्था छ ।’ नेता के.सी.ले भन्नुभयो –‘अहिले शिक्षाको जिम्मेवारी, निजी संस्था र व्यापारीहरूलाई छ । अनि शिक्षा, सर्वसाधारणको पहुँचमा कसरी पुग्छ ?’ प्रधानमन्त्री पुष्पकमल…
Read More
मेरी आमा र मेरो जन्मभूमि

मेरी आमा र मेरो जन्मभूमि

* खगेश्वर ढकाल पृथ्वीमा सबैभन्दा असल र प्यारो साथी मेरी आमा हुन् । जब म कसैको सहारा नभएको सानो बच्चा थिएँ, त्यस बेला उनले स्याहार सुसार र हेरविचार गरिन् । उनी मलाई झोलुङ्गोमा सुताउन लाग्दा मेरा दुई वटा गालामा म्वाइँ खान्थिन् पाँच सात पटक । त्यो बेलामा मैले थाहा नपाए पनि प्रकृतिले सिकाएकी हुन् । जब म ब्युँझेर रुन थाल्थेँ तब झटपट आएर मलाई काखमा राखेर निरन्तर म्वाइँ खान्थिन् । कालान्तरमा म ठुलो हुँदै गएर केही विषयको याद आउन थाल्यो । म पटक पटक बिरामी हुन्थेँ । तुरुन्तै स्वास्थ्य संस्थामा पुराउँथिन् मेरी आमाले । जब मेरो स्वास्थ्य ठिक हुन्थ्यो अनि…
Read More
सहरमा एक दिन

सहरमा एक दिन

* हरिहर खनाल मनसुन भर्खरै निख्रन थालेको थियो, तर आकाश राम्ररी खुलेको थिएन । कनिके पानी बिरबिर परिरहेको थियो । बिहानी ढल्कन थालेको थियो । खाना खाईवरी बरन्डामा बसेर पत्रिका हेर्न थालेको थिएँ । पेटमा खाना परेपछि, एक आपसमा उछिनपाछिन गर्दै तलाउमा हुत्त्याएको बल्छीको आहारतिर ओइरिएका माछा झैँ विविध अवयवसित जोडिएका शरीरभित्रका सेलहरू पनि आमाशय तिरै केन्द्रित भएर हो कि कुन्नि ? आलस्यले छपक्क छोप्यो । आँखा लोलाउन थाले । निद्राले झप्प पार्‍यो । अलिअलि उङ्दै, अनि घरीघरी लोलाएका आँखा पत्रिकातिर डुलाउँदै थिएँ, हातको पत्रिका भुईँमा खस्नै लाग्दा मोबाइलको घण्टी बज्यो र म झसङ्ङ हुँदै बिउँझिएँ । मोबाइल उठाएँ, रविको…
Read More
स्वर्गमा : चुरोटको व्यापार

स्वर्गमा : चुरोटको व्यापार

* मेघराज ओली आमाले हैन प्राय बाले पैसा कमा केही काम गर भनी भनी बाको धर्म निभाए। कर्म धेरै अनेक प्रयासमा नतिजा एक बराबर बिग्रेको राइफलको नतिजा युद्धको सोध्छन् मेरा बा एक व्यापार गर भन्छन् मेरा बा पैसा कमा भन्छन् मेरा बा। अब कम्प्याक्ट गर्ने प्रोफिटमा गर्ने भनी स्वर्गमा चुरोटको डिलर खोले ग्राहकहरू राम्रो छ देवकोटा,पारिजात,वि.पी सब मेरा ग्राहक छन्.. ( पारिजातले चुरोट सल्काउँदा ......धर्तीको सबै भन्दा कामुक नारीको याद नआएको हैन....... हातका औँलाले सकम्बरिको याद नदिलाएको हैन......) दुःख छ ती सबको नाम मात्र खातामा छन् सबै गुलाबका फूलको थुङ्गा प्रेमीकाको हातमा कहाँ पर्छ र। बा भन्छन् व्यापार कस्तो छ…
Read More
१९औँ एसियाड : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटर फाइनलमा

१९औँ एसियाड : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटर फाइनलमा

चीनमा जारी १९औँ एसियाडअन्तर्गत ब्याडमिन्टनतर्फ बिहीबार भएको खेलमा नेपालको पुरुष टिम क्वाटर फाइनलमा प्रवेश गरेको छ । बिनजियाङ जिम्नयाजियम कोर्टमा भएको खेलमा नेपालले मङ्गोलियालाई अन्तिम १६ को खेलमा ३–१ ले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । महिला टिमको खेलमा भने नेपाल मालदिभ्ससँग ३–१ ले पराजित भएको छ । पुरुष टिम इभेन्टमा नेपालका प्रिन्स दाहालले मङ्गोलियाका गेरेलसुख जार्गल–साइखानलाई २१–८, २१–१४ तथा सुनिल जोशीले मङ्गोलियाकै अर्का खेलाडीलाई २१–११, २१–७ को सोझो सेटमा पराजित गरे । तर विष्णु कटुवाल भने पराजित भए । तेक्वान्दोसहित, जुडो, सुटिङ, उसु, साइक्लिङ, रग्बी (पुरुष) र पुरुष भलिबलमा नेपालको खेल समाप्त भइसकेको छ ।
Read More
सर्वोच्च द्वारा मुस्लिम धर्ममा रहेको तीन तलाकलाई गैर कानुनी ठहर 

सर्वोच्च द्वारा मुस्लिम धर्ममा रहेको तीन तलाकलाई गैर कानुनी ठहर 

      काठमाडौँ : इस्लाम धर्म अनुसार तीन पटक तलाक भनेकै आधारमा सम्बन्ध विच्छेद भएको मानिने परम्परा रहे पनि सर्वोच्च अदालतले त्यसलाई गैरकानुनी ठहर गरेको छ।सर्वोच्चको संयुक्त इजलासले मुस्लिम समुदायमा कायम रहेको तलाकलाई सम्बन्ध विच्छेद मान्न नसकिने व्याख्या गर्दै कानुनी रूपमा सम्बन्ध विच्छेद नभई अर्को विवाह गरे बहुविवाह हुने ठहर गर्दै पुरुषलाई सजाय समेत सुनाएको छ। २०७९ चैत २६ गते टङ्कबहादुर मोक्तान र हरि फुयाँलको संयुक्त इजलासबाट एक मुद्दामा फैसला आएको थियो। तर पुर्णपाठ हालै सार्वजनिक भएको हो। पूर्ण पाठमा इस्लाम सम्प्रदायमा प्रचलनमा रहेको सम्बन्ध विच्छेदलाई प्रचलित नेपाल कानुनले मान्यता नदिएको र सबै समुदाय र सम्प्रदायलाई लागू हुने एकीकृत कानुन…
Read More
चीनले कालापानी क्षेत्रलाई भारतीय भूमिमा देखाएर नक्सा प्रकाशित गरेकोमा आपत्ति

चीनले कालापानी क्षेत्रलाई भारतीय भूमिमा देखाएर नक्सा प्रकाशित गरेकोमा आपत्ति

नेपाल–चीन संयुक्त वक्तव्यमा नेपालको नक्साबारे कुरा नउठाइएकोमा नेकपा(मसाल)ले गम्भीर आलोचना गरेको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले त्यस प्रकारको आलोचना गर्दै बिहीबार एक वक्तव्य जारी गर्नुभएको छ वक्तव्यको पाठ यस प्रकार छ – प्रेसवक्तव्यको पूर्ण पाठ : “प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणपछि दुवै देशका प्रधानमन्त्रीको संयुक्त वक्तव्य प्रकाशित भएको छ । त्यो वक्तव्यका सन्दर्भमा सर्वप्रथम हामीले दुई ओटा कुरा उल्लेख गर्न चाहन्छौँ : प्रथम– त्यो वक्तव्यमा चीनको नयाँ प्रकाशित नक्सामा नेपालको भूमिलाई भारतमा देखाइएकोबारे नेपालले त्यसबारे कुरा उठाएको कुनै कुराको उल्लेख गरिएको छैन । प्रधानमन्त्री चीनमा जानुभन्दा पहिले हाम्रो पार्टीले जारी गरेको वक्तव्यमा पनि त्यो प्रश्नमा नेपालका प्रधानमन्त्रीले कुरा उठाउने सम्भावना…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search